काठमाडौंमा मेयर र उपमेयरको विवाद उत्कर्षमा
सारांश
- काठमाडौं ।
- काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य र उपमेयर हरिप्रभा खड्गीबीच विवादले उग्र रुप लिएको छ ।
- मेयर शाक्यले महानगरमा एकलौटी निर्णय गर्ने गरेका छन् ।
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य र उपमेयर हरिप्रभा खड्गीबीच विवादले उग्र रुप लिएको छ । मेयर शाक्यले महानगरमा एकलौटी निर्णय गर्ने गरेका छन् ।
एकलौटी निर्णय गर्न थालेपछि कार्यपालिका बैठक नै बहिस्कार गरेको उपमेयर खड्गीले जानकारी दिइन् । बुधबार विहान बोलाइएको बैठकको पनि एजेण्डा नपाएपछि कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिले बैठक नै बहिस्कार गरेका थिए ।
उपमेयर खड्गीले भनिन् ‘हामीलाई कहिल्यै कार्यपालिका बैठकमा के एजेन्डा छ भनेर कहिल्यै सोधिदैन् । मैले यो प्रवृत्तिको विरोध गर्दै आएको छु’ उनले भनिन्, ‘कार्यपालिका बस्नुभन्दा २४ घण्टा अघि के–के एजेण्डामा छलफल हुने भन्ने थाहा दिनुपर्छ भनेर पटक–पटक भन्यौं । तर, मेयरले मान्नुभएन ।’
उपमेयर खड्गी समूहको असन्तुष्टि कायमै छ । मोबाइल बाँड्ने र फिर्ता लिनेसम्म महत्वपूर्ण निर्णय गर्दा आफूहरुलाई गुमराहमा राखेको र पटकपटक ध्यानाकर्षण गराउँदा पनि नसुनेको उनले बताइन् । हामीलाई एजेण्डा र भूमिकाबिहीन बनाउन खोजिएको जस्तो ब्यवहार देखिँदै आएको छ । मैले लामो समयसम्म यो विषय विस्तारै मिल्ने अपेक्षा गरेर बसेँ’ उपमेयर खड्गीले भनिन्, ‘तर, मेयरसा’बको ब्यवहार न्यायसंगत र विधिसंगत नदेखिएकाले हामीले यो कदम उठाएका छौं ।’
एमालेबाट निर्वाचित शाक्य मेयर हुन कांग्रेसबाट निर्वाचित खड्गी उपमेयर हुन् ।
प्रतिक्रिया