म हुँदासम्म गोरखकाली रबर उद्योग निजीकरण हुन दिन्न : भट्टराई

Shikharkhabar Shikharkhabar
|
आइतबार, माघ २१, २०७४
|
|
३८ पटक हेरिएको
Shares
म हुँदासम्म गोरखकाली रबर उद्योग निजीकरण हुन दिन्न : भट्टराई

सारांश

  • Listen to this article 0:00 / 0:00 Generating audio for you.
  • .
  • .
Listen to this article
0:00 / 0:00

गोरखा, माघ २१ । पूर्वप्रधानमन्त्री तथा नयाँ शक्ति नेपालका संयोजक डाक्टर बाबुराम भट्टराईले गोरखकाली रबर उद्योगलाई आफ्नो ज्यान हुँदासम्म बेच्न नदिने बताएका छन् । बहिर्गमनका बेला वर्तमान सरकारले करोडौंको कमिशनको खेलमा दीर्घकालीन महत्व राख्ने खालको निर्णय गर्न नहुने उनले तर्क गरे ।

शनिबार गृहजिल्ला गोरखाका पत्रकारसंगको कुराकानीमा भट्टराईले यस्तो बताएका हुन्। नेशनल ट्रेडिङ लिमिटेड खारेज गरेको वर्तमान सरकारले गोरखकाली रबर उद्योगलाई नीजिकरण गर्ने तयारी गरेको भन्दै उनले आपत्ति जनाए।

‘कौडीको मूल्यमा रबर उद्योग बेचिदैछ भन्ने खबर पाएँ’, भट्टराईले भने, ‘म यहाँबाट गएर भोलि नै यो बिषयमा कुरा राख्नेवाला छु। यस्तो निर्णय कुनै हालतमा हुनदिनेवाला छैन । म ज्यूँदो छउञ्जेल रबर उद्योग बेच्न दिन्नँ ।’ कसरी राम्रोसंग चलाउने भन्ने बारे वृहत छलफल गर्न सकिने तर बेच्न नसकिने उनको दाबी छ।

‘गोरखाको एउटा मात्र उद्योग हो, नेपालको पनि एउटै मात्र टायर उद्योग हो। यसलाई यही रुपले त सञ्चालन गर्नुहुदैन’, उनले भने ‘पुर्नसंरचना गरेर, निजी क्षेत्र र सरकारी क्षेत्र साझेदारी गरेर सञ्चालन गर्न सकिन्छ। विज्ञसँग छलफल गरेर के गर्न सकिन्छ भन्ने निचोड निकाल्नु पर्छ। तर कौडीको भाउमा बेच्न वा खारेज गर्न दिनै हुदैन।’

‘अरबौं रुपियाँ भएको नेशनल ट्रेडिङलाई कौडीको मूल्यमा बेचिएको र डरलाग्दो कमिशनको खेल भएको आशंका छ’, भट्टराईले भने ‘संक्रमणकालको सरकारले दीर्घकालीन असर गर्ने निर्णय गर्नुहुदैन। यो बेठिक छ, यो निर्णय रोकिनु पर्छ।’ भोलिको सरकारले राष्ट्रिय हितमा काम गर्नसक्ने भन्दै उनले नेशनल ट्रेडिङ देशका लागि चाहिने दाबी गरे।

विभिन्न संकटका बेला यस्ता सरकारी स्वामित्वको व्यापारीक निकायको खाँचो पर्ने उनको भनाइ छ। ‘नेशनल ट्रेडिङजस्तो संस्था हामीकहाँ चाहिन्छ’, उनले भने, ‘भोलिका दिनमा कर्णाली जस्ता दुर्गम पहाडमा भोकमरी हुँदा होस् वा कुनै पनि विपद पर्दा खाद्यान्न आपूर्ति गर्नुपर्दा नेशनल ट्रेडिङ नै चाहिन्छ। व्यापारीले त आपूर्ति गर्दैनन्। त्यसैले नेशनल ट्रेडिङ लिमिटेड खारेज गर्नुहुँदैन ।’

(https://bparlay.com/)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

चिनियाँ राष्ट्रपति सीलाई कोरोना भाइरसको संक्रमण भएको हल्ला फैलिएपछि
चिनियाँ राष्ट्रपति सीलाई कोरोना भाइरसको संक्रमण भएको हल्ला फैलिएपछि
पत्रपत्रीका : पूर्वउपप्रधानमन्त्री अधिकारीको स्वास्थ्यमा थप समस्या, सिसियूमा उपचार
पत्रपत्रीका : पूर्वउपप्रधानमन्त्री अधिकारीको स्वास्थ्यमा थप समस्या, सिसियूमा उपचार
काठमाडौँको समानुपातिक : एमाले पहिलो, माओवादी चौँथो !
काठमाडौँको समानुपातिक : एमाले पहिलो, माओवादी चौँथो !
इटहरीमा एम्बुलेन्स र स्कुटर ठोकिदा ३ को मृत्यु
इटहरीमा एम्बुलेन्स र स्कुटर ठोकिदा ३ को मृत्यु
लघुवित्तका ऋणी आन्दोलित, नियामक भन्छ : आन्दोलन गरेर ऋण मिनाहा हुँदैन
लघुवित्तका ऋणी आन्दोलित, नियामक भन्छ : आन्दोलन गरेर ऋण मिनाहा हुँदैन
केरुङ-काठमाडौँ रेलमार्ग: ६ महिनाभित्र डिपिआर टुङ्गो लाग्ने
केरुङ-काठमाडौँ रेलमार्ग: ६ महिनाभित्र डिपिआर टुङ्गो लाग्ने
स्थापितको स्थान लिन नेकपाभित्र आकांक्षीको दौडधुप
स्थापितको स्थान लिन नेकपाभित्र आकांक्षीको दौडधुप
इन्धनको जोहोका लागि ‘गुइँठा’ बनाइँदै
इन्धनको जोहोका लागि ‘गुइँठा’ बनाइँदै
बिएण्डसी हस्पिटलमा मापदण्ड पुरा, ५० शय्यामा आइसियु सेवा विस्तार
बिएण्डसी हस्पिटलमा मापदण्ड पुरा, ५० शय्यामा आइसियु सेवा विस्तार
काठमाडौँको आकाश कहिले खुल्छ ?
काठमाडौँको आकाश कहिले खुल्छ ?