दोहोरो नागरिकता बनाउने व्यक्ति पक्राउ परेका छन् ।

Abhiyanpost Abhiyanpost
|
बुधबार, चैत्र ४, २०७७
|
|
५३ पटक हेरिएको
Shares
दोहोरो नागरिकता बनाउने व्यक्ति पक्राउ परेका छन् ।

सारांश

  • दोहोरो नागरिकता बनाई दुरुपयोग गरेको अभियोगमा काठमाडौं महानगरपालिका–४ सुकेधारा जाल्पादेवी मार्ग बस्ने बाग्लुङ गलकोट नगरपालिका–२ घर भएका कमल थापा, कमल सुनुवार भन्ने ३७ वर्षीय कमल सुनारलाई काठमाडौं महानगरपालिका–४ सुकेधाराबाट मंगलबार प्रहरीले पक्राउ गरेको छ ।
  • जिल्ला प्रशासन कार्यालय बाग्लुङबाट एउटै मितिमा एउटै नागरिकता नम्बरमा एउटामा कमल सुनार र अर्कोमा कमल थापा नाम राखी दुई वटा नागरिकता जारी गराई कमल थापाको नामबाट विभिन्न सरकारी निकायहरूमा पेश गरी दुरूपयोग गरी सेवा समेत लिएको तथा पुनस् काठमाडौं जिल्ला प्रशासन कार्यालयबाट २०७४ माघ २४ गते कमल सुनुवारको नाममा नागरिकता जारी भएको अनुसन्धानको क्रममा खुल्न आएपश्चात प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
  • साथै उनको साथबाट जिल्ला प्रशासन कार्यालयको वाग्लुङवाट जारी भएको कमल सुनार नामको ना।

दोहोरो नागरिकता बनाई दुरुपयोग गरेको अभियोगमा काठमाडौं महानगरपालिका–४ सुकेधारा जाल्पादेवी मार्ग बस्ने बाग्लुङ गलकोट नगरपालिका–२ घर भएका कमल थापा, कमल सुनुवार भन्ने ३७ वर्षीय कमल सुनारलाई काठमाडौं महानगरपालिका–४ सुकेधाराबाट मंगलबार प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रशासन कार्यालय बाग्लुङबाट एउटै मितिमा एउटै नागरिकता नम्बरमा एउटामा कमल सुनार र अर्कोमा कमल थापा नाम राखी दुई वटा नागरिकता जारी गराई कमल थापाको नामबाट विभिन्न सरकारी निकायहरूमा पेश गरी दुरूपयोग गरी सेवा समेत लिएको तथा पुनस् काठमाडौं जिल्ला प्रशासन कार्यालयबाट २०७४ माघ २४ गते कमल सुनुवारको नाममा नागरिकता जारी भएको अनुसन्धानको क्रममा खुल्न आएपश्चात प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

साथै उनको साथबाट जिल्ला प्रशासन कार्यालयको वाग्लुङवाट जारी भएको कमल सुनार नामको ना।प्र।नं,३८४२र३७८ को सक्कल नागरिकताको प्रमाणपत्र १ थान, कमल सुनुवारको नामको ना।प्र।नं। २७०१–७४–१४२५२ को जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट जारी भएको सक्कल नागरिकताको प्रमाणपत्र १ थान, कमल सुनुवारको राहदानी नम्बर १०७७१८०४ को सक्कल राहदानी १ थान, १ थान मोबाइल, कमल सुनुवारको नामको जन्म दर्ताको सक्कल प्रमाणपत्र १ थान, काठमाडौं महानगरपालिका कार्यालयबाट जारी भएको कमल सुनुवार समेतको नाता प्रमाणितको सक्कल प्रमाणपत्र १ थान, काठमाडौं महानगरपालिका कार्यालयबाट जारी कमल सुनुवार समेतको भएको रिलेसन सर्टिफिकेट सक्कल प्रमाण पत्र १ थान लगायत विभिन्न कागजातहरु समेत प्रहरीले बरामद गरेको बताएको छ ।

उनलाई आवश्यक कारवाहीका लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको उक्त व्यूरोले जनाएको छ ।

(etutorworld.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बढ्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार  ?
बढ्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ?
कांग्रेसको चुनाव अभियान सुरु : एमसिसीबारे छरिएका भ्रम चिर्ने र तत्कालीन नेकपा सरकारको भण्डाफोर गर्ने
कांग्रेसको चुनाव अभियान सुरु : एमसिसीबारे छरिएका भ्रम चिर्ने र तत्कालीन नेकपा सरकारको भण्डाफोर गर्ने
मन्त्री बने लगत्तै नेपालमा तरंग ल्याउने एस. जयशंकर को हुन् ?
मन्त्री बने लगत्तै नेपालमा तरंग ल्याउने एस. जयशंकर को हुन् ?
संसद बैठकमा जानै नचाहने पनि फेरि सांसद चुनिए
संसद बैठकमा जानै नचाहने पनि फेरि सांसद चुनिए
प्रहरी वरिष्ठ उपरीक्षक र प्रहरी उपरीक्षक पदमा पदोन्नति भएका प्रहरी अधिकृतहरुलाई दर्ज्यानी चिन्ह
प्रहरी वरिष्ठ उपरीक्षक र प्रहरी उपरीक्षक पदमा पदोन्नति भएका प्रहरी अधिकृतहरुलाई दर्ज्यानी चिन्ह
हेटौंडा-काठमाडौं जोड्ने दुई सडकमा राति सवारीसाधन सञ्चालनमा रोक
हेटौंडा-काठमाडौं जोड्ने दुई सडकमा राति सवारीसाधन सञ्चालनमा रोक
Choosing the Best Casino Games
उपत्यकामा एकैदिन ६७६ जनामा कोरोना संक्रमण पुष्टि
उपत्यकामा एकैदिन ६७६ जनामा कोरोना संक्रमण पुष्टि
पुनरावलोकन गर्नुपर्ने सन्धि मन्त्रालयद्वारा समितिमा पेस
पुनरावलोकन गर्नुपर्ने सन्धि मन्त्रालयद्वारा समितिमा पेस
एकदिवसीय विश्वकप छनोटः आज नेपाल र अमेरिका भिड्दै, सुपर सिक्समा पुग्न नेपाललाई जित्नै पर्ने दवाव
एकदिवसीय विश्वकप छनोटः आज नेपाल र अमेरिका भिड्दै, सुपर सिक्समा पुग्न नेपाललाई जित्नै पर्ने दवाव

तपाईंले छुटाउनुभयो कि?