काठमाडौँ अष्ट्रेलिया सिधा उडानको पहल हुँदै

Abhiyanpost Abhiyanpost
|
सोमबार, पौष १४, २०७६
|
|
४६ पटक हेरिएको
Shares
काठमाडौँ अष्ट्रेलिया सिधा उडानको पहल हुँदै

सारांश

  • १४ पुस स् नेपाल र अष्ट्रेलियाबीच सिधा हवाई उडानका लागि पहल गरिएको छ ।
  • नेपाल र अष्ट्रेलिया बीचमा गत अक्टोबर २ तारिखमा हवाई सम्झौता भएको थियो ।
  • अष्ट्रेलियामा एक लाख ५० हजार हाराहारी नेपाली बसोबास गर्दै आएका छन् ।

१४ पुस स् नेपाल र अष्ट्रेलियाबीच सिधा हवाई उडानका लागि पहल गरिएको छ । नेपाल र अष्ट्रेलिया बीचमा गत अक्टोबर २ तारिखमा हवाई सम्झौता भएको थियो ।

अष्ट्रेलियामा एक लाख ५० हजार हाराहारी नेपाली बसोबास गर्दै आएका छन् । सिधा उडान नहुँदा उनीहरु र यहाँबाट नेपाल घुम्न जाने पर्यटक विभिन्न देशका विमानस्थलमा लामो ट्रान्जिटमा परेर आउन–जान बाध्य रहेका छन् ।

सिड्नी विमानस्थलले प्रकाशित गरेको तथ्याङ्कअनुसार यो वर्षमात्र काठमाडौँबाट सिड्नी आउने यात्रुको सङ्ख्या एक लाख २१ हजार २६० पुगिसकेको छ । सिड्नी विमानस्थलसँग सिधा उडान सम्पर्क नभएका देशको विमानस्थलहरुको सबैभन्दा ठूलो सङ्ख्या हो ।

अष्ट्रेलियाको नागरिक उड्डयन सेवा प्रदायक संस्था विगत १२ वर्षदेखि कार्यरत इञ्जिनीयर राजु अधिकारीका अनुसार यो सङ्ख्या दैनिक सिधा उडानका लागि निकै फाइदाजनक देखिन्छ । उनका अनुसार सिधा हवाई सम्पर्क भएमा सिड्नीबाहेकका सहरमा जाने यात्रुहरुलाई पनि यही बाटो प्रयोग गर्ने छन् । यसले गर्दा सिधा उडान प्रभावकारी हुने गैरआवासीय नेपाली सङ्घ अन्तर्रा्ष्ट्रिय समन्वय समिति सदस्यसमेत रहेका उनले बताए ।

अष्ट्रेलियन कम्पनीहरुले भारतका सहरबाट समेत हालसम्म उडान गरेको पाइँदैन । नेपाल एयरलाइन्सले काठमाडौँ र सिड्नीबीच सिधा उडानका लागि सम्भाव्यता अध्ययन गरिएको जनाएको छ । सिड्नी काठमाडौँको दूरी लगभग १० हजार किलोमिटर रहेको छ ।

अष्ट्रेलियाका लागि नेपाली राजदूत महेशराज दाहालले सम्झौतापछिका प्राविधिक पक्षहरुका विषयमा निरन्तर छलफल भइरहेको जानकारी दिए । अगामी जनवरी ७ तारिखमा पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईको यहाँ भ्रमण हुने समयमा यहाँका उच्च अधिकारीसँग भेटघाटका लागि पहल आफूले गरिरहेको उनले बताए ।

अष्ट्रेलियाको सिड्नी आसपासको क्षेत्रहरु क्यानवेरा, गोलवन, वागावागा, डव्वो लगायतका क्षेत्रमा बसोबास गर्ने नेपाली यसबाट लाभान्वित हुने गैरआवासीय नेपाली सङ्घ अष्ट्रेलियाका उपाध्यक्ष चुडामणि सापकोटाले बताए । साथै सिधा उडानले नेपालको पर्यटन क्षेत्रमा सकारात्मक प्रभाव पार्ने उनले जानकारी दिए । यसका लागि आवश्यक सहयोग गर्न गैरआवासीय नेपाली सकारात्मक रहेको उनले बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

यातायात व्यवस्था विभागद्वारा  बीपी लोकमार्गमा आजदेखि राति चल्ने भाडाका गाडी आवतजावतमा रोक
यातायात व्यवस्था विभागद्वारा बीपी लोकमार्गमा आजदेखि राति चल्ने भाडाका गाडी आवतजावतमा रोक
शनिबार पोखरामा फुल कन्ट्याक्ट कराते हुने, विजयी महिला पुरुष खेलाडीलाई १/१ लाख पुरस्कार
शनिबार पोखरामा फुल कन्ट्याक्ट कराते हुने, विजयी महिला पुरुष खेलाडीलाई १/१ लाख पुरस्कार
स्वास्थ्य संस्थासँगै सेवालाई गुणस्तरीय बनाउनुपर्छ : मुख्यमन्त्री अधिकारी
स्वास्थ्य संस्थासँगै सेवालाई गुणस्तरीय बनाउनुपर्छ : मुख्यमन्त्री अधिकारी
लायन्स बुटवल क्षितिजदारा स्वास्थ शिविर सम्पन्न
लायन्स बुटवल क्षितिजदारा स्वास्थ शिविर सम्पन्न
सुनसरीबाट एघार फरार अभियुक्त पक्राउ
सुनसरीबाट एघार फरार अभियुक्त पक्राउ
धिमाल जातिको जात्री पर्व शुरु
धिमाल जातिको जात्री पर्व शुरु
दलाई लामाका कारण गोरखापत्रमा कसरी भूइचालो गयो ?
मेयर विष्ट भन्छन:बलात्कारी मेरो परिवारकै सदस्य भएपनि प्रहरीलार्इ बुझाउन तयार छु
मेयर विष्ट भन्छन:बलात्कारी मेरो परिवारकै सदस्य भएपनि प्रहरीलार्इ बुझाउन तयार छु
यात्रु नभएको भन्दै जजिराले रोक्यो दैनिक उडान
यात्रु नभएको भन्दै जजिराले रोक्यो दैनिक उडान
दसैंलाई ६० करोडका खसीबोका ल्याइँदै
दसैंलाई ६० करोडका खसीबोका ल्याइँदै

तपाईंले छुटाउनुभयो कि?