प्रदेश नं ४ को मुख्य न्यायाधिवक्तामा घिमिरे सिफारिस

Abhiyanpost Abhiyanpost
|
आइतबार, फाल्गुन २०, २०७४
|
१
|
५३ पटक हेरिएको
Shares
प्रदेश नं ४ को मुख्य न्यायाधिवक्तामा घिमिरे सिफारिस

सारांश

  • पोखरा, २० फागुन , प्रदेश नं ४ को आज बसेको मन्त्रिपरिषद् बैठकले मुख्य न्यायाधिवक्तामा अधिवक्ता राजेन्द्र घिमिरेलाई नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको छ ।
  • प्रदेश सरकारका प्रवक्ता रामशरण बस्नेतले नेपालको संविधानको धारा १६० बमोजिम मुख्य न्यायाधिवक्तामा घिमिरेलाई नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गर्नाका साथै मुख्यमन्त्री, मन्त्री एवं सचिवका अध्यक्षमा बस्ने बैठकमा बोलाइने विज्ञका सेवा सुविधालगायत निर्णय भएको जानकारी दिनुभयो ।
  • हाललाई सूचना प्रविधि विज्ञ, कानून विज्ञ, सार्वजनिक खर्च व्यवस्थापन विज्ञ, सार्वजनिक सुशासन विज्ञ र बजेट तथा योजना तर्जुमा विज्ञ पठाइदिन केन्द्र सरकारसँग अनुरोध गरिएको छ ।

पोखरा, २० फागुन , प्रदेश नं ४ को आज बसेको मन्त्रिपरिषद् बैठकले मुख्य न्यायाधिवक्तामा अधिवक्ता राजेन्द्र घिमिरेलाई नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको छ ।

प्रदेश सरकारका प्रवक्ता रामशरण बस्नेतले नेपालको संविधानको धारा १६० बमोजिम मुख्य न्यायाधिवक्तामा घिमिरेलाई नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गर्नाका साथै मुख्यमन्त्री, मन्त्री एवं सचिवका अध्यक्षमा बस्ने बैठकमा बोलाइने विज्ञका सेवा सुविधालगायत निर्णय भएको जानकारी दिनुभयो ।

हाललाई सूचना प्रविधि विज्ञ, कानून विज्ञ, सार्वजनिक खर्च व्यवस्थापन विज्ञ, सार्वजनिक सुशासन विज्ञ र बजेट तथा योजना तर्जुमा विज्ञ पठाइदिन केन्द्र सरकारसँग अनुरोध गरिएको छ ।

मन्त्रिपरिषद्ले गाउँसभा, नगरसभा र जिल्ला समन्वय समितिका पदाधिकारीलाई दिने सुविधासम्बन्धी कानून विधेयक, २०७४, प्रदेशसभाका सभामुख, उपसभामुख र सदस्यको पारिश्रमिक तथा सुविधासम्बन्धी कानून विधेयक, २०७४ र मन्त्रिपरिषद्का सदस्यको पारिश्रमिक तथा सुविधासम्बन्धी कानून विधेयक, २०७४ लाई सैद्धान्तिक स्वीकृत गरेको छ ।

त्यस्तै आर्थिक मामिला तथा योजना मन्त्रालयले पेश गरेका आर्थिक कार्यविधि विधेयक, २०७४ र सार्वजनिक खरिद विधेयक, २०७४ दुईवटा कानून बनाउने प्रस्तावलाई सैद्धान्तिक स्वीकृति दिइएको छ ।

मन्त्रिपरिषद् बैठकले मध्य पहाडी लोकमार्गको केही खण्डमा भएको विवाद बुझी त्यसको समाधानका लागि रामशरण बस्नेतको संयोजकत्वमा लेखबहादुर थापा रहनुभएको कार्यदल गठन गरेको छ भने गोरखाको भीमसेन र थार्चे गाउँपालिकाको केन्द्रमा भएको विवाद समाधानका लागि कानून मन्त्री हरिबहादुर चुमानको संयोजकत्वमा रामशरण बस्नेत रहने गरी दुई सदस्यीय कार्यदल गठन गरिएको छ ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Basu Ghimire

    good

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

ऊर्जामन्त्रीको ऊर्जाले देश उज्यालो, ६ महिनामा के भयो ?
ऊर्जामन्त्रीको ऊर्जाले देश उज्यालो, ६ महिनामा के भयो ?
संसदको हिउँदे अधिवेशन आजदेखि सुरु, अध्यक्षता उपसभामुखले गर्ने
संसदको हिउँदे अधिवेशन आजदेखि सुरु, अध्यक्षता उपसभामुखले गर्ने
A Guy’s Tips for Wearing the ideal First Day Outfit
राजपाका ६ अध्यक्ष मध्ये ५ अघि, राजकिशोर १५ सय मतले पछि
राजपाका ६ अध्यक्ष मध्ये ५ अघि, राजकिशोर १५ सय मतले पछि
नविना लामा र रामकुमारी झाँक्री  पहिलो पटक सांसद बन्दै !
नविना लामा र रामकुमारी झाँक्री पहिलो पटक सांसद बन्दै !
प्रहरी निरीक्षकबाट निर्घात कुटिए प्रहरी हवल्दार
प्रहरी निरीक्षकबाट निर्घात कुटिए प्रहरी हवल्दार
वित्त नीति चलाउने ठाउँ छैन, मौद्रिक नीतिबाटै अर्थतन्त्र सुधार थाल्छौँ : अर्थमन्त्री महत
वित्त नीति चलाउने ठाउँ छैन, मौद्रिक नीतिबाटै अर्थतन्त्र सुधार थाल्छौँ : अर्थमन्त्री महत
पत्नी भेट्न विश्वकपबाट सुटुक्क लण्डन पुगे बिराट कोहली
पत्नी भेट्न विश्वकपबाट सुटुक्क लण्डन पुगे बिराट कोहली
सामाजिक सद्भाव र व्यवस्थित व्यवस्थापनको नमुना: पशुपतिनाथमा साउनको दोस्रो सोमवार
सामाजिक सद्भाव र व्यवस्थित व्यवस्थापनको नमुना: पशुपतिनाथमा साउनको दोस्रो सोमवार
वैशाख २५ गतेको राशीफल यस्तो छ, आज कुन राशीको शुभ अंक कुन हो ?

तपाईंले छुटाउनुभयो कि?