कार्यक्रम कार्यान्वयनकार्यक्रम कार्यान्वयन नगर्ने परिपाटी अन्त्य हुनुपर्छः मुख्मन्त्री पौडेल
सारांश
- प्रदेश नं.
- ३ का मुख्यमन्त्री डोरमणि पौडेलले नीति, योजना र कार्यक्रम धेरै बनाउने तर त्यसको कार्यान्वयन नगर्ने परिपाटी अन्त्य हुनुपर्ने बताउनुभएको छ ।
- आन्तरिक मामिला तथा कानून मन्त्रालयद्वारा आज यहाँ आयोजित ‘प्रदेश विपद् व्यवस्थापन नीति तथा रणनीति कार्ययोजना तर्जुमा’ विषयक कार्यशाला गोष्ठिमा उहाँले भन्नुभयो, “हामी धेरै नीति, योजना र कार्यक्रम बनाउँछौं तर त्यसको कार्यान्वयन गर्न पछि पर्छौ, यो सबै क्षेत्रको र सधँैको समस्या भएको छ, यस्तो प्रवत्ति अब अन्त्य हुनुपर्दछ ।
प्रदेश नं. ३ का मुख्यमन्त्री डोरमणि पौडेलले नीति, योजना र कार्यक्रम धेरै बनाउने तर त्यसको कार्यान्वयन नगर्ने परिपाटी अन्त्य हुनुपर्ने बताउनुभएको छ ।
आन्तरिक मामिला तथा कानून मन्त्रालयद्वारा आज यहाँ आयोजित ‘प्रदेश विपद् व्यवस्थापन नीति तथा रणनीति कार्ययोजना तर्जुमा’ विषयक कार्यशाला गोष्ठिमा उहाँले भन्नुभयो, “हामी धेरै नीति, योजना र कार्यक्रम बनाउँछौं तर त्यसको कार्यान्वयन गर्न पछि पर्छौ, यो सबै क्षेत्रको र सधँैको समस्या भएको छ, यस्तो प्रवत्ति अब अन्त्य हुनुपर्दछ ।”
मुख्यमन्त्री पौडेलले ठूला, भद्दा र गर्न नसकिने योजना बनाउनुभन्दा पनि कार्यान्वयन गर्न सकिने खालका योजना बनाउनुपर्नेमा जोड दिदैं परिणाम नआउने खालका काम नगर्न सबैमा आग्रह गर्नुभयो ।
“विपद् बाजा बजाएर आउदैन भन्ने पुरानो भनाइलाई प्रविधिले उल्ट्याएको छ”, उहाँले भन्नुभयो, “प्रविधिका कारण विपद् आउनसक्ने अवस्थाका बारेमा पूर्वजानकारी प्राप्त गर्न सकिने हुँदा त्यसको तयारी र व्यवस्थापनमा समेत सचेत हुन जरुरी छ ।”
मुख्यमन्त्री पौडेलले विपद् व्यवस्थापनका लागि आवश्यक र प्रभावकारी सूचना प्रविधिका उपकरण जडान गरिनुपर्ने उल्लेख गर्दै विपद्को जोखिमका बारेमा जानेर पनि सावधान हुन र गराउन नसक्नुका पछाडि भएका कारणको खोजी गरेर त्यसको समाधान गरिनुपर्ने बताउनुभयो ।
विपद् व्यवस्थापनमा राज्यका तीनै तहका सरकार उत्तिकै जिम्मेवार भएर लाग्नुपर्ने बताउँदै उहाँले जोखिममा रहेका बस्तीलाई हटाउन, सडक दुर्घटना न्यूनीकरण गर्न र अवैज्ञानिक तवरले भीरपहरा फोरेर बाटो खन्ने कार्यलाई रोक्न सक्नुपर्छ, यसो नगरे विपद् बाजा बजाएरै आउन सक्छ भन्नुभयो । नगर्ने परिपाटी अन्त्य हुनुपर्छ
(Tramadol)
प्रतिक्रिया