राष्ट्रपति र प्रधानमन्त्रीद्वारा शहिदप्रति श्रद्धान्जली

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, माघ १६, २०७७
|
|
३८ पटक हेरिएको
Shares
राष्ट्रपति र प्रधानमन्त्रीद्वारा शहिदप्रति श्रद्धान्जली

सारांश

  • राष्ट्रपति विद्यादेवी भण्डारीले हाल उपभोग गरिरहेको स्वतन्त्रता र नागरिक अधिकार विगतमा शहीदले गरेका बलिदानको प्रतिफल भएको बताएकी छन् ।
  • शहीद दिवसका अवसरमा जारी संदेशमा राष्ट्रपति भण्डारीले नागरिक स्वतन्त्रता, लोकतन्त्रको स्थापना र राष्ट्रियताको रक्षाका लागि आफ्नो अमूल्य जीवन उत्सर्ग गर्ने महान् शहीद शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गङ्गालाल श्रेष्ठलगायत सबै अमर शहीदप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गरेकी छन् ।
  • नेपाली जनतालाई स्वतन्त्र र सार्वभौमसत्ता सम्पन्न नागरिक बनाउन निरङ्कुश र तानासाही शासन व्यवस्थाविरुद्धका आन्दोलनमा आफ्नो जीवन बलिदान गर्ने वीर वीरङ्गनाप्रति सम्मान गर्दै माघ १६ मा शहीद दिवस मनाउने गरिन्छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले हाल उपभोग गरिरहेको स्वतन्त्रता र नागरिक अधिकार विगतमा शहीदले गरेका बलिदानको प्रतिफल भएको बताएकी छन् ।

शहीद दिवसका अवसरमा जारी संदेशमा राष्ट्रपति भण्डारीले नागरिक स्वतन्त्रता, लोकतन्त्रको स्थापना र राष्ट्रियताको रक्षाका लागि आफ्नो अमूल्य जीवन उत्सर्ग गर्ने महान् शहीद शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गङ्गालाल श्रेष्ठलगायत सबै अमर शहीदप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गरेकी छन् ।

नेपाली जनतालाई स्वतन्त्र र सार्वभौमसत्ता सम्पन्न नागरिक बनाउन निरङ्कुश र तानासाही शासन व्यवस्थाविरुद्धका आन्दोलनमा आफ्नो जीवन बलिदान गर्ने वीर वीरङ्गनाप्रति सम्मान गर्दै माघ १६ मा शहीद दिवस मनाउने गरिन्छ ।

आफ्नो अमूल्य जीवनलाई जनता र राष्ट्रको हितका खातिर समर्पण गर्नु नै शहादत हो भन्दै राष्ट्रपति भण्डारीले शहीद दिवसले हामीलाई शहीदले गरेको यही सर्वोच्च त्यागको स्मरण गराएकी हुन् । शहीदहरूको बलिदानबाट प्राप्त सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकाङ्क्षा पूरा गर्नेतर्फ अग्रसर हुनु नै शहीदप्रति सच्चा श्रद्धाञ्जलि हुने राष्ट्रपतिको विश्‍वास छ ।

त्यस्तै, प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको विकास र समृद्धिको आकाङ्क्षाविपरीत खडा गरिएका चुनौतीलाई एकजुट भएर पराजित गर्नुपर्ने बताएका छन् । शहीद दिवस–२०७७ का सन्दर्भमा अमर शहीदहरूप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै प्रधानमन्त्री ओलीले भने, “हाम्रा अमर शहीदहरूको बलिदानीले हामीलाई देखाएको मार्गदर्शन पनि यही हो ।” उनले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकाङ्क्षा पूरा गर्न स्थिर राजनीति अपरिहार्य भएको चर्चा गर्दैै शहीदहरूको बलिदानीपूर्ण सङ्घर्षको मार्गदर्शनबाट समृद्ध देश निर्माण गरी जनतालाई सुखी बनाउँदै राष्ट्रिय आकाङ्क्षा पूरा गर्ने गन्तव्य हामीले तय गरेको बताएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

साउदी अरेबियालाई हतियार बिक्री रोक्न अमेरिकी सिनेटमा मतदान
साउदी अरेबियालाई हतियार बिक्री रोक्न अमेरिकी सिनेटमा मतदान
यी हुन् सातवटै प्रदेशमा एमालेका सम्भावित मुख्यमन्त्री
यी हुन् सातवटै प्रदेशमा एमालेका सम्भावित मुख्यमन्त्री
बलात्कारीलाई मृत्युदण्डको सजाय दिन सांसदको माग !
बलात्कारीलाई मृत्युदण्डको सजाय दिन सांसदको माग !
फेरि राष्ट्रपति बन्ने भण्डारीको इच्छा सहित ओली र प्रचण्डसँग ‘लन्च मिटिङ’
फेरि राष्ट्रपति बन्ने भण्डारीको इच्छा सहित ओली र प्रचण्डसँग ‘लन्च मिटिङ’
एक महिनाभित्र सबै भूकम्प प्रभावितलाई अस्थायी आवास उपलब्ध गराउँछौँ : मन्त्री बस्नेत
एक महिनाभित्र सबै भूकम्प प्रभावितलाई अस्थायी आवास उपलब्ध गराउँछौँ : मन्त्री बस्नेत
चन्द्रमाबाट चट्टान र धुलो लिएर अन्तरिक्ष यान पृथ्वीमा फर्कियो
चन्द्रमाबाट चट्टान र धुलो लिएर अन्तरिक्ष यान पृथ्वीमा फर्कियो
भिम रावलकाे उम्मेद्वारी संकटमा, रद्ध हुन सक्ने
भिम रावलकाे उम्मेद्वारी संकटमा, रद्ध हुन सक्ने
कार्गो जहाज भेटियो, फोर्स ल्यान्डिङ गरिएको
एसएसपी लोहनीलाई साधारण तारेखमा छाड्न उच्च अदालतको आदेश
काङ्ग्रेस जिल्ला सभापतिले हस्ताक्षर अभियान चलाउने
काङ्ग्रेस जिल्ला सभापतिले हस्ताक्षर अभियान चलाउने

तपाईंले छुटाउनुभयो कि?