काबुलमा भिषण विस्फोट, कम्तीमा ३४ जनाको मृत्यु

Abhiyanpost Abhiyanpost
|
सोमबार, आषाढ १६, २०७६
|
|
५१ पटक हेरिएको
Shares
काबुलमा भिषण विस्फोट, कम्तीमा ३४ जनाको मृत्यु

सारांश

  • काबुल।
  • आफगानिस्तानको राजधानी काबुलमा सोमबार भएको शक्तिशाली विस्फोटमा परी ३४ भन्दा बढी व्यक्तिको मृत्यु भएको छ।
  • यस विस्फोटमा परी अन्य ६८ जना घाइते भएका छन्।

काबुल। आफगानिस्तानको राजधानी काबुलमा सोमबार भएको शक्तिशाली विस्फोटमा परी ३४ भन्दा बढी व्यक्तिको मृत्यु भएको छ। यस विस्फोटमा परी अन्य ६८ जना घाइते भएका छन्।
टोलो समाचार समितिका अनुसार विस्फोटपछि सम्भावित तालिबान आतङ्ककारीहरु एक निर्माणाधीन भवनमा छिरेका र सोही स्थानमा सुरक्षाबल र आतङ्कारीबीच दोहोरो गोली हानाहान भएको प्रत्यक्षदर्शीहरुले जानकारी दिएका छन्। शुरुमा आतङ्ककारीले विस्फोटक पदार्थ बोकेको एक कारलाई विस्फोटन गराएको पनि प्रत्यक्षदर्शीले जानकारी दिएका छन्।

निर्माणाधीन भवनमा दोहोरो गोली हानाहान भएको र केही समयपछि सुरक्षा अधिकारीले सो स्थानमा पुगेका र स्थिति नियन्त्रणमा लिएको जनाइएको छ। आक्रमण भएको यस स्थानमा सुरक्षा अधिकारीहरुले नियन्त्रणमा लिएर घेरा लगाएका र पत्रकारहरुलाई समेत यस इलाका जानका लागि अनुमति नदिएको समाचारमा जनाइएको छ। आक्रमण र यसपछिको अवस्थाको प्रहरी हालसम्म तालिबान समूहले केही टिप्पणी गरेको छैन। यस समाचारको विस्तृत विवरण प्राप्त भएको छैन। घाइतेमध्ये कैयौंको अवस्था चिन्ताजनक भएको र मृतकको सङ्ख्या बढ्न सक्ने पनि आशङ्का गरिएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

यस्तो छ बारा पर्साको ताजा अवस्था । (भिडियो सहित)
यस्तो छ बारा पर्साको ताजा अवस्था । (भिडियो सहित)
तपाइँलाई थाहा छ, महिलाले लगाउने शर्टको बटन किन सधैं बायाँतर्फ हुन्छ?
तपाइँलाई थाहा छ, महिलाले लगाउने शर्टको बटन किन सधैं बायाँतर्फ हुन्छ?
बिहिवार सर्वाधिक कोरोना संक्रमित थपिए
ओली र प्रचण्डको सम्बन्ध कसिलो हुँदा तनावमा माधवकुमार नेपाल
ओली र प्रचण्डको सम्बन्ध कसिलो हुँदा तनावमा माधवकुमार नेपाल
पानीको स्रोत संरक्षणमा एकजुट भएर जुटौं : खानेपानी मन्त्री मगर
पानीको स्रोत संरक्षणमा एकजुट भएर जुटौं : खानेपानी मन्त्री मगर
विप्लवको उर्दीः निजी विद्यालय जनपरिषदमा दर्ता गर्नू
विप्लवको उर्दीः निजी विद्यालय जनपरिषदमा दर्ता गर्नू
‘खटाएको स्थानमा नजाने कर्मचारीलाई सरकारले कारबाही गर्न सक्नुपर्छ’
‘खटाएको स्थानमा नजाने कर्मचारीलाई सरकारले कारबाही गर्न सक्नुपर्छ’
देउवालाई भ्याइनभ्याई, नेता देखि राजदूतको बुढानिलकण्ठ दौडधूप
देउवालाई भ्याइनभ्याई, नेता देखि राजदूतको बुढानिलकण्ठ दौडधूप
निकुञ्ज ऐन परिमार्जन हुँदै छ: अध्यक्ष दाहाल
निकुञ्ज ऐन परिमार्जन हुँदै छ: अध्यक्ष दाहाल
कम्युनिष्ट सरकारले जेष्ठ नागरिकको छोराछोरीले सरह सेवा गरेको छ : भट्टराई
कम्युनिष्ट सरकारले जेष्ठ नागरिकको छोराछोरीले सरह सेवा गरेको छ : भट्टराई

तपाईंले छुटाउनुभयो कि?