कांग्रेसको भातृ संगठन तरुण दलका नेता पेस्तोलसहित पक्राउ

Abhiyanpost Abhiyanpost
|
सोमबार, श्रावण ७, २०७५
|
४
|
५७ पटक हेरिएको
Shares
कांग्रेसको भातृ संगठन तरुण दलका नेता पेस्तोलसहित पक्राउ

सारांश

  • काठमाडाै, ७ साउन ।
  • देशव्यापी आन्दोलन गरीरहेको नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुण दल, नवलपरासीका जिल्ला सदस्य किशोर आचार्य पेस्तोल र खुडासहित पक्राउ परेका छन् ।
  • बर्दघाट नगरपालिका–१० ध्रुवटोल घर भएका आचार्यलाई प्रहरीले आइतवार साँझ बर्दघाटको टिसियन चोकबाट पक्रेको हो ।

काठमाडाै, ७ साउन । देशव्यापी आन्दोलन गरीरहेको नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुण दल, नवलपरासीका जिल्ला सदस्य किशोर आचार्य पेस्तोल र खुडासहित पक्राउ परेका छन् । बर्दघाट नगरपालिका–१० ध्रुवटोल घर भएका आचार्यलाई प्रहरीले आइतवार साँझ बर्दघाटको टिसियन चोकबाट पक्रेको हो ।

जिल्ला प्रहरी कार्यालय, बर्दघाट सुस्ता पश्चिमका प्रहरी उपरीक्षक राजेन्द्र भट्टले शंका लागेर खानतलासी गर्दा आचार्यको साथबाट फलामको ठूलो खुँडा र पेस्तोल फेला परेपछि नियन्त्रणमा लिइएको जानकारी दिए । पक्राउ परेका आचार्यलाई जिल्ला प्रहरी कार्यालयमा राखिएको छ । उनीमाथि हातहतियार खरखजनाअन्तर्गत मुद्दा चलाउने प्रहरीको तयारी छ ।

प्रतिक्रिया

4 कमेन्ट

    Comment Author

    Ram Prsad Bashyal

    राम्ररी हेर प्रजातान्त्रीक बगलिमारा को असली रुप !!!!

    Comment Author

    Kuber Pariyar

    आजिबन काराबास को सझाय दे सरकार यो देस बिद्दोही हो

    Comment Author

    Himlal Bashyal

    आफ्नो असलिरुप देखाउदै छ

    Comment Author

    Dipendra Singh

    Fack news

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 4
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?