काठमाडौँका ७ वर्षीय बालकमा कोरोना

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, जेठ २, २०७७
|
|
३९ पटक हेरिएको
Shares

सारांश

  • नेपालमा थप तीन जनामा कोरोना पुष्टि भएको छ ।
  • राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौँमा गरिएको परीक्षण अनुसार बिहीबार साँझ तीन जनामा कोरोना पुष्टि भएको हो ।
  • काठमाडौं, दहचोक निवासी ७ वर्षीय बालक, जनकपुर, धनुषा निवासी १७ वर्षीया युवती र धादिङकी ३० वर्षीया महिलामा कोरोना पुष्टि भएको हो ।

नेपालमा थप तीन जनामा कोरोना पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौँमा गरिएको परीक्षण अनुसार बिहीबार साँझ तीन जनामा कोरोना पुष्टि भएको हो । काठमाडौं, दहचोक निवासी ७ वर्षीय बालक, जनकपुर, धनुषा निवासी १७ वर्षीया युवती र धादिङकी ३० वर्षीया महिलामा कोरोना पुष्टि भएको हो । योसँगै संक्रमितको संख्या २४९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले जानकारी दिए ।

यसअघि बिहीबार दिउँसो तीन जनामा कोरोना पुष्टि भएको थयो। काठमाडौँ ३२ वर्षीय पुरुष, कपिलवस्तु ६ वर्षीया बालिका राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला र नवलपरासीपूर्वका ४९ वर्षीय पुरुषको भरतपुर कोरोना अस्पतालमा पीसीआर नमुना परीक्षण गर्दा रिपोर्ट पोजिटिभ आएको हो। योसँगै १९९ पुरुष, ५० महिला र ३५ निको भएकासँगै संक्रमितको संख्या २४९ पुगेको छ।

मन्त्रालयका अनुसार अलिहेसम्म पीसीआर २२ हजार ६ सय ६४ नमुना परीक्षण गरिएको छ। पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट १३ सय ६३ जनाको नमुना संकलन भएको छ। नेपालमा माघ १४ गतेदेखि पीसीआर परीक्षण सुरु गरिएको थियो।

प्रवक्ता देवकोटाका अनुसार आरडीटी विधिबाट अहिलेसम्म ६२ हजार तीन सय २७ नमुना परीक्षण गरिएको छ। पछिल्लो २४ घण्टामा दुइृ हजार आठ सय आरडीटी परीक्षण गरिएको छ। आरडीटीको परीक्षण चैत १९ गतेबाट सुरु भएको हो। अहिलेसम्म क्वारेन्टाइनमा १५ हजार ६ सय छन् भने आइसोलेसनमा उपत्यकामा ६ र बाहिर २६६ गरेर २७२ छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

रंगशाला निर्माणका लागि महायज्ञबाट ५० करोड संकलन गरिने
रंगशाला निर्माणका लागि महायज्ञबाट ५० करोड संकलन गरिने
खुमलटारको निर्णय : बादललाई दिइयो यस्तो जिम्मा
खुमलटारको निर्णय : बादललाई दिइयो यस्तो जिम्मा
नवनियुक्त मन्त्री भट्टराईद्वारा बल्खु र पेरिसडाँडा पुगेर शहीदप्रति माल्यार्पण
नवनियुक्त मन्त्री भट्टराईद्वारा बल्खु र पेरिसडाँडा पुगेर शहीदप्रति माल्यार्पण
प्रचण्ड: सीको शक्ति आर्जनको कला, किमको शासन शैलीका हिमायती
उपकुलपति प्रकरण: अनुमति नलिई जान लागेकाले रोक्यौँ: गृहमन्त्री
उपकुलपति प्रकरण: अनुमति नलिई जान लागेकाले रोक्यौँ: गृहमन्त्री
कांग्रेस-एमाले गठबन्धन सरकारप्रति भड्किए शेखर, गलत काम विरुद्ध आवाज उठाउन आग्रह
कांग्रेस-एमाले गठबन्धन सरकारप्रति भड्किए शेखर, गलत काम विरुद्ध आवाज उठाउन आग्रह
रचना रिमालको आमाबुबालाई घर बनाएर राख्ने सपना पुरा
रचना रिमालको आमाबुबालाई घर बनाएर राख्ने सपना पुरा
प्रधानमन्त्री देउवा आज स्वदेश फर्कदैं
प्रधानमन्त्री देउवा आज स्वदेश फर्कदैं
दलित समुदायको पुख्र्याैली पेशा सङ्कटमा
दलित समुदायको पुख्र्याैली पेशा सङ्कटमा
आखिर किन भइन् ट्रोल? टिभीकी संस्कारी बुहारीको गुलाबी बिकिनी फोटो….
आखिर किन भइन् ट्रोल? टिभीकी संस्कारी बुहारीको गुलाबी बिकिनी फोटो….

तपाईंले छुटाउनुभयो कि?