कुवेतले नेपाललाई दियो १४२ रनको टारगेट

Abhiyanpost Abhiyanpost
|
शनिबार, श्रावण ११, २०७६
|
|
४६ पटक हेरिएको
Shares
कुवेतले नेपाललाई दियो १४२ रनको टारगेट

सारांश

  • आईसीसी टी-२० विश्वकप एसिया छनोट अन्तर्गतको आजको खेलमा नेपाललाई कुवेतले १४२ रनको लक्ष्य दिएको छ ।
  • सिंगापुरको इन्डियन एसोसियशन क्रिकेट मैदानमा टस जितेर नेपालले फिल्डिङ रोजेको थियो ।
  • निर्धारित ओभरमा कुवेतले ९ विकेट गुमाउँदै १४१ रन जोडेको थियो ।

आईसीसी टी-२० विश्वकप एसिया छनोट अन्तर्गतको आजको खेलमा नेपाललाई कुवेतले १४२ रनको लक्ष्य दिएको छ । सिंगापुरको इन्डियन एसोसियशन क्रिकेट मैदानमा टस जितेर नेपालले फिल्डिङ रोजेको थियो । निर्धारित ओभरमा कुवेतले ९ विकेट गुमाउँदै १४१ रन जोडेको थियो ।

करण केसीले आफ्नो स्पेलको पहिलो बलमै ओपनर मीट भाब्सरलाई आउट गरेका थिए । केसीले ओपनर भाब्सरलाई आउट गरेपछि कुवेतको विकेट झर्न सुरु भएको थियो । छैटौं ओभरको पहिलो र अन्तिम बलमा बसन्त रेग्मीले क्रशसः रभिजा सान्दरुवान र अदनान इद्रीसलाई आउट गरेपछि पावर प्लेको समाप्तिमा कुवेतको स्कोर ४६–३ थियो । रभिजाले १५ र अदनानले १४ बलमा २५ रनको पारी खेले ।

नवौं ओभरमा सन्दीप लामिछानेले २ विकेट लिए । उनले ८.३ ओभरमा बिलाल ताहिरलाई १३ रनको स्कोरमा कप्तान पारस खड्काको हातबाट क्याच आउट गराए । ८.६ ओभरमा उस्मान वाहीदलाई एलबीडब्ल्यूको धरापमा पारे । उनले खाता खोल्न सकेनन् ।

१३.५ ओभरमा अविनाश बोहोराले मोहम्मद अस्लामलाई २३ रनको स्कोरमा आउट गर्दा कुवेत ९४–६ को अवस्थामा पुग्यो । त्यसको अर्को ओभरमा सन्दीपले शिराज खानलाई बोल्ट आउट गरे । अन्तिमक्रमका ब्याट्सम्यानहरु मोहम्म असनलाई बसन्तले आउट गरे । जन्दु अहमदलाई करणले सोमपाल कामीको हातबाट क्याच आउट गराए ।

कुवेतका कप्तान मोहम्मद कासिफले सातौं नम्बरमा ब्याटिङमा आएर ३६ बलमा ४९ रनको विस्फोटक अविजित पारी खेले । उनले १९ औं ओभरमा करण केसीलाई २ छक्का प्रहार गरे भने अविनाश बोहोराको अन्तिम ओभरमा १ चौका र २ छक्का प्रहार गरे । अन्तिम २ ओभरमा कुवेतले ३० रन जोडेको थियो ।

नेपालका लागि बसन्त रेग्मी र सन्दीप लामिछानेले ३(३ विकेट लिए । त्यस्तै करण केसीले २ विकेट लिँदा अविनाश बोहोराले १ विकेट लिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अाफ्नै श्रीमतीमाथी बाेक्सीकाे अाराेप लगाएर कुट्ने श्रीमान जेल
Border Trade between China and Nepal was restricted by political and security issues
महिलाको स्वतन्त्रताको वकालन गर्ने फिल्मको शुटिङमा महिलालाइ यौन दुव्र्यवहार !
महिलाको स्वतन्त्रताको वकालन गर्ने फिल्मको शुटिङमा महिलालाइ यौन दुव्र्यवहार !
आज एमाले स्थायी कमिटी बैठक बस्दै
आज एमाले स्थायी कमिटी बैठक बस्दै
मनाेरञ्जन समाचार : पुलावामा हमलापछि रियालिटी शो मा गए एक कश्मिरी व्यक्तिले डरको कारण उठाए यो कदम
मनाेरञ्जन समाचार : पुलावामा हमलापछि रियालिटी शो मा गए एक कश्मिरी व्यक्तिले डरको कारण उठाए यो कदम
विश्वभर कोरोना संक्रमितको संख्या ७ करोड नजिक
प्रधानमन्त्रीलाई भेट्न आज गौतम र पौडेल सिङ्गापुर जाँदै
प्रधानमन्त्रीलाई भेट्न आज गौतम र पौडेल सिङ्गापुर जाँदै
यस्तो छ नेपाललाई विश्व सामू चिनाउने धुर्मुस–सुन्तलीको महत्वकांक्षी योजना (फोटो/भिडियो)
यस्तो छ नेपाललाई विश्व सामू चिनाउने धुर्मुस–सुन्तलीको महत्वकांक्षी योजना (फोटो/भिडियो)
Mimoh and Madalsa host a wedding reception for friends and family, see pics
Mimoh and Madalsa host a wedding reception for friends and family, see pics
कञ्चनपुरमा भएको हवाई फायरमा प्रहरी र आन्दोलनकारी गरी १० जना घाइते
कञ्चनपुरमा भएको हवाई फायरमा प्रहरी र आन्दोलनकारी गरी १० जना घाइते

तपाईंले छुटाउनुभयो कि?