काठमाडौँमा अखिल नेपाल महिला सङ्घ (समाजवादी)को राष्ट्रिय सम्मेलन हुने

Abhiyanpost Abhiyanpost
|
मंगलबार, माघ २४, २०७९
|
|
४४ पटक हेरिएको
Shares
काठमाडौँमा अखिल नेपाल महिला सङ्घ (समाजवादी)को राष्ट्रिय सम्मेलन हुने

सारांश

  • काठमाडौँ ।
  • अखिल नेपाल महिला सङ्घ (समाजवादी)ले आगामी जेठ महिनामा राष्ट्रिय सम्मेलन काठमाडौँमा गर्ने भएको छ ।
  • सङ्गठनकी अध्यक्ष जयन्ती राईको अध्यक्षतामा बसेको बैठकमा आगामी चैत महिनामा सबै प्रदेश सम्मेलन तथा आगामी फागुन मसान्तभित्र सङ्गठनको जिल्ला सम्मेलन सम्पन्न गर्ने निर्णय गरिएको हो ।

काठमाडौँ । अखिल नेपाल महिला सङ्घ (समाजवादी)ले आगामी जेठ महिनामा राष्ट्रिय सम्मेलन काठमाडौँमा गर्ने भएको छ ।

सङ्गठनकी अध्यक्ष जयन्ती राईको अध्यक्षतामा बसेको बैठकमा आगामी चैत महिनामा सबै प्रदेश सम्मेलन तथा आगामी फागुन मसान्तभित्र सङ्गठनको जिल्ला सम्मेलन सम्पन्न गर्ने निर्णय गरिएको हो । फागुन १५ गतेभित्र सङ्गठनका सबै गाउँ तथा नगर सम्मेलन सम्पन्न गरिनेछ ।

राष्ट्रिय सम्मेलन अगाडि सङ्गठनको नियमित बैठक गर्ने, सङ्गठित नेता–कार्यकर्तालाई प्रशिक्षित गराउने, महिलामाथि समाजमा विद्यमान हिंसा र भेदभाव अन्त्यका लागि महिलाहरूलाई जागरुक बनाउने, सदस्यता प्रदान गर्ने, नवीकरण गर्ने, सङ्गठनको सदस्यता र कमिटीहरूको तथ्याङ्क अद्यावधिक गर्ने र सङ्गठन परिचालनको कामलाई महत्वका साथ सञ्चालन गरिनेछ ।

सङ्गठनको सदस्यता वितरणलाई प्रभावकारी बनाउने र सोको तथ्याङ्क अद्यावधिक गर्ने, सङ्गठनका सबै तहका समितिहरूले सम्मेलन अवधिसम्म अनिवार्य रूपले प्रशिक्षण कार्यक्रम आयोजना गर्ने, सबै समिति र विभागले आफ्ना सबै पदाधिकारी तथा सदस्यलाई जिम्मेवारी तथा दायित्व तोकेर प्रत्येक महिना सम्बन्धित समितिमा बुझाउने व्यवस्था गर्ने, जनप्रतिनिधिका लागि प्रशिक्षण कार्यक्रम आयोजना गर्ने, महिला हिंसा भएका घटनामा जिल्ला तहको उपस्थिति गराउने र पीडितको पक्षमा लागेर आवश्यक सहयोग गर्ने, केन्द्रीय विभागलाई पूर्णता दिने, मुखपत्र र आगामी वर्षका लागि क्यालेन्डर प्रकाशन गर्ने उपाध्यक्ष तथा सङ्गठन विभाग प्रमुख सावित्रा भुसालले बताइन्

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को हालै सम्पन्न केन्द्रीय कमिटीको बैठकको निर्णय र यसअघि पार्टीले जारी गरेको अन्तरसङ्गठनको निर्देशनबमोजिम सबै जनसङ्गठन पुनर्गठन गर्नुपर्ने भएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बिग्रेका खानै नहुने मिठाई विक्री गर्ने अनमोल स्वीट्समा सिलबन्दी
बिग्रेका खानै नहुने मिठाई विक्री गर्ने अनमोल स्वीट्समा सिलबन्दी
पैसा लिएर लाइसेन्स दिने ८ जना कम्प्युटर अपरेटरलाई भ्रष्टाचार मुद्दा
पैसा लिएर लाइसेन्स दिने ८ जना कम्प्युटर अपरेटरलाई भ्रष्टाचार मुद्दा
जिप दुर्घटनामा एकको मृत्यु १० घाइते
जिप दुर्घटनामा एकको मृत्यु १० घाइते
नम्बरी सुनको नयाँ गीत ‘तिमी वर म पीपल’
नम्बरी सुनको नयाँ गीत ‘तिमी वर म पीपल’
सैफ अली खानले पूर्वपत्नीको खुलेर प्रशंशा गरे
सैफ अली खानले पूर्वपत्नीको खुलेर प्रशंशा गरे
अधिकारकर्मी खतिवडाको प्रश्न: सेवाको लागी पहुँचवालाहरु वाट सिफारीस गर्ने कहिलेसम्म ?
अधिकारकर्मी खतिवडाको प्रश्न: सेवाको लागी पहुँचवालाहरु वाट सिफारीस गर्ने कहिलेसम्म ?
मिसेस नेपाल वल्र्ड २०२३ को खोजी सुरु
मिसेस नेपाल वल्र्ड २०२३ को खोजी सुरु
एउटै सयपत्री फूलको बोटबाट कृषकले कमाए हजार
एउटै सयपत्री फूलको बोटबाट कृषकले कमाए हजार
राष्ट्रियसभाबाट नेपाल विश्वविद्यालय विधेयक पारित
राष्ट्रियसभाबाट नेपाल विश्वविद्यालय विधेयक पारित
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट कुवेत एयरले नियमित र हिमालय एयरले चार्टड उडान गर्ने
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट कुवेत एयरले नियमित र हिमालय एयरले चार्टड उडान गर्ने

तपाईंले छुटाउनुभयो कि?