काँग्रेसमा कम्पन, शेखर समुहले ७७ वटै जिल्लामा विद्रोही उम्मेदवार खडा गर्ने !

Abhiyanpost Abhiyanpost
|
आइतबार, आश्विन ९, २०७९
|
|
५६ पटक हेरिएको
Shares

सारांश

  • काठमाडौं,।
  • नेपाली काँग्रेसमा समानुपातिकतर्फ टिकट बाँडफाँडले कम्पन गएको छ ।
  • संस्थापनपक्षले आफूनिकटस्थलाई मात्र सांसद बन्ने गरी सूची बनाएर निर्वाचन आयोगमा बुझाएपछि विरोध चुलिएको हो ।

काठमाडौं,। नेपाली काँग्रेसमा समानुपातिकतर्फ टिकट बाँडफाँडले कम्पन गएको छ । संस्थापनपक्षले आफूनिकटस्थलाई मात्र सांसद बन्ने गरी सूची बनाएर निर्वाचन आयोगमा बुझाएपछि विरोध चुलिएको हो । जसका कारण संस्थापनइतर समूह ठूलै विद्रोहको तयारीमा लागेको छ ।

काँग्रेसको संस्थापनइतरका पदाधिकारीले पनि आफूनिकटस्थलाई सांसद बन्ने गरी सूचीमा राखेर रणनीतिक चार्तुयता देखाएका छन् । उपसभापति, महामन्त्री र सहमहामन्त्रीहरु या त आफू सूचीमा बसेका छन् या त आफ्नालाई राखेर चार्तुयता देखाएका छन् । यसले ठूलो पंक्ति आक्रोशित छ ।

संस्थापनइतरको पदाधिकारीबाहेकका नेताहरु विद्रोहका लागि डा। शेखर कोइरालालाई दबाब दिइरहेका छन् । उपसभापति धनराज गुरुङ, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा समानुपातिक सूचीमा राखिएका नामहरुबारे चुप छन् । उनीहरुप्रति पनि शेखर समूहका नेताहरु असन्तुष्ट भएका छन् ।

शेखर कोइराला समूहले विद्रोहको चेतावनी दिएपछि गठबन्धनमा समेत तरंगित भएको छ । काँग्रेसमा विद्रोह र विभाजन भइहालेमा गठबन्धनलाई ठूलो धक्का लाग्न सक्छ । यसकारण राजनीति झन् जटिल बन्दै गएको छ ।

शेखर समूहले पार्टी नफुटाइहाले पनि प्रत्यक्षतर्फ देशभर विद्रोही उम्मेदवार खडा गर्ने तयारी गरिसकेको छ । नेविसंघको पूर्वसभापति गुरुराज घिमिरे देखि तरुण दलका पूर्वमहासचिव भूपेन्द्रजङ्ग शाहीसम्मले विद्रोहको चेतावनी दिइसकेका छन् । उनीहरुले विद्रोहलाई रोक्न नसक्ने भन्दै आफ्ना समूहका नेताहरुलाई टिकट च्यातेर आउन भनेपछि विवाद निकै चुलिएको खुलिसकेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सरकारलाई विश्वासकाे मत दिने जसपाकाे निर्णय
सरकारलाई विश्वासकाे मत दिने जसपाकाे निर्णय
सिटी र लिभरपुलले जित निकाल्दा चेल्सीको हार
साढे १२ करोड भ्रष्टाचार, १३ जना विरुद्ध मुद्दा दायर
साढे १२ करोड भ्रष्टाचार, १३ जना विरुद्ध मुद्दा दायर
संचारमन्त्रीको देउवालाई जवाफ : भारतीय नेतृत्वसँग बसेर के भन्नु भयो?
संचारमन्त्रीको देउवालाई जवाफ : भारतीय नेतृत्वसँग बसेर के भन्नु भयो?
चलचित्र “हिरोज” को टिजर रिलिज : टिजरमा करिश्मा देखि पुर्णिमा सम्म
चलचित्र “हिरोज” को टिजर रिलिज : टिजरमा करिश्मा देखि पुर्णिमा सम्म
सोमबारको टेस्टमा ‘एनिमल’ शीर्ष स्थानमा, चाैथाें दिनसम्म फिल्म २५० करोड पार
सोमबारको टेस्टमा ‘एनिमल’ शीर्ष स्थानमा, चाैथाें दिनसम्म फिल्म २५० करोड पार
प्रधानमन्त्री ओली राजीनामा दिन तयार, ‘कोरोनापछि वामदेव गौतम प्रधानमन्त्री, माधव नेपाल अध्यक्ष’
प्रधानमन्त्री ओली राजीनामा दिन तयार, ‘कोरोनापछि वामदेव गौतम प्रधानमन्त्री, माधव नेपाल अध्यक्ष’
पहिलो पटक राष्ट्रिय आर्थिक गणना हुँदै
पहिलो पटक राष्ट्रिय आर्थिक गणना हुँदै
यु–१९ विश्वकप छनोटः मलेसियामाथि नेपालको शानदार जीत
यु–१९ विश्वकप छनोटः मलेसियामाथि नेपालको शानदार जीत
ब्वाइफ्रेण्डसँग सहवास गर्दागर्दै युवतीलाई अस्पताल दौडाइयो
ब्वाइफ्रेण्डसँग सहवास गर्दागर्दै युवतीलाई अस्पताल दौडाइयो

तपाईंले छुटाउनुभयो कि?