कसिङ्गरमुक्त महानगरपालिका !

Abhiyanpost Abhiyanpost
|
बिहिबार, श्रावण १७, २०७५
|
|
४३ पटक हेरिएको
Shares
कसिङ्गरमुक्त महानगरपालिका !

सारांश

  • ललितपुर, १७ साउन ।
  • ललितपुर महानगरपालिका कसिङ्गरमुक्त बन्ने भएको छ ।
  • आगामी चार वर्षमा नगरक्षेत्रलाई कसिङ्गरमुक्त बनाउने गरी अध्ययन भइरहेको महानगरपालिकाले जनाएको छ ।

ललितपुर, १७ साउन । ललितपुर महानगरपालिका कसिङ्गरमुक्त बन्ने भएको छ । आगामी चार वर्षमा नगरक्षेत्रलाई कसिङ्गरमुक्त बनाउने गरी अध्ययन भइरहेको महानगरपालिकाले जनाएको छ । नगरक्षेत्रमा फोहरमैला व्यवस्थापन चुनौतीका रुपमा रहेकाले अहिले आफूले त्यसमा ध्यान दिएको नगरप्रमुख चिरीबाबु महर्जनले बताए । अहिले महानगरको फोहरमैला व्यवस्थापनमा जनशक्ति मात्रै खटिएकामा उपकरणको प्रयोगसमेत बढाउनेमा जोड दिँदै उनले भने, “हामीले आधुनिक तरिकाले र दीर्घकालीनरुपमा फोहरमैला व्यवस्थापनको योजना बनाएका छौँ ।”

महानगरपालिकाले आर्थिक वर्षबाट फोहरमैलामा मुख्य समस्याको रुपमा रहेको प्लाष्टिकको प्रयोगमा रोक लगाएको छ । नगरप्रमुख महर्जनले जोड दिए, “हामीले प्लाष्टिकको झोलाको साटोमा कागज र कपडाको झोलालाई प्राथमिकता दिएका छौं ।” महानगरपालिकाले फोहरमैलाको संकलनसँगै वर्गीकरण र ढुवानीमा समेत अध्ययन गरिरहेको छ । दीर्घकालीन फोहर व्यवस्थापनका लागि अन्तिम निष्काशन स्थानको व्यवस्थापनमा महानगर लागेको छ । फोहरमैलाको वर्गीकरण गरे पनि प्राङ्गारिक फोहरलाई कम्पोष्ट मल बनाउन सकिन्छ । पुनः प्रशोधन र पुनः प्रयोग गर्न सकिने फोहरका बिषयमा छलफल भइरहेको उनले जानकारी दिए ।

फोहरमैलाको व्यवस्थापनमा नागरिक समाज र विभिन्न संघ–संस्थासँग समेतलाई सहकार्यकार्यका लागि पहल गर्ने महानगरपालिकाको योजना छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कानुन व्यवसायीको चुनाव : अध्यक्षमा ९ जनाको उम्मेदवारी
कानुन व्यवसायीको चुनाव : अध्यक्षमा ९ जनाको उम्मेदवारी
कक्षा १२ नतिजा भदौको दोश्रो साता आउने , ३५५ भन्दा कम ल्याउनेले पुन परीक्षा दिनुपर्ने
कक्षा १२ नतिजा भदौको दोश्रो साता आउने , ३५५ भन्दा कम ल्याउनेले पुन परीक्षा दिनुपर्ने
रातो पासपोर्ट नबुझाएपछि प्रयोग गर्न नमिल्ने बनाइयो
रातो पासपोर्ट नबुझाएपछि प्रयोग गर्न नमिल्ने बनाइयो
बलिउडका खतरनाक ५ नायक जो संग निर्देशकपनि डराउँछन्
बलिउडका खतरनाक ५ नायक जो संग निर्देशकपनि डराउँछन्
चर्को विरोधपछि दुवै अध्यादेश फिर्ता लिने मन्‍त्रिपरिषद्‌को निर्णय
चर्को विरोधपछि दुवै अध्यादेश फिर्ता लिने मन्‍त्रिपरिषद्‌को निर्णय
आजबाट बडादसैं सुरु, कस्तो छ तपाईंको राशिफल?
आजबाट बडादसैं सुरु, कस्तो छ तपाईंको राशिफल?
​यस्ता छन् एमाले स्थायी कमिटिका दुई निर्णय
​यस्ता छन् एमाले स्थायी कमिटिका दुई निर्णय
पोखरामा ५२ हजार मत गन्दा धनराजलाई २१ हजार, उपप्रमुखमा कडा टक्कर
पोखरामा ५२ हजार मत गन्दा धनराजलाई २१ हजार, उपप्रमुखमा कडा टक्कर
रातोमाटो र कमेरोले पोतिन छोडे गाउँका घर
रातोमाटो र कमेरोले पोतिन छोडे गाउँका घर
रुसी सेनामा कार्यरत नेपाली युवा भन्छन् : आफ्नै देशको परिस्थितिले रुसी सेना बनायो
रुसी सेनामा कार्यरत नेपाली युवा भन्छन् : आफ्नै देशको परिस्थितिले रुसी सेना बनायो

तपाईंले छुटाउनुभयो कि?