‘कम्युनिष्ट पार्टी विभाजनको इतिहासबाट एकताको मार्गमा अग्रसर भएको छ: योगेश भट्टाराई

Abhiyanpost Abhiyanpost
|
शनिबार, आषाढ १६, २०७५
|
|
४१ पटक हेरिएको
Shares
‘कम्युनिष्ट पार्टी विभाजनको इतिहासबाट एकताको मार्गमा अग्रसर भएको छ: योगेश भट्टाराई

सारांश

  • झापा, १६ असार ।
  • नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य योगेश भट्टाराईले पाँच वर्षपछि नेपालमा एउटा मात्र कम्युनिष्ट पार्टी हुने बताएका छन ।
  • इलाममा सुरु भएको १ नम्बर प्रदेशस्तरीय युवा भेलामा सहभागी भएर काठमाडौ फर्कने क्रममा  शनिवार विहान बिर्तामोडमा सञ्चारकर्मि सँग कुरा गर्दै भट्टराईले भने, ‘कम्युनिष्ट पार्टी विभाजनको इतिहासबाट एकताको मार्गमा अग्रसर भएको छ, अबको पाँच वर्षपछि नेपालमा एउटा मात्र कम्युनिष्ट पार्टी हुने बताएका हुन् ।

झापा, १६ असार । नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य योगेश भट्टाराईले पाँच वर्षपछि नेपालमा एउटा मात्र कम्युनिष्ट पार्टी हुने बताएका छन ।

इलाममा सुरु भएको १ नम्बर प्रदेशस्तरीय युवा भेलामा सहभागी भएर काठमाडौ फर्कने क्रममा  शनिवार विहान बिर्तामोडमा सञ्चारकर्मि सँग कुरा गर्दै भट्टराईले भने, ‘कम्युनिष्ट पार्टी विभाजनको इतिहासबाट एकताको मार्गमा अग्रसर भएको छ, अबको पाँच वर्षपछि नेपालमा एउटा मात्र कम्युनिष्ट पार्टी हुने बताएका हुन् ।

उनले सरकारले प्रस्तुत गरेको बजेटमा पहिले जस्तो पपुलर कार्यक्रम नसमेट्दा आलोचना हुनु स्वभाविक भएको बताउँदै लोकप्रिय कार्यक्रम भन्दा पनि स्थाईत्व प्रदान गर्ने कार्यक्रम समेट्दा यस्तो भएको दाबी गरे ।

भट्टाराईले दुई ठूला कम्युनिष्ट पार्टी एक भइसकेकाले अब साना कम्युनिष्ट पार्टीलाई पनि एकताको मूलधारमा ल्याइने बताउँदै समानुपातिकबाट तीन प्रतिशत र प्रत्यक्षबाट एउटा सिट जित्ने दलले मात्र राष्ट्रिय दलको मान्यता पाउनसक्ने संवैधानिक व्यवस्था रहेकाले साना दललाई मिल्नुको विकल्प नरहेको बताएका छन ।

नेता भट्टराईले सरकार पाँच वर्षभित्र प्रतिव्यक्ति आय दोब्बर बनाउने, आर्थिक वृद्धि दर दुई अंकमा पु¥याउने गृहकार्यमा लागेको चर्चागर्दै नेपालले अन्तर्राष्ट्रिय मञ्चमा भारत र चीनसँग समान सम्बन्ध राख्ने बताए ।

अबको तीन महिनाभित्र केन्द्रदेखि जिल्लासम्म सबै जनवर्गीय संगठनबीच एकता भइसक्ने बताउँदै उहाँले सातै प्रदेशमा एकता गर्न कार्यदल बनिसकेको छ, तीन महिनाभित्र एकताको काम सकिन्छ, यो वर्षको दशैँ एकताको दशैँका रुपमा मनाउँछौँ भट्टराईले भने ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?