‘कान्छी’ को ‘चरी चट्ट परी…’ को भिडियो रिलिज ।

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, कार्तिक १७, २०७४
|
|
४८ पटक हेरिएको
Shares
‘कान्छी’ को  ‘चरी चट्ट परी…’ को भिडियो रिलिज ।

सारांश

  • नायिका श्वेता खड्काले बनाएको फिल्म ‘कान्छी’ को बिहीबार नयाँ गीत ‘चरी चट्ट परी…’ को भिडियो रिलिज गरिएको छ ।
  • राजनराज सिवाकोटीको रचना तथा संगीत रहेको उक्त गीत सिवाकोटीले अञ्जु पन्तसँग मिलेर गाएका हुन् ।
  • गीतमा दयाहाङ राई र श्वेतासहित अर्का कलाकार प्रज्ज्वल सुजल गिरी पनि फिचरिङ छन् ।
नायिका श्वेता खड्काले बनाएको फिल्म ‘कान्छी’ को बिहीबार नयाँ गीत ‘चरी चट्ट परी…’ को भिडियो रिलिज गरिएको छ । राजनराज सिवाकोटीको रचना तथा संगीत रहेको उक्त गीत सिवाकोटीले अञ्जु पन्तसँग मिलेर गाएका हुन् । गीतमा दयाहाङ राई र श्वेतासहित अर्का कलाकार प्रज्ज्वल सुजल गिरी पनि फिचरिङ छन् ।

दयाहाङ नृत्यमा सहज महसुस गर्दैनन् । नाच्न नरुचाउने उनलाई यसपटक कोरियोग्राफर वसन्त श्रेष्ठले पूरा गीतमा नचाएका छन् । ‘मलाई भिरालो मैदानका कारण नाच्न अलिक गाह्रो भयो,’ दयाहाङले ‘नाच्न नजान्ने आँगन टेढो’ उखानलाई नै मिल्ने गरी आफैंलाई उडाउँदै भने, ‘अरूले फाइटमा रगत निकाल्छन्, मैले नाच्ने क्रममा श्वेतालाई नै निकाल्दिएँ ।’

श्वेताले भने दयाहाङको अभिनयबाट प्रभावित रहेको बताइन् । ‘उहाँसँगै स्क्रिन सेयर गर्न पाउँदा खुसी छु,’ उनले भनिन् । त्यसो त दयाहाङले पनि समकक्षीसँग थुप्रै फिल्ममा काम गरे पनि यसपटक नीर शाहजस्ता वरिष्ठ कलाकारदेखि निर्देशक आकाश अधिकारीसम्मसँग काम गर्ने अवसर जुराइदिएकामा श्वेतालाई धन्यवाद दिए । उनले खास गरी आफूलाई नचाइदिने कोरियोग्राफर श्रेष्ठप्रति खुसी व्यक्त गरे ।

कार्यक्रममा ३३ वर्षअघि निर्मित ‘कान्छी’ का जोडी शिव श्रेष्ठ र शर्मिला मल्ललाई नयाँ ‘कान्छी’ टिमले सम्मान गर्‍यो । यम थापाको लेखन रहेको फिल्ममा आशान्त शर्मा, अनु शाह, कामेश्वर चौरासिया, विनोद न्यौपाने, रमेश अधिकारी, जयनन्द लामाको अभिनय छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

यौनशक्ति बढाउन सर्पको मासु : यस्तो छ चमत्कारीक काम !
यौनशक्ति बढाउन सर्पको मासु : यस्तो छ चमत्कारीक काम !
बार्सिलोनाको हारबारे कट्टर दुश्मन क्लवका प्रशिक्षकको यस्तो टिप्पणी
बार्सिलोनाको हारबारे कट्टर दुश्मन क्लवका प्रशिक्षकको यस्तो टिप्पणी
कम उमेरमै स्कुल पठाउने, पठ्न दबाब दिने कारणले, पनि बढाउन सक्छ बाल मनोरोग…
कम उमेरमै स्कुल पठाउने, पठ्न दबाब दिने कारणले, पनि बढाउन सक्छ बाल मनोरोग…
विवाद चर्कीएपछि फिर्ता बोलायो शपथ ग्रहण गर्न गएका सांसदलाई
विवाद चर्कीएपछि फिर्ता बोलायो शपथ ग्रहण गर्न गएका सांसदलाई
कुर्सीका मोहका लागि आउने संकिर्ण सोच गतल र क्षणिक हो :केपी
कुर्सीका मोहका लागि आउने संकिर्ण सोच गतल र क्षणिक हो :केपी
बुधबारको राशिफल
बुधबारको राशिफल
Бк Mostbet: Скачать На Любое Устройство Как Скачать Mostbet Приложени
नयाँ शक्ति र फोरमबीच साँच्चै एकता होला त ?
नयाँ शक्ति र फोरमबीच साँच्चै एकता होला त ?
धादिङको बेन्दिदेवी बुथ कांग्रेसको कब्जामा, वाम गठबन्धन लखेटियो, मतदान ठप्प
धादिङको बेन्दिदेवी बुथ कांग्रेसको कब्जामा, वाम गठबन्धन लखेटियो, मतदान ठप्प
मौलिक पर्वले आपसी सद्भाव, हार्दिकता र समतामूलक समाज निर्माणमा उत्प्रेरणा दिने मुख्यमन्त्री राउतको विश्वास
मौलिक पर्वले आपसी सद्भाव, हार्दिकता र समतामूलक समाज निर्माणमा उत्प्रेरणा दिने मुख्यमन्त्री राउतको विश्वास

तपाईंले छुटाउनुभयो कि?