कम्युनिष्टहरुले मुलुकलाई आर्थिक विकासतिर जान दिँदैनन्ः विश्वप्रकाश

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, कार्तिक २४, २०७४
|
|
३९ पटक हेरिएको
Shares
कम्युनिष्टहरुले मुलुकलाई आर्थिक विकासतिर जान दिँदैनन्ः विश्वप्रकाश

सारांश

  • २४ कात्तिक, झापा ।
  • नेपाली कांग्रेसका केन्द्रीय सदस्य विश्वप्रकाश शर्माले कम्युनिष्टहरुले राष्ट्रपतीय प्रणाली र प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको विवाद निकालेर राजनीतिक अस्थिरता ल्याउन खोजेको आरोप लगाएका छन् ।
  • शुक्रबार झापामा आयोजित चुनावीसभालाई सम्बोधन गर्दै उनले कम्युनिष्टहरुले मुलुकलाई आर्थिक विकासतिर जानै नदिने दाबी गरेका हुन् ।

२४ कात्तिक, झापा । नेपाली कांग्रेसका केन्द्रीय सदस्य विश्वप्रकाश शर्माले कम्युनिष्टहरुले राष्ट्रपतीय प्रणाली र प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको विवाद निकालेर राजनीतिक अस्थिरता ल्याउन खोजेको आरोप लगाएका छन् ।

शुक्रबार झापामा आयोजित चुनावीसभालाई सम्बोधन गर्दै उनले कम्युनिष्टहरुले मुलुकलाई आर्थिक विकासतिर जानै नदिने दाबी गरेका हुन् ।

कांग्रेसबाहेक अरु कसैले यो अभिभारा पूरा गर्न नसक्ने समेत उनको भनाइ थियो ।

‘कांग्रेसलाई कमजोर पार्ने तत्कालिन दरबार र कम्युनिष्टहरुका कारण देशको आर्थिक विकास सुस्त भएको हो’, उनले दाबी गरे, ‘राजनीतिक अस्थिरता समेत देशको आर्थिक विकासको बाधक हो ।’

उनले नेपाली कांग्रेसको नेतृत्वमा देशले संविधानसभाबाट संविधान प्राप्त गरी राजनीतिक व्यवस्थाको टुंगो लागिसकेकाले अब जनताको आकांक्षा अनुरुपको आर्थिक सामाजिक विकास कांग्रेसले गर्ने दाबी गरे ।

(www.udenar.edu.co)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?