कांग्रेस सभापतिहरुको भेलामा ट्रम्प र किमको चर्चा

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, आषाढ ८, २०७५
|
|
४० पटक हेरिएको
Shares
कांग्रेस सभापतिहरुको भेलामा ट्रम्प र किमको चर्चा

सारांश

  • शिखरन्युज ८, असार- कांग्रेस जिल्ला सभापतिको हेटौंमा भइरहेको भेलामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाका नेता किम जोङ उनको चर्चा चलेको छ ।
  • विश्वमै चर्चित दुई नेताको चर्चा गर्दै सभापतिहरुले नेतृत्वलाई मिल्न दबाब दिएका छन् ।
  • विश्वमै दुईतर्फ फर्केका विरोधी नेता मिल्न सक्ने रहेछन् भने ‘हाम्रा नेता किन मिल्दैनन्’ भन्दै मिल्न दबाब दिएका हुन् ।

शिखरन्युज ८, असार- कांग्रेस जिल्ला सभापतिको हेटौंमा भइरहेको भेलामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाका नेता किम जोङ उनको चर्चा चलेको छ । विश्वमै चर्चित दुई नेताको चर्चा गर्दै सभापतिहरुले नेतृत्वलाई मिल्न दबाब दिएका छन् ।

विश्वमै दुईतर्फ फर्केका विरोधी नेता मिल्न सक्ने रहेछन् भने ‘हाम्रा नेता किन मिल्दैनन्’ भन्दै मिल्न दबाब दिएका हुन् । बिहीबार भेलाको दोस्रो दिन ३४ जिल्लाका सभापतिहरूले पार्टीमा गुटबन्दी मौलाउँदा हार्नुपरेको गुनासो पोखेका छन् । भेलामा बोल्ने सभापतिहरूले डोनाल्ड ट्रम्प र नेता किम जोङ उनको प्रसंग समेत सुनाए ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार उनीहरुको उदाहरण दिंदै सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेललाई मिल्न दबाब दिएका थिए । सरकारमा हुँदा गलत काम गरेकाले चुनावमा हार्नु परेको सभापतिहरुको आलोचना छ । पार्टी विधान र पद्धतिअनुसार नचल्दा असर तल्लो तहसम्मै परेको उनीहरूको गुनासो गरे ।

गुटगत आधारमा विभाजित भएपनि उनीहरूले सभापतिहरूका साझा समस्या उठाउँदै पार्टी केन्द्रमा प्रभावकारी रूपमा काम नहुँदा टिकट बाँड्नेदेखिको प्रसंग उठाएका थिए । सभापतिहरुको भेला ‘हेटौँडा घोषणा’ जारी गर्दै आज सकिँदैछ ।

(Diazepam)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?