‘कारवाही नगरे खै गरेको भन्छन, कारवाही ग-यो किन गरेको’

Abhiyanpost Abhiyanpost
|
बिहिबार, माघ २३, २०७६
|
|
६४ पटक हेरिएको
Shares
‘कारवाही नगरे खै गरेको भन्छन, कारवाही ग-यो किन गरेको’

सारांश

  • राष्ट्रियसभाका सांसदले वर्तमान सरकारले भ्रष्टाचार अन्त्यको अभियानलाई व्यवहारमै कार्यान्वयन गर्नुले मुलुकका लागि सकारात्मक सङ्केत भएको टिप्पणी गरेका छन् ।
  • राष्ट्रियसभाको आजको बैठकको विशेष समयमा सांसद रामनारायण विडारीले वर्तमान सरकारले भित्रभित्रै फैलिएको आपराधिक कार्य भ्रष्टाचारलाई आक्रामकरूपमा प्रहार गर्दै आएकामा सबै खुशी हुनुपर्नेमा विरोध गर्नु गलत भएको बताउनुभयो ।
  • “भ्रष्टाचारलाई विगतदेखि नै जटिल बनाउँदै कसैले पनि ‘एक्सन’ गर्न नसक्ने बनाइएको थियो, वर्तमान सरकारले भित्रभित्रै फैलिएको आपराधिक कार्य भ्रष्टाचारीलाई आक्रामकरूपमा प्रहार गर्दै आएकामा सबै खुशी हुनुपर्नेमा नेपालको प्रगति नै रोक्ने भ्रष्टाचार तितरवितर गराएको अवस्थामा किन विरोध भइरहन्छ”, उहाँले भन्नुभयो ।

राष्ट्रियसभाका सांसदले वर्तमान सरकारले भ्रष्टाचार अन्त्यको अभियानलाई व्यवहारमै कार्यान्वयन गर्नुले मुलुकका लागि सकारात्मक सङ्केत भएको टिप्पणी गरेका छन् । राष्ट्रियसभाको आजको बैठकको विशेष समयमा सांसद रामनारायण विडारीले वर्तमान सरकारले भित्रभित्रै फैलिएको आपराधिक कार्य भ्रष्टाचारलाई आक्रामकरूपमा प्रहार गर्दै आएकामा सबै खुशी हुनुपर्नेमा विरोध गर्नु गलत भएको बताउनुभयो ।

“भ्रष्टाचारलाई विगतदेखि नै जटिल बनाउँदै कसैले पनि ‘एक्सन’ गर्न नसक्ने बनाइएको थियो, वर्तमान सरकारले भित्रभित्रै फैलिएको आपराधिक कार्य भ्रष्टाचारीलाई आक्रामकरूपमा प्रहार गर्दै आएकामा सबै खुशी हुनुपर्नेमा नेपालको प्रगति नै रोक्ने भ्रष्टाचार तितरवितर गराएको अवस्थामा किन विरोध भइरहन्छ”, उहाँले भन्नुभयो । उहाँले ‘वर्तमान सरकारले सुन तस्करलाई खोजेर पक्राउ गरेको छ, न्यायाधीशलाई कारवाही गरेको छ र प्रहरीका अधिकारीलाई जेलमा हालेको छ, अख्तियारका प्रमुख नै भ्रष्टाचारमा मुछिएका छन् । मन्त्री, सचिव र उद्योगपति कर्मचारीहरुलाई भ्रष्टाचारको मुद्दा लाग्दा सरकारले गजब गरेको भन्नुपर्ने हैन र’ भन्दै प्रश्न गर्नुभयो ।

उहाँले भन्नुभयो, “कारवाही नगरे खै कारवाही गरेको भन्छन्, कारवाही ग-यो किन गरेको भन्छन्, फौजदारी अपराधमा मनसाय महत्वपूर्ण कुरा हो मनसाय छ कि छैन त्यो हेर्नुप-यो नि । दुई–तीन तहपछि जग्गा किनेको मान्छेलाई के थाहा । अब अदालतले एकएक केलाएर मुद्दा हेर्ने भएकाले विरोधको कुनै तुक छैन ।”

सांसद बद्रीप्रसाद पाण्डेले ललिता निवास जग्गा प्रकरणमा संवैधानिक अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एकपक्षीय निर्णय गरेको आरोप लागाउँदै सरकार जोगिने र प्रतिपक्ष जेल जाने हुन नसक्ने बताउनुभयो । अख्तियार आयोग सरकारको छायाँ हुन नहुने उहाँको भनाइ थियो । सांसद जीवन बुढाले देशका विभिन्न स्थानमा टिपर आतङ्क बढ्दै गएको भन्दै त्यसलाई व्यवस्थापन गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो । सांसद कालीबहादुर मल्लले लागुऔषधका कारण युवापुस्ता गलत बाटोमा लागेको भन्दै त्यसलाई रोक्नुपर्छ भन्नुभयो । सांसदहरू रामलखन चमार, रामप्रीत पासवान र उदयादेवी शर्मा पौडेलले मुलुकमा व्याप्त जातीय भेदभाव तथा छुवाछूत र महङ्गीलगायत मुलुकको समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउनुभयो ।

(https://www.sweetfixbaker.com/)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

चैत ९ गते सोमवारको राशिफल यस्तो छ
चैत ९ गते सोमवारको राशिफल यस्तो छ
पुनर्जीवन पाउँदै हेटौँडा कपडा उद्योग ‘सेनाको प्राविधिक टोलीद्वारा सम्भाव्यता अध्ययन र पूर्वाधारको काम सुरु’
पुनर्जीवन पाउँदै हेटौँडा कपडा उद्योग ‘सेनाको प्राविधिक टोलीद्वारा सम्भाव्यता अध्ययन र पूर्वाधारको काम सुरु’
बालेनको योजनामा ओली, लेखक र मलाई गिरफ्तार गर्नुपर्छ भनेर ट्रेण्ड चलाइयोः महेश बस्नेत
बालेनको योजनामा ओली, लेखक र मलाई गिरफ्तार गर्नुपर्छ भनेर ट्रेण्ड चलाइयोः महेश बस्नेत
एमाले छोडेका काङमाङ फोरम हुँदै फर्किए माओवादी केन्द्रमा, फोरममा भूइँचालो
एमाले छोडेका काङमाङ फोरम हुँदै फर्किए माओवादी केन्द्रमा, फोरममा भूइँचालो
प्रचण्ड र देउवा लाइ ‘RIP’ लेख्ने यि डिएसपी यसकारण भइनन् बढुवा !
प्रचण्ड र देउवा लाइ ‘RIP’ लेख्ने यि डिएसपी यसकारण भइनन् बढुवा !
पर्यटक तान्दै भकुण्डेको घरबास
पर्यटक तान्दै भकुण्डेको घरबास
खड्कबहादुर विश्वकर्मा(प्रकाण्ड)लाई आज तीन दिनको म्याद थप
खड्कबहादुर विश्वकर्मा(प्रकाण्ड)लाई आज तीन दिनको म्याद थप
यी हुन् चुनाव जित्ने पार्टी अध्यक्षहरू, सबै भन्दा धेरै मतान्तरले जित्ने को ?
यी हुन् चुनाव जित्ने पार्टी अध्यक्षहरू, सबै भन्दा धेरै मतान्तरले जित्ने को ?
भारतमा पहिरोमा परी तीन नेपालीको मृत्यु
भारतमा पहिरोमा परी तीन नेपालीको मृत्यु
भ्रष्टाचार गर्दिनँ, कसैले भ्रष्टाचार गरे छाड्दिन : प्रधानमन्त्री
भ्रष्टाचार गर्दिनँ, कसैले भ्रष्टाचार गरे छाड्दिन : प्रधानमन्त्री

तपाईंले छुटाउनुभयो कि?