काठमाडौँमा एमालेको अग्रता कायमै !

Abhiyanpost Abhiyanpost
|
बुधबार, जेठ ३, २०७४
|
|
७९८ पटक हेरिएको
Shares
काठमाडौँमा एमालेको अग्रता कायमै !

सारांश

  • काठमाडौँ, ३ जेठ ।
  • काठमाडाँै महानगरपालिकाको राति १० बजेसम्मको मतगणनाअनुसार नेकपा(एमाले)को अग्रता कायमै छ ।
  • प्रमुखमा एमालेका उम्मेदवार विद्यासुन्दर शाक्य दुई हजार ५२ मतसहित अग्रस्थानमा हुनुहुन्छ भने उहाँलाई नेपाली काँग्रेसका राजुराज जोशीले एक हजार १८० मतले पछ्याइरहनुभएको छ ।

काठमाडौँ, ३ जेठ । काठमाडाँै महानगरपालिकाको राति १० बजेसम्मको मतगणनाअनुसार नेकपा(एमाले)को अग्रता कायमै छ ।

प्रमुखमा एमालेका उम्मेदवार विद्यासुन्दर शाक्य दुई हजार ५२ मतसहित अग्रस्थानमा हुनुहुन्छ भने उहाँलाई नेपाली काँग्रेसका राजुराज जोशीले एक हजार १८० मतले पछ्याइरहनुभएको छ ।

त्यसैगरी विवेकशील नेपाली दलका रञ्जु न्यौपानेले ८९२ मत र साझा पार्टीका किशोर थापाले ६४१ मत प्राप्त गर्नुभएको छ ।

यसैगरी उपप्रमुखमा काँग्रेसकी हरिप्रभा खड्गीले एक हजार ५५४, राष्ट्रिय प्रजातन्त्र पार्टीका राजाराम श्रेष्ठले एक हजार २५८ मत प्राप्त गरेकोे मुख्य निर्वाचन अधिकृत दीपेन्द्र अधिकारीले जानकारी दिनुभयो ।
हालसम्म कुल पाँच हजार ९३६ मतगणना गरिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?