काठमाडौँका स्थानीय तहमा भदौ १५ सम्म सेवा स्थगित

Abhiyanpost Abhiyanpost
|
मंगलबार, भाद्र ९, २०७७
|
|
५१ पटक हेरिएको
Shares

सारांश

  • काठमाडौँ उपत्यकाका १८ स्थानीय तहले यही भदौ १५ गतेसम्मका लागि अत्यावश्यकबाहेकका सेवा सञ्चालन नगर्ने भएका छन् ।
  • पछिल्लो समय हरेक दिन उपत्यकामा कारोना भाइरसका बिरामी बढ्दै जाँदा खतरा बढेको जनाउँदै आज बसेको उपत्यका नगरपालिका फोरमको बैठकले यस्तो निर्णय गरेको हो ।
  • बैठकले उपत्यकाका स्थानीय तहबाट पुनःसञ्चालन हुँदै आएका सेवामध्ये अत्याश्यकबाहेक सेवालाई भदौ ९ गतेसम्म कायम गरिएकामा पुनः भदौ दोस्रो हप्तासम्मका लागि स्थगन गर्ने निर्णय गरेको हो ।

काठमाडौँ उपत्यकाका १८ स्थानीय तहले यही भदौ १५ गतेसम्मका लागि अत्यावश्यकबाहेकका सेवा सञ्चालन नगर्ने भएका छन् । पछिल्लो समय हरेक दिन उपत्यकामा कारोना भाइरसका बिरामी बढ्दै जाँदा खतरा बढेको जनाउँदै आज बसेको उपत्यका नगरपालिका फोरमको बैठकले यस्तो निर्णय गरेको हो ।

बैठकले उपत्यकाका स्थानीय तहबाट पुनःसञ्चालन हुँदै आएका सेवामध्ये अत्याश्यकबाहेक सेवालाई भदौ ९ गतेसम्म कायम गरिएकामा पुनः भदौ दोस्रो हप्तासम्मका लागि स्थगन गर्ने निर्णय गरेको हो । उपत्यकामा कोभिड—१९ को सङ्क्रमण रोकथाम र नियन्त्रणका लागि तत्कालै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसँगको समन्वयमा कन्ट्याक्ट ट्रेसिङ र परीक्षणको दायरा फराकिलो बनाउने निर्णय गरिएको छ ।

उपत्यका नगरपालिका फोरमका अध्यक्ष तथा काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले स्वास्थ्य मन्त्रालयको टोलीसहित मङ्गलबारदेखि नै उपत्यकाका पालिकामा तालिका बनाएरै कन्ट्याक्ट ट्रेसिङ र परीक्षण अघि बढाइने जानकारी दिनुभयो । अहिलेसम्म उपत्यकाका पालिकाको तथ्याङ्कानुसार दुई हजार ७ ४६ संक्रमित भेटिएकाले करीब २८ हजार पाँच सय जनाको कन्ट्याक्ट ट्रेसिङ गर्ने तयारी रहेको प्रमुख शाक्यले बताउनुभयो ।

बैठकले ढिलोमा भदौ १५ गतेसम्म अनुमानित सबैको परीक्षण सक्ने गरी तालिका बनाएर अघि बढ्ने निर्णय गर्दै सङ्क्रमणबाट सकेसम्म बच्नका लागि सबै नागरिकलाई आग्रह गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

लम्साललाई टानको अध्यक्षको उम्मेदवार बनाएकोमा सर्वत्र स्वागत
लम्साललाई टानको अध्यक्षको उम्मेदवार बनाएकोमा सर्वत्र स्वागत
वाम गठबन्धनले यसकारणा समर्थन गर्याे संघीय समाजवादी फोरमलार्इ
वाम गठबन्धनले यसकारणा समर्थन गर्याे संघीय समाजवादी फोरमलार्इ
आइजीपी खनालको २१ महिनाः कहाँ बाजी मारे कहाँ चुके
आइजीपी खनालको २१ महिनाः कहाँ बाजी मारे कहाँ चुके
कांग्रेसलाई झड्का, पुराना नेता दाहाल नेकपा प्रवेश
कांग्रेसलाई झड्का, पुराना नेता दाहाल नेकपा प्रवेश
रोल्पाको पछिल्लो मत परिणाम , वर्षमानको अवस्था यस्तो छ  !
रोल्पाको पछिल्लो मत परिणाम , वर्षमानको अवस्था यस्तो छ !
वर्ल्ड सोसल ईन्नोभेसन फोरमको ग्लोबल स्टेरिङ कमिटीमा डा. शम्भु पोखरेल चयन
वर्ल्ड सोसल ईन्नोभेसन फोरमको ग्लोबल स्टेरिङ कमिटीमा डा. शम्भु पोखरेल चयन
नेकपा विवादः प्रचण्डलगायतका नेताहरुको राजीनामाको माग यथावत्, मंसिरमा महाधिवेशन अमान्य
नेकपा विवादः प्रचण्डलगायतका नेताहरुको राजीनामाको माग यथावत्, मंसिरमा महाधिवेशन अमान्य
एमसीसी सम्झौता कार्यान्वयनको बाटोमा गयो : एमसीसी मुख्यालय
एआईजी पोखरेलले दिए राजीनामा
एआईजी पोखरेलले दिए राजीनामा
गौचनका हत्याराले निम्तायो प्रहरीभित्र यस्तो विवाद, दुई डीआईजीबीच पानी बाराबार
गौचनका हत्याराले निम्तायो प्रहरीभित्र यस्तो विवाद, दुई डीआईजीबीच पानी बाराबार

तपाईंले छुटाउनुभयो कि?