काठमाडाैमै बन्दैछ धमाधम भूमिगत प्रसारण लाइन

Abhiyanpost Abhiyanpost
|
सोमबार, श्रावण २१, २०७५
|
|
३५ पटक हेरिएको
Shares
काठमाडाैमै बन्दैछ धमाधम भूमिगत प्रसारण लाइन

सारांश

  • काठमाडौं,  २१ साउन ।
  • नेपालमै भूमिगत विद्युत् प्रसारण लाइन निर्माण भइरहेको विषय खाशै चर्चामा आएको छैन ।
  • तर, उपत्यकामा नेपाल विद्युत् प्राधिकरणले भूमिगत प्रसारण लाइन निर्माण गरिरहेको छ ।

काठमाडौं,  २१ साउन । नेपालमै भूमिगत विद्युत् प्रसारण लाइन निर्माण भइरहेको विषय खाशै चर्चामा आएको छैन । तर, उपत्यकामा नेपाल विद्युत् प्राधिकरणले भूमिगत प्रसारण लाइन निर्माण गरिरहेको छ ।  त्रिशूली–काठमाडौं २२० केभी सर्किट क्षमताको प्रसारण लाइनमध्ये काठमाडौं मातातीर्थमा एक हजार ३०९ मिटर क्षेत्रमा भूमिगत प्रसारण लाइन निर्माण भइरहेको छ ।

सो प्रसारण लाइनको हाल ६३० मिटरको काम ९४८ प्रतिशत० निर्माण सकिएको छ । भूमिगतरुपमा २४ वटा तार राख्न मिल्ने गरी संरचना निर्माण भइरहेको छ । स्थानीय बासिन्दालाई असर नपर्ने गरी निर्माण भइरहेको यो नेपालको प्रसारण लाइन निर्माणको इतिहासमा पहिलो भूमिगत प्रसारण लाइन भएको प्राधिकरणले जनाएको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन, सचिव अनुपकुमार उपाध्याय, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आज आयोजनाको स्थलगत निरीक्षण गरेका छन् । स्थलगत निरीक्षणका क्रममा मन्त्री पुनले बाँकी रहेको काम दुई महिनाभित्र सम्पन्न गर्न आयोजना र निर्माण व्यवसायीलाई निर्देशन दिए ।त्रिशूली करिडोरमा उत्पादित विद्युत् प्रवाह गर्ने मुख्य तथा महत्त्वपूर्ण लाइन भएकाले तोकेको समयभित्र पूरा गर्न मन्त्री पुनले विशेष चासोका साथ पहल गरेका हुन् । ठेकेदार कम्पनीले निर्माणमा भइरहेको स्थानीय अवरोध हटाई सुरक्षाको प्रत्याभूति दिन माग गरेको थियो ।

यस्तै वन क्षेत्रको समस्या तत्काल समाधान भएमा दुई महिनाभित्र निर्माण सक्ने प्रतिबद्धता जनाइएको छ । भूमिगत प्रसारण लाइन निर्माणका लागि हाल २७० कामदार परिचालित छन् । रुख कटानमा समस्या रहेको जानकारी भएपछि मन्त्री पुनले आयोजनास्थलबाटै वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतलाई फोन गरी समस्या समाधान गरिदिन आग्रह गर्नुभएको थियो । ‘स्थानीय बासिन्दाले उठाएको समस्या हामी मिलाउँछौँ, गृहमन्त्री रामबहादुर थापासँग कुरा भइसकेकाले कार्यस्थलमा सुरक्षा दिन्छौँ, रुख कटानमा रहेको समस्या समाधान गर्छौं’, मन्त्री पुनले भने, ‘सिभिल संरचना निर्माणको काम तोकिएको मापदण्ड र गुणस्तरमा दुई महिनाभित्रमा जसरी पनि सकिनु पर्दछ ।’

