कस्तो होला त २५ लाख अमेरिकी डलरको चिनिया बन्दुक ?

Shikharkhabar Shikharkhabar
|
बिहिबार, पौष २०, २०७४
|
|
३५ पटक हेरिएको
Shares
कस्तो होला त २५ लाख अमेरिकी डलरको चिनिया बन्दुक ?

सारांश

  • नियाँ बादशाहको प्राचीन तथा ऐतिहासिक एउटा बन्दुक लिलाम गर्दा २५ लाख अमेरिकी डलर उठेको छ ।
  • विश्वभरिका पुरातात्विक महत्वका वस्तुहरु लिलाम गर्ने प्रख्यात बेलायती कम्पनी ‘सुथबाइज लन्डन’ले उक्त बन्दुक लिलामीमा चढाउँदा अन्तिम बोलकबोलमा निजी क्षेत्रका एक एसियाली पारखीले १९ लाख ८५ हजार बेलायती पाउन्ड अर्थात २५ लाख अमेरिकी डलर तिरेको सुथबाइजद्वारा प्रकाशित एक विज्ञप्तिमा जनाइएको छ ।
  • चीनमा सर्वप्रथम बनाइएको भनी दाबी गरिएको यो बन्दुक तत्कालिन समयमा अत्यन्त आधुनिक हतियार मानिन्थ्यो ।

नियाँ बादशाहको प्राचीन तथा ऐतिहासिक एउटा बन्दुक लिलाम गर्दा २५ लाख अमेरिकी डलर उठेको छ । विश्वभरिका पुरातात्विक महत्वका वस्तुहरु लिलाम गर्ने प्रख्यात बेलायती कम्पनी ‘सुथबाइज लन्डन’ले उक्त बन्दुक लिलामीमा चढाउँदा अन्तिम बोलकबोलमा निजी क्षेत्रका एक एसियाली पारखीले १९ लाख ८५ हजार बेलायती पाउन्ड अर्थात २५ लाख अमेरिकी डलर तिरेको सुथबाइजद्वारा प्रकाशित एक विज्ञप्तिमा जनाइएको छ । चीनमा सर्वप्रथम बनाइएको भनी दाबी गरिएको यो बन्दुक तत्कालिन समयमा अत्यन्त आधुनिक हतियार मानिन्थ्यो ।

कलात्मक स्वरुपमा बुट्टा कुँदेर बनाइएको उक्त बन्दुकको कुन्दामा चीनका किंगवंशका क्यानलोंग बादशाहको शाही निशाना अंकित गरिएको छ । चिनियाँ इतिहासमा क्यानलोंग बादशाह कलात्मक र अनौठा सरसामानका पारखी तथा संकलक भएको बताइएको छ । सो बन्दुक शाही हतियार कारखानामा उनकै लागि बनाइएको थियो । बन्दुक लिलामीमा १० देखि १५ लाख पाउन्डसम्म उठ्ने अनुमान गरिएकोमा बोलकबोलमा अड्कल गरेभन्दा बढी नै रकम उठेको थियो । केही वर्षयता विश्वका धनाढ्यहरुले चिनियाँ प्राचीन तथा पुरातात्विक सामाग्रीहरुमा निकै रुची राखेको पाइएको छ ।

सुथबाइज लन्डनका चिनियाँ कलाकृति शाखाका वरिष्ठ निर्देशक रोबर्ट ब्राड्लोका अनुशार ऐतिहासिक महत्वका यस्ता सरसामान हङकङ, लन्डन, न्यूयोर्क जहाँसुकै लिलाम गरे पनि विशिष्ट ग्राहक सजिलै भेटिने बताएका छन् । चिनियाँ राजसंस्थाको इतिहासमा सबभन्दा लामो अवधि सन् १७३६ देखि १७९५ करिब ५९ वर्षसम्म निरन्तर शासन गर्ने क्यानलोंग बादशाह उनको शासनकालमा ‘स्वर्गका अत्यन्त शक्तिशाली पुत्र’ मानिन्थे । उनी सन् १९११ मा जन्मिएका थिए भने उनको देहवसान सन् १७९९ मा भएको थियो ।

(Clonazepam)

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Manoj Lamichhane

    क़लम ले लेख्छ बन्दुक ले मार्छ?

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था स्थिर
राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था स्थिर
पार्टी एकता एकातिर, प्रचण्ड पोखरातिर !
पार्टी एकता एकातिर, प्रचण्ड पोखरातिर !
जीपले ठक्कर दिँदा एक बालिकाको मृत्यु
जीपले ठक्कर दिँदा एक बालिकाको मृत्यु
शैक्षिक प्रमाणपत्र नक्कली भएको आरोपमा एक विद्यार्थी पक्राउ
शैक्षिक प्रमाणपत्र नक्कली भएको आरोपमा एक विद्यार्थी पक्राउ
संसद्को प्रभावकारिता कर्मचारीको क्षमता र सक्रियतामा निहित : सभामुख
संसद्को प्रभावकारिता कर्मचारीको क्षमता र सक्रियतामा निहित : सभामुख
सामाजिक सञ्जालमा बाम एकता : भट्टराईको फोटो कि हिरोको ?
सामाजिक सञ्जालमा बाम एकता : भट्टराईको फोटो कि हिरोको ?
लण्डन रेल आक्रमणमा सम्लग्न रहेको आशङ्कामा दोस्रो व्यक्ति पक्राउ
लण्डन रेल आक्रमणमा सम्लग्न रहेको आशङ्कामा दोस्रो व्यक्ति पक्राउ
छुराले हानेर आफ्नै छोराका हत्या
छुराले हानेर आफ्नै छोराका हत्या
नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष भुसालसहित पाँच सदस्यीय टोली भारत प्रस्थान
नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष भुसालसहित पाँच सदस्यीय टोली भारत प्रस्थान
मुख्यमन्त्री राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता, भीम आचार्यलाई मुख्यमन्त्री बनाउन निवेदन
मुख्यमन्त्री राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता, भीम आचार्यलाई मुख्यमन्त्री बनाउन निवेदन