प्रतिनिधिसभाको बैठक बस्दै, मन्त्रालयगत छलफल शुरु हुदै

Abhiyanpost Abhiyanpost
|
आइतबार, जेठ २७, २०८१
|
|
५९ पटक हेरिएको
Shares
प्रतिनिधिसभाको बैठक बस्दै, मन्त्रालयगत छलफल शुरु हुदै

सारांश

  • काठमाडौँ ।
  • आज प्रतिनिधिसभाको बैठक बस्दै छ ।
  • बिहान ११ बजेका लागि बोलाइएको बैठकमा विनियोजन विधेयक अन्तर्गत मन्त्रालयगत छलफल शुरु हुने संघीय संसद सचिवालयले जानकारी दिएको छ ।

काठमाडौँ । आज प्रतिनिधिसभाको बैठक बस्दै छ । बिहान ११ बजेका लागि बोलाइएको बैठकमा विनियोजन विधेयक अन्तर्गत मन्त्रालयगत छलफल शुरु हुने संघीय संसद सचिवालयले जानकारी दिएको छ ।

आज वन तथा वातावरण, युवा तथा खेलकुद, शिक्षा, विज्ञान तथा प्रविधि र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको विभिन्न शिर्षकमाथि छलफल हुने तालिका रहेको छ ।

त्यस्तै आज विनियोजन विधेयक अन्तर्गत विभिन्न सांसदहरुले राखेका पाँच खर्च घाउने प्रस्ताव समेत पेश हुने तालिका रहेको छ ।

जुन यस प्रकार छन्-

१- सांसद प्रेम सुवालले ‘विनियोजन विधेयक, २०८१ अन्र्तगत वन तथा वातावरण मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय शीर्षकको खर्च रकममा उल्लिखित रकम घटाईयोस्’ भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्ने ।

२- सांसद डा. अमरेश कुमार सिंहले ‘विनियोजन विधेयक, २०८१ अन्र्तगत वन तथा वातावरण मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय शीर्षकको खर्च रकमलाई घटाई एक रुपैयाँ गरियोस्’ भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्ने ।

३- सांसद पुष्पबहादुर शाहले ‘विनियोजन विधेयक, २०८१ अन्र्तगत युवा तथा खेलकुद मन्त्रालय शीर्षकको खर्च रकमलाई घटाई एक रुपैयाँ गरियोस्’ भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्ने ।

४- सांसद बद्रीप्रसाद पाण्डेले “विनियोजन विधेयक, २०८१ अन्र्तगत शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय शीर्षकको खर्च रकमलाई घटाई एक रुपैयाँ गरियोस्’ भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्ने ।

५- सांसद रमा कोइराला पौड्यालले ‘विनियोजन विधेयक, २०८१ अन्र्तगत श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय शीर्षकको खर्च रकमलाई घटाई एक रुपैयाँ गरियोस्’ भनी खर्च
कटौतीको प्रस्ताव प्रस्तुत गर्ने ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

लगानी बोर्डको उपाध्यक्षमा अर्थमन्त्री
लगानी बोर्डको उपाध्यक्षमा अर्थमन्त्री
डिउटीमा रहेका प्रहरीले आफ्नै च्यापुमा गोली हानेपछि…
डिउटीमा रहेका प्रहरीले आफ्नै च्यापुमा गोली हानेपछि…
बैंककाे पैसामा  कर्मचारीकाे रजाइ
बैंककाे पैसामा कर्मचारीकाे रजाइ
साफ च्याम्पियनशिप: नेपालको पहिलो प्रतिद्वन्द्वी भारत
साफ च्याम्पियनशिप: नेपालको पहिलो प्रतिद्वन्द्वी भारत
आचारसंहिता पालना गर्न दल र उम्मेदवारलाई निर्वाचन आयोगको ७ बुँदे निर्देशन
आचारसंहिता पालना गर्न दल र उम्मेदवारलाई निर्वाचन आयोगको ७ बुँदे निर्देशन
बाह्रबुँदे समझदारी पक्षधर शक्तिहरू एक ठाउँ उभिनुपर्छ: प्रधानमन्त्री दाहाल
बाह्रबुँदे समझदारी पक्षधर शक्तिहरू एक ठाउँ उभिनुपर्छ: प्रधानमन्त्री दाहाल
सिन्धुलीमा बोलेरो दुर्घटना, चारको मृत्यु, सात जना घाइते
सिन्धुलीमा बोलेरो दुर्घटना, चारको मृत्यु, सात जना घाइते
केदारनाथमा हेलिकप्टर दुर्घटना, चालक सहित ७ जनाको मृत्यु
केदारनाथमा हेलिकप्टर दुर्घटना, चालक सहित ७ जनाको मृत्यु
कोप–२३ः जलवायु परिवर्तनबाट अर्थतन्त्रमा अतिरिक्त प्रभाव
कोप–२३ः जलवायु परिवर्तनबाट अर्थतन्त्रमा अतिरिक्त प्रभाव
अबको अर्जुनदृष्टि विकास र समृद्धिमा केन्द्रित हुने : अध्यक्ष प्रचण्ड
अबको अर्जुनदृष्टि विकास र समृद्धिमा केन्द्रित हुने : अध्यक्ष प्रचण्ड

तपाईंले छुटाउनुभयो कि?