कांग्रेस बैठकमा आज ३४ जना केन्द्रीय सदस्यको धारणा व्यक्त

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, श्रावण ५, २०८०
|
|
४७ पटक हेरिएको
Shares
कांग्रेस बैठकमा आज ३४ जना केन्द्रीय सदस्यको धारणा व्यक्त

सारांश

  • काठमाडौं ।
  • नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा केन्द्रीय सदस्यले आफ्ना धारणा राख्ने क्रम जारी छ ।
  • पार्टी सभापति शेरबहादुर देउवाको सभापतित्वमा पार्टी केन्द्रीय कार्यालयमा यही साउन २ गतेदेखि जारी बैठकमा आज ३४ जना केन्द्रिय सदस्यले बोलेका हुन् ।

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा केन्द्रीय सदस्यले आफ्ना धारणा राख्ने क्रम जारी छ । पार्टी सभापति शेरबहादुर देउवाको सभापतित्वमा पार्टी केन्द्रीय कार्यालयमा यही साउन २ गतेदेखि जारी बैठकमा आज ३४ जना केन्द्रिय सदस्यले बोलेका हुन् ।

उनीहरुले विशेषगरी विभाग गठन, पार्टीको राष्ट्रिय अभियान घोषणा, अनुशासन समितिको प्रतिवेदन, समसामयिक राजनीतिक, कार्यसम्पादन समिति बैठकबाट भएका निर्णय अनुमोदन, साङ्गठनिक कार्ययोजना र कार्यतालिका, नीति अधिवेशन, पार्टीको निर्वाचन परिचालन समितिले तयार गरेको प्रतिवेदन विषयको कार्यसूचिमाथि धारणा व्यक्त गरेका थिए ।

बैठकमा आज केन्द्रीय सदस्य गोपालमान श्रेष्ठ, प्रकाशमान सिंह, बलबहादुर केसी, ज्ञानेन्द्रबहादुर कार्की, रमेश रिजाल, डा नारायण खड्का, उमा रेग्मी, पद्मनारायण चौधरी, दिलेन्द्रप्रसाद बडू, आनन्दप्रसाद ढुङ्गाना, अजयकुमार चौरसिया, अम्बिका बस्नेत, पुष्पा भुसाल, शङ्कर भण्डारी, मीनबहादुर विश्वकर्माले आ–आफ्ना धारणा व्यक्त गरे ।

यसैगरी बैठकमा केन्द्रीय सदस्य ईश्वरी न्यौपाने, सीता गुरुङ, मिनाक्षी झा, सुजाता परियार, गोविन्द भट्टराई, प्रदीप पौडेल, चिनकाजी श्रेष्ठ, रमेश लेखक, सरिता प्रसाई, लक्ष्मी परियार, ध्यानगोविन्द रञ्जित, अमृत अर्याल, धु्रव वाग्ले, गेहेन्द्र गिरी, डा आरजु राणा देउवा, जीतजङ्ग बस्नेत, राजीव ढुङ्गाना र अञ्जनी श्रेष्ठ र मैकुलाल बाल्मीकिले आफ्ना धारणा राखेको पार्टी कार्यालयले जनाएको छ ।

बैठकमा केन्द्रीय सदस्यले धारणा राख्ने क्रम जारी रहेकाले अर्काे बैठक साउन ७ गते बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालयमा पुनः बस्ने कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

(Valium)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

युरोकपको नकआउट चरणको समीकरण पूरा
युरोकपको नकआउट चरणको समीकरण पूरा
सांसद बस्नेत भन्छन् ‘कोटेश्वर–जडिबुटी सुरुङ मार्ग निर्माण कार्य तुरुन्तै सुरु गर्नु पर्यो’
सांसद बस्नेत भन्छन् ‘कोटेश्वर–जडिबुटी सुरुङ मार्ग निर्माण कार्य तुरुन्तै सुरु गर्नु पर्यो’
वैशाखमा बन्ने आइजीपीका लागि रोचक दौड
वैशाखमा बन्ने आइजीपीका लागि रोचक दौड
२ पटक पासपोर्ट बनाइसकेका गायक गुरुङ पहिलोपटक विदेश जाँदै
२ पटक पासपोर्ट बनाइसकेका गायक गुरुङ पहिलोपटक विदेश जाँदै
युरोपेली सङ्घको टोलीद्वारा चिलिमे—त्रिशूली प्रसारण आयोजना निरीक्षण
युरोपेली सङ्घको टोलीद्वारा चिलिमे—त्रिशूली प्रसारण आयोजना निरीक्षण
धान उत्पादनमा वृद्धि
धान उत्पादनमा वृद्धि
महिला हिंसा रोक्न सरकार कडा रुपमा प्रस्तुत हुन्छ : गृहमन्त्री
महिला हिंसा रोक्न सरकार कडा रुपमा प्रस्तुत हुन्छ : गृहमन्त्री
तपाईसँग लाइसेन्सप्राप्त हतियार छ ? छ भने आजै बुझाउनुहोस् प्रशासनलाई
तपाईसँग लाइसेन्सप्राप्त हतियार छ ? छ भने आजै बुझाउनुहोस् प्रशासनलाई
दुर्गा खरेलको  (भेटेरै  सुन्नु छ) हेर्नुहोस भिडियोसहित
दुर्गा खरेलको  (भेटेरै  सुन्नु छ) हेर्नुहोस भिडियोसहित
अनसनलाई देखाएर धमिलो पानीमा माछा मार्ने तत्वहरूले डा. केसीलाई नै दुरूपयोग गर्ने मौका छोपे :  सुजता कोइराला
अनसनलाई देखाएर धमिलो पानीमा माछा मार्ने तत्वहरूले डा. केसीलाई नै दुरूपयोग गर्ने मौका छोपे : सुजता कोइराला

तपाईंले छुटाउनुभयो कि?