केही समय पहिले मन्त्रिपरिषद्ले महालक्ष्मी मातातीर्थ सामुदायिक वन उपभोक्ता समितिअन्तर्गत पर्ने ६८२ वटा रुख काटन स्वीकृति दिएको थियो । उत्पादित विद्युत् खेर जान नदिन समयमै प्रसारण लाइन पूरा हुनुपर्ने मन्त्री पुनले बताए ।अहिले प्रसारण लाइनको मार्ग केही परिवर्तन हुँदा काट्नुपर्ने रुखको संख्या घटेर ३३६ वटा पुगेको छ । रुख कटानको स्वीकृतिका लागि अनुरोधसहितको पत्र वन विभागका पुगेको छ । रुखको संख्या घटेकाले स्वीकृतिका लागि पुनः पेश गर्नुपरेको आयोजनाले जनाएको छ । काट्नुपर्ने रुखमा टाँचा लगाइसकिएको छ ।

भूमिगत लाइनका लागि सडक खनिएकाले बर्खाको समयमा हिलो भएकाले स्थानीय बासिन्दाले काममा अवरोध गर्दै आएका छन् । मन्त्री पुनले हिलो बाटोमा ढुंटागिट्टी हाल्दा समस्या समाधान हुने देखिएकाले सोहीअनुसार गर्न निर्देशन दिएका छन् । कूल ४५ किलोमिटर लामो प्रसारण लाइनको १४० वटा टावरमध्ये १२७ को जग हालिसकिएको आयोजना प्रमुख फणीन्द्रराज जोशीले बताएका छन् । भौतिक निर्माण दुई महिनाभित्र पूरा भए तार केही समयपछि तान्न सकिने उनको भनाइ छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एमालेसँग पार्टी एकता गर्न सकिने: वर्षमान पुन
एमालेसँग पार्टी एकता गर्न सकिने: वर्षमान पुन
प्रतिनिधि सभा निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न, करिव ६० प्रतिशत मत खसेको प्रारम्भिक अनुमान
प्रतिनिधि सभा निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न, करिव ६० प्रतिशत मत खसेको प्रारम्भिक अनुमान
प्रदेश सांसद डिल्ली चौधरीलाई कोराना पुष्टि
प्रदेश सांसद डिल्ली चौधरीलाई कोराना पुष्टि
वाम गठबन्धनले यसकारणा समर्थन गर्याे संघीय समाजवादी फोरमलार्इ
वाम गठबन्धनले यसकारणा समर्थन गर्याे संघीय समाजवादी फोरमलार्इ
इन्टरनेट सेवा प्रदायक क्षेत्रलाई व्यवस्थित गरिने
इन्टरनेट सेवा प्रदायक क्षेत्रलाई व्यवस्थित गरिने
परराष्ट्रमन्त्री ज्ञवाली र बेलायतका राज्यमन्त्री फिल्डबीच भेटवार्ता
परराष्ट्रमन्त्री ज्ञवाली र बेलायतका राज्यमन्त्री फिल्डबीच भेटवार्ता
शुद्धोधन गाउँपालिकाका प्रमुख कार्यकारी अधिकृत ५० हजार घुससहित पक्राउ
शुद्धोधन गाउँपालिकाका प्रमुख कार्यकारी अधिकृत ५० हजार घुससहित पक्राउ
गाउँपालिका, नगरपालिकामा सरकारले खटायो ५६ हजार कर्मचारी
गाउँपालिका, नगरपालिकामा सरकारले खटायो ५६ हजार कर्मचारी
असार मसान्तसम्म साँवा र ब्याज पुर्नतालिकीकरण गर्न चेम्बरको माग
असार मसान्तसम्म साँवा र ब्याज पुर्नतालिकीकरण गर्न चेम्बरको माग
निर्वाचनबाट नयाँ अध्यायको शुरुआत भएको छः प्रचण्ड
निर्वाचनबाट नयाँ अध्यायको शुरुआत भएको छः प्रचण्ड

तपाईंले छुटाउनुभयो कि?