जिसस निर्वाचनमा सत्तारुढ दलबीच चुनावी तालमेल

Abhiyanpost Abhiyanpost
|
सोमबार, श्रावण १६, २०७४
|
|
५८ पटक हेरिएको
Shares
जिसस निर्वाचनमा सत्तारुढ दलबीच चुनावी तालमेल

सारांश

  • काठमाडौँ : प्रमुख सत्तारुढ दलहरु नेपाली कांग्रेस र नेकपा ९माओवादी केन्द्र०ले जिल्ला समन्वय समिति (जिसस)को निर्वाचनमा चुनावी तालमेल गर्ने सहमति गरेका छन् ।
  • दुवै दलका कार्यदलको संयुक्त बैठकले एक्लै बहुमत नपुग्ने जिल्लामा जिससको निर्वाचनमा चुनावी तालमेल गर्ने सहमति गरेको कांग्रेस नेता विमलेन्द्र निधिले जानकारी दिए।
  • बैठकले देशभरि चुनावी तालमेलका लागि केन्द्रीयस्तरबाटै सहमति गरेको हो ।

काठमाडौँ : प्रमुख सत्तारुढ दलहरु नेपाली कांग्रेस र नेकपा ९माओवादी केन्द्र०ले जिल्ला समन्वय समिति (जिसस)को निर्वाचनमा चुनावी तालमेल गर्ने सहमति गरेका छन् ।

दुवै दलका कार्यदलको संयुक्त बैठकले एक्लै बहुमत नपुग्ने जिल्लामा जिससको निर्वाचनमा चुनावी तालमेल गर्ने सहमति गरेको कांग्रेस नेता विमलेन्द्र निधिले जानकारी दिए।

बैठकले देशभरि चुनावी तालमेलका लागि केन्द्रीयस्तरबाटै सहमति गरेको हो । प्रदेश नं २ बाहेकका प्रदेशमा सम्पन्न स्थानीय तहको निर्वाचनपछि सबै जिल्लामा जिससको निर्वाचन भइरहेको निर्वाचन आयोगले जनाएको छ ।

कांग्रेसले आगामी असोज २ गते प्रदेश नं २ मा हुन गइरहेको स्थानीय तहको निर्वाचनमा पनि आवश्यकताअनुसार माओवादी केन्द्रसँग चुनावी तालमेल गर्ने नीति लिएको छ । यसअघि सम्पन्न दुई चरणका स्थानीय तहको निर्वाचनमा पनि दुवै दलबीच कतिपय स्थानमा चुनावी तालमेल भएको थियो ।

बैठकमा कांग्रेस नेताहरु निधि, डा रामशरण महत र रमेश लेखक तथा माओवादी केन्द्रका नेता एवं उपप्रधानमन्त्री कृष्णबहादुर महरा र नेता वर्षमान पुन सहभागी हुनुहुन्थ्यो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रदेश १ मा काँग्रेस संसदीय दलको निर्वाचन हुँदै
प्रदेश १ मा काँग्रेस संसदीय दलको निर्वाचन हुँदै
खनालको कार्यकाल सकिन एक दिन बाँकि,सरकार अझै निर्णय बिहिन
खनालको कार्यकाल सकिन एक दिन बाँकि,सरकार अझै निर्णय बिहिन
एनसेलबाट ३ महिनाभित्र ६० अर्ब ७१ करोड लाभकर असुल्न सर्वोच्चको आदेश
एनसेलबाट ३ महिनाभित्र ६० अर्ब ७१ करोड लाभकर असुल्न सर्वोच्चको आदेश
प्रचण्डलाई उचाल्दै मधेसवादी दल
प्रचण्डलाई उचाल्दै मधेसवादी दल
जाँदाजाँदै जर्मनी राजदूतले भने–“बिदा मिलाएर घुम्न आउँछु”
जाँदाजाँदै जर्मनी राजदूतले भने–“बिदा मिलाएर घुम्न आउँछु”
तिहारको तेस्रो दिन नरक चतुर्दशी र कुकुर तिहार मनाइँदै
तिहारको तेस्रो दिन नरक चतुर्दशी र कुकुर तिहार मनाइँदै
बजेटबारे सांसदको मिश्रित प्रतिक्रिया
बजेटबारे सांसदको मिश्रित प्रतिक्रिया
मोटरसाइकलको ठक्करले उछिटिट्एकी महिलाको शरीरमा तीनवटा सरिया
मोटरसाइकलको ठक्करले उछिटिट्एकी महिलाको शरीरमा तीनवटा सरिया
एउटा चुनाव जित्दैमा धेरै फूर्तिफार्ती गर्नु पर्दैन : प्रधानमन्त्री ओली
एउटा चुनाव जित्दैमा धेरै फूर्तिफार्ती गर्नु पर्दैन : प्रधानमन्त्री ओली
राधिका सुनारको हत्यामा संलग्न प्रहरी हवल्दारलाई सर्वस्वसहित जन्मकैदको फैसला
राधिका सुनारको हत्यामा संलग्न प्रहरी हवल्दारलाई सर्वस्वसहित जन्मकैदको फैसला

तपाईंले छुटाउनुभयो कि?