काठमााडौंको सवारी साधनमा जोर बिजोर प्रणालीः सर्वसाधरण मर्कामा, जोर बिजोरको अवज्ञा गर्न दलका नेताहरुको आह्वान

Abhiyanpost Abhiyanpost
|
बिहिबार, मंसिर १३, २०७५
|
|
६१ पटक हेरिएको
Shares
काठमााडौंको सवारी साधनमा जोर बिजोर प्रणालीः सर्वसाधरण मर्कामा, जोर बिजोरको अवज्ञा गर्न दलका नेताहरुको आह्वान

सारांश

  • काठमाडौं, १३ मंसिर ।
  • काठमााडौं उपत्यकामा आजदेखि जोर बिजोर प्रणाली सुरु भएपछि यात्रुले सास्ती भोगेका छन् ।
  • सरकारले एक गैरसरकारी संस्थाले गर्न लागेको कार्यक्रमका लागि आउने विदेशी पाहुनाको आवागमनलाई लक्षित गरी सवारी सञ्चालनमा जोर विजोर प्रणाली लागू गरेपछि यात्रु समस्यामा परेका हुन् ।

काठमाडौं, १३ मंसिर । काठमााडौं उपत्यकामा आजदेखि जोर बिजोर प्रणाली सुरु भएपछि यात्रुले सास्ती भोगेका छन् । सरकारले एक गैरसरकारी संस्थाले गर्न लागेको कार्यक्रमका लागि आउने विदेशी पाहुनाको आवागमनलाई लक्षित गरी सवारी सञ्चालनमा जोर विजोर प्रणाली लागू गरेपछि यात्रु समस्यामा परेका हुन् ।

आज सडकमा गाडी कुरिरहेका यात्रुको भीड बाक्लो देखिएको छ । उनीहरुले घन्टौं कुर्दा पनि गाडी नपाएपछि जोर–बिजोर प्रणालीको आलोचना गरेका छन् ।

यसैबीच, बिभिन्न दलका नेताहरुले सरकारले आजदेखि चार दिनसम्म लागू गरेको जोर विजोर प्रणालीको अवज्ञा गर्न आह्वान गरेका छन् । राप्रपाका अध्यक्ष कमल थापाले सरकारले लागू गराएको जोर विजोर प्रणाली र विदेशी पाहुनालाई स्वागत गरेको शैलीप्रति भत्र्सना गरेका छन् ।

एशिया फाण्डेसन नामक विवादित संस्थाले आयोजना गरेको कार्यक्रमका लागि सरकारले राजधानीबासीलाई सास्ती हुने गरी ४ दिन जोर विजोर प्रणालीको लागू गरेको भन्दै विरोध जनाएका हुन् ।

यस्तै, काँग्रेस नेता गगन थापाले पनि धर्मान्तरको लागि स्थापना भएको विवादित संस्थाको कार्यक्रमका लागि जनतालाई सास्ती दिने सरकारको निर्णय खेदजनक रहेको बताए । सरकारको गलत कामको अवज्ञा गर्नु नागरिकको कर्तव्य भएकाले अबज्ञा गर्न उनले सामाजिक सञ्जाल ट्वीटर मार्फत आग्रह गरेका हुन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

हवाई सुरक्षा व्यवस्थित गरेर कालोसूची हटाउने प्रयासमा छौँ : प्रधानमन्त्री
हवाई सुरक्षा व्यवस्थित गरेर कालोसूची हटाउने प्रयासमा छौँ : प्रधानमन्त्री
कोरोना संक्रमणबाट आज १७ जनाको मृत्यु, कुल मृत्यु हुनेको संख्या ४ सय ५३
१८ भन्दा बढी सिट क्षमता भएका यात्रुवाहक सवारी सञ्चालनमा रोक
१८ भन्दा बढी सिट क्षमता भएका यात्रुवाहक सवारी सञ्चालनमा रोक
जापान पठाउने कन्सलट्यान्सीहरुले सर्भिस चार्ज’ र ‘डकुमेन्टेसन’ का नाममा बढी रकम असुली
जापान पठाउने कन्सलट्यान्सीहरुले सर्भिस चार्ज’ र ‘डकुमेन्टेसन’ का नाममा बढी रकम असुली
मकवानपुरमा कारको सिटमुनि लुकाएको १६२ किलो गाँजा बरामद: दुई चालक पक्राउ
मकवानपुरमा कारको सिटमुनि लुकाएको १६२ किलो गाँजा बरामद: दुई चालक पक्राउ
वनभोज खाएर फर्किंदा ३ जनाको मृत्यु, ३४ घाइते
हेर्नुस् नेपालमै डिजाइन गरिएको बाइक ‘सुन्तली’, क्लासिक ३५०
हेर्नुस् नेपालमै डिजाइन गरिएको बाइक ‘सुन्तली’, क्लासिक ३५०
इजरायलमाथि इरानको मिसाइल आक्रमण
इजरायलमाथि इरानको मिसाइल आक्रमण
दलहरुद्वारा चुनावी चहलपहल तीव्र
दलहरुद्वारा चुनावी चहलपहल तीव्र
प्रधानमन्त्री देउवाको गुनासो : सरकारले जनहितमा काम गर्न पाएन
प्रधानमन्त्री देउवाको गुनासो : सरकारले जनहितमा काम गर्न पाएन

तपाईंले छुटाउनुभयो कि?