काठमाडौँको धुलो बढाल्न ५ वटा ब्रुमर, हिजो गरियो उद्घाटन
सारांश
- काठमाडौं महानगरपालिकाले आजदेखि पाँच नयाँ ब्रुमर मार्फत सडक सफा गर्ने भएको छ ।
- एक साताअघि इटालीबाट ल्याईएका सफा गर्ने उक्त यन्त्र पहिलोपटक रत्नपार्कमा प्रयोगगर्ने काठमाडौं महानगरपालिकाले जनाएको छ ।
- मंगलबार राष्ट्रिय सभागृहमा एक कार्यक्रमको आयोजना गर्दे महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले ब्रुमरको उद्घाटन गरेका छन ।
काठमाडौं महानगरपालिकाले आजदेखि पाँच नयाँ ब्रुमर मार्फत सडक सफा गर्ने भएको छ । एक साताअघि इटालीबाट ल्याईएका सफा गर्ने उक्त यन्त्र पहिलोपटक रत्नपार्कमा प्रयोगगर्ने काठमाडौं महानगरपालिकाले जनाएको छ ।मंगलबार राष्ट्रिय सभागृहमा एक कार्यक्रमको आयोजना गर्दे महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले ब्रुमरको उद्घाटन गरेका छन । गत असारमा गरिएको बोलपत्रको आधारमा महानगरपालिकाले ११ करोड ८० लाखमा इटालीबाट खरिद गरेर ब्रुमर ल्याएको महानगरले प्रष्ट पारेको छ ।
ब्रुमरबाट टुँडीखेलआसपास, सुन्धारा, भद्रकाली, दरबारमार्ग, बल्खु, कलंकी, कालीमाटी, टेकु,त्रिपुरेश्वर,थापाथली, बानेश्वर, तीनकुने, एयरपोर्ट,पेप्सीकोला, सिंहदरबार, पुतलीसडक, हात्तीसार, लैनचौर, लाजिम्पाट, महाराजगन्ज, ज्ञानेश्वर, मैतिदेवी, पुरानो बानेश्वर र सीनामंगललगायतका स्थानका सडक सफागरिने महानगरपालिकाले जानकारी गराएको छ ।
प्रतिक्रिया