काठमाडौंको ११ पालिकामध्ये ७ वटामा एमाले, ३ वटामा कांग्रेस र एउटामा स्वतन्त्र उम्मेदवारको अग्रता

Abhiyanpost Abhiyanpost
|
आइतबार, जेठ १, २०७९
|
|
५३ पटक हेरिएको
Shares
काठमाडौंको ११ पालिकामध्ये ७ वटामा एमाले, ३ वटामा कांग्रेस र एउटामा स्वतन्त्र उम्मेदवारको अग्रता

सारांश

  • काठमाडौं।
  • काठमाडौं जिल्लामा रहेका ११ पालिकामध्ये आधाभन्दा बढीको प्रमुखमा नेकपा एमालेका उम्मेदवारको अग्रता रहेको छ।
  • हालसम्म सार्वजनिक भएको मतगणना अनुसार काठमाडौंका ११ पालिका मध्ये ७ वटामा एमाले, ३ वटामा नेपाली कांग्रेस र एउटामा स्वतन्त्र उम्मेदवारले अग्रता लिएका छन्।

काठमाडौं। काठमाडौं जिल्लामा रहेका ११ पालिकामध्ये आधाभन्दा बढीको प्रमुखमा नेकपा एमालेका उम्मेदवारको अग्रता रहेको छ। हालसम्म सार्वजनिक भएको मतगणना अनुसार काठमाडौंका ११ पालिका मध्ये ७ वटामा एमाले, ३ वटामा नेपाली कांग्रेस र एउटामा स्वतन्त्र उम्मेदवारले अग्रता लिएका छन्।

काठमाडौं जिल्लामा एउटा महानगरपालिका र १० वटा नगरपालिका रहेका छन्। जिल्लामा काठमाडौं महानगरपालिका, कागेश्वरी मनोहरा नगरपालिका, कीर्तिपुर नगरपालिका, गोकर्णेश्वर नगरपालिका, चन्द्रागिरी नगरपालिका, टोखा नगरपालिका, तारकेश्वर नगरपालिका, दक्षिणकाली नगरपालिका, नागार्जुन नगरपालिका, बुढानिलकण्ठ नगरपालिका र शङ्खरापुर नगरपालिका रहेका छन्।

आयोगका अनुसार काठमाडौं महानगरपालिकाको प्रमुखमा स्वतन्त्र उम्मेदवार वालेन्द्र साहले अग्रता लिएका छन्। उनले हालसम्म २ हजार ६०१ मत प्राप्त गरेका छन्। कागेश्वरी मनोहरा नगरपालिका प्रमुखमा एमालेका उम्मेदवार रामशरण ढुंगानाले अग्रता लिएका छन्। उनले १ हजार ६४८ मत प्राप्त गरेका छन्।

कीर्तिपुर नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार राज कुमार नकर्मीले अग्रता लिएका छन्। उनले हालसम्म २ हजार ६२० मत प्राप्त गरेका छन्। गोकर्णेश्वर नगरपालिकाको प्रमुखमा एमालेका उम्मेदवार उद्धव विशष्ट १ हजार ८०२ मतका साथ अग्र स्थानमा छन् । यस्तै, चन्द्रागिरी नगरपालिकाको प्रमुखमा एमालेका उत्तम बहादुर राउतले अग्रता लिएका छन्। उनले हालसम्म १ हजार २३ मत प्राप्त गरेका छन्।

टोखा नगरपालिकाको प्रमुखमा १ हजार ४०२ मतका साथ एमालेका उम्मेदवार प्रकाश अधिकारी अग्र स्थानमा रहेका छन्। तारकेश्वर नगरपालिकाको प्रमुखमा एमालेका उम्मेदवार रामेश्वर बोहराले अग्रता लिएका छन् । उनले हालसम्म २ हजार ८७ मत प्राप्त गरेका छन्।

दक्षिणकाली नगरपालिकाको प्रमुखमा कांग्रेसका उम्मेदवार मोहन बस्नेतले अग्रता लिएका छन्। उनले हालसम्म २ हजार ९४९ मत प्राप्त गरेका छन् । नागार्जुन नगरपालिकाको प्रमुखमा २८७ मतका साथ कांग्रेसका उम्मेदवार मोहन बहादुर बस्नेत अग्र स्थानमा छन्।

बुढानिलकण्ड नगरपालिकाको प्रमुखमा एमालेका उम्मेदवार मिठाराम अधिकारीले अग्रता लिएका छन्। उनले २ हजार ५८ मत प्राप्त गरेका छन् । शङ्खरापुर नगरपालिकाको प्रमुखमा १ हजार ३०२ मतका साथ एमालेका उम्मेदवार कृष्ण लाल बजगाईं अग्र स्थानमा छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

फौजी कीराको प्रकोपले धानबाली नष्ट भएपछि किसान चिन्तित
फौजी कीराको प्रकोपले धानबाली नष्ट भएपछि किसान चिन्तित
बिहान खाली पेटमा लसुन खाँदा स्वास्थ्यका लागि फाइदैफाइदा
बिहान खाली पेटमा लसुन खाँदा स्वास्थ्यका लागि फाइदैफाइदा
योगीयुगमा उत्तर प्रदेशमा ‘अपराधीको स्थान कि जेलमा कि यमराजकोमा’, हजारौं ‘इनकाउन्टर’
योगीयुगमा उत्तर प्रदेशमा ‘अपराधीको स्थान कि जेलमा कि यमराजकोमा’, हजारौं ‘इनकाउन्टर’
मिटरब्याजी पीडितका समस्या तत्काल समाधान गर्न सांसदहरुको माग
मिटरब्याजी पीडितका समस्या तत्काल समाधान गर्न सांसदहरुको माग
प्रधानमन्त्री दाहालले भने : सरकारले राम्रा काम मात्रै गर्छ
प्रधानमन्त्री दाहालले भने : सरकारले राम्रा काम मात्रै गर्छ
जनतालाई भोक र रोगबाट बचाउन निर्देशन
जनतालाई भोक र रोगबाट बचाउन निर्देशन
सरकारले चीनसँग जोडिएका नाकालाई खुलाउँदै लैजाने नीति लिएको छ: प्रदीप ज्ञवाली
माओवादीसहित कुनै पनि दलसँग एकता नगर्ने एकीकृत समाजवादीको निर्णय
माओवादीसहित कुनै पनि दलसँग एकता नगर्ने एकीकृत समाजवादीको निर्णय
लक्ष्मी बैंकको स्मार्ट फोन कर्जा शुरु
लक्ष्मी बैंकको स्मार्ट फोन कर्जा शुरु
जनप्रतिनिधिबीच कुरा नमिल्दा निर्धारित सार्वजनिक सुनुवाइ हुन सकेन
जनप्रतिनिधिबीच कुरा नमिल्दा निर्धारित सार्वजनिक सुनुवाइ हुन सकेन

तपाईंले छुटाउनुभयो कि?