कालिञ्चोकमा स्की महोत्सव बिहीबारदेखि

Abhiyanpost Abhiyanpost
|
बुधबार, माघ ८, २०७६
|
|
३४ पटक हेरिएको
Shares
कालिञ्चोकमा स्की महोत्सव बिहीबारदेखि

सारांश

  • पर्यटकीय जिल्ला दोलखामा पहिलो पटक स्की महोत्सव हुने भएको छ ।
  • नेपाल भ्रमण वर्ष २०२० को सन्दर्भमा हिमपातपछि जमेको हिउँको उपयोग गर्दै स्की तथा स्नो बोर्ड प्रतिष्ठानले दोलखाको कालिञ्चोक गाउँपालिका कुरी क्षेत्रमा प्रथम कुरी स्की÷स्नोबोर्ड च्याम्पियनशीप खेल महोत्सव आयोजना गर्न लागेको हो ।
  • स्की खेलप्रति रुचि राख्ने स्वदेशी एवं विदेशी तथा कालिञ्चोक घुम्न आउनेहरुलाई लक्षित गरी यही माघ ९ देखि ११ गतेसम्म कालिञ्चोक क्षेत्रमा आधारभूत स्की तालीम तथा महोत्सव गरी प्रतियोगितासमेत गरिने भएको हो ।

