किन बिग्रन्छ सानैमा दाँत ?
सारांश
- बालबालिकामा दाँतसम्बन्धी विभिन्न समस्या देखिन्छन् ।
- जस्तै : दाँत दुख्ने, किराले खाने, बिग्रने इत्यादि ।
- तर, बच्चाको दाँत स्वस्थ राख्न जरुरी छ ।
बालबालिकामा दाँतसम्बन्धी विभिन्न समस्या देखिन्छन् । जस्तै : दाँत दुख्ने, किराले खाने, बिग्रने इत्यादि । तर, बच्चाको दाँत स्वस्थ राख्न जरुरी छ । किनभने, दाँत स्वस्थ भएमा बच्चाको स्वास्थ्य पनि राम्रो हुन्छ । स्वस्थ दाँत नहुँदा बच्चाले राम्रोसँग खान त सक्दैनन् नै, यसकै कारण शरीरमा विभिन्न रोग पनि देखा पर्छन् । यी हुन् दाँत बिग्रनुका कारण :
० दाँत बिग्रने प्रमुख कारण भनेको लापरबाही र दाँतको स्याहारमा ध्यान नदिनु हो ।
० गुलियो खानेकुरा, चकलेट, जंकफुडलगायतले सानै उमेरमा दाँत बिग्रने गर्छ । यस्ता खानेकुराले दाँतको समस्या बल्झँदै जान्छ र दाँत नै निकाल्नुपर्ने पनि हुन सक्छ ।
के गर्ने ?
अभिभावकले आफ्नो बच्चाको स्वास्थ्यमा अत्यन्तै ख्याल राख्नुपर्छ । कस्तो खानेकुराले बच्चाको स्वास्थ्यमा असर गर्छ भन्नेबारे अभिभावकले सचेत हुन आवश्यक हुन्छ । बिहान–बेलुकाको खानापछि नियमित दाँत ब्रस गर्न बिर्सनुहुँदैन । दाँत सफा गर्दा पेस्टमा पनि विशेष ध्यान दिन जरुरी हुन्छ । ड्राइफुड, जंकफुड, चकलेट, गुलिया खाद्यपदार्थको सकेसम्म प्रयोग गर्नुहुँदैन ।
डा. सुरजरामभक्त माथेमा
दन्तरोग विशेषज्ञ
प्रतिक्रिया