कार्यक्रममै राेए विमलेन्द्र निधि !

Abhiyanpost Abhiyanpost
|
बिहिबार, कार्तिक ८, २०७५
|
|
४८ पटक हेरिएको
Shares

सारांश

  • काठमाडाै, ८ कात्तिक ।
  • कांग्रेस उपसभापति विमलेन्द्र निधि कांग्रेस नेता एवं पूर्वमन्त्री चक्रप्रसाद बास्तोलालाई सम्झेर भक्कानिएका छन् ।
  • बास्तोलाको निधनको १३ औं दिनमा कांग्रेस केन्द्रीय कार्यालय, सानेपामा आयोजित शोकसभामा पार्टी उपसभापति निधि रोएका हुन् ।

काठमाडाै, ८ कात्तिक । कांग्रेस उपसभापति विमलेन्द्र निधि कांग्रेस नेता एवं पूर्वमन्त्री चक्रप्रसाद बास्तोलालाई सम्झेर भक्कानिएका छन् । बास्तोलाको निधनको १३ औं दिनमा कांग्रेस केन्द्रीय कार्यालय, सानेपामा आयोजित शोकसभामा पार्टी उपसभापति निधि रोएका हुन् ।

शोकसभामा सम्बोधनका लागि बोल्न शुरु गरेका निधिको गला अवरुद्ध भयो । उनी केही सहज हुन प्रयास गर्दै थिए, तर सकेनन् । आँशु पुछे र थप बोल्न थाले ।

सम्बोधनका क्रममा बास्तोलालाई सम्झेर विक्षिप्त बनेका निधिले उनलाई निष्ठा र अदभूत क्षमता भएका नेताको रुपमा सम्झिनु पर्ने बताए ।‘किसुनजी र गिरिजा बाबु मात्रै होइन, सुशील कोइराला र शेरबहादुर देउवालाई मिलाएर लैजाने भूमिका उहाँले खेल्नुभयो,’ आँशु पुछ्दै निधिले बास्तोलाले विगतमा पार्टीको आन्तरिक विवाद मिलाउन खेलेको भूमिका स्मरण गरे । अहिलेको परिस्थितिमा बास्तोलाजस्तो नेताको आवश्यकता औंल्याउँदै निधिले उनको अभाव पार्टीमा खड्किरहने बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अहिलेकै राजनीतिक गोलचक्करबाट जनताको विश्वास हासिल गर्न चुनौती छ : सापकोटा
अहिलेकै राजनीतिक गोलचक्करबाट जनताको विश्वास हासिल गर्न चुनौती छ : सापकोटा
“गे” सँग विवाह गरेपछि पाँच महिनामै भइन अलग ‘इशकबाज’ की नायिका मन्दाना !
“गे” सँग विवाह गरेपछि पाँच महिनामै भइन अलग ‘इशकबाज’ की नायिका मन्दाना !
बजेटले अर्थतन्त्रलाई चलायमान बनाउँछ : अर्थमन्त्री महत
बजेटले अर्थतन्त्रलाई चलायमान बनाउँछ : अर्थमन्त्री महत
प्रधानमन्त्रीको निर्देशन लत्याउँदै विदेश जाने कर्मचारीहरु यी हुन…
प्रधानमन्त्रीको निर्देशन लत्याउँदै विदेश जाने कर्मचारीहरु यी हुन…
The Respected Guide To Internet Casinos In The Usa
धामी–झाँक्रीकै विश्वासमा अधिकांश आँखा रोगी
धामी–झाँक्रीकै विश्वासमा अधिकांश आँखा रोगी
मन्त्रीका लागि क्रान्ति होइन, क्रान्तिका लागि मन्त्री बनौं : प्रचण्ड
मन्त्रीका लागि क्रान्ति होइन, क्रान्तिका लागि मन्त्री बनौं : प्रचण्ड
एक हजार ५४८ सवारी साधनमा ‘ह्वील लक’
एक हजार ५४८ सवारी साधनमा ‘ह्वील लक’
सर्जक तथा गायक कृष्ण सुवेदीको बोत्तल ठडाउने तिज गितले र्चचा कमाउदै (भिडियो सहित)
सर्जक तथा गायक कृष्ण सुवेदीको बोत्तल ठडाउने तिज गितले र्चचा कमाउदै (भिडियो सहित)
पूजा शर्मा भन्छिन् ‘कलाकारको भ्यालु नबुझेर देश पछि प¥यो’
पूजा शर्मा भन्छिन् ‘कलाकारको भ्यालु नबुझेर देश पछि प¥यो’

तपाईंले छुटाउनुभयो कि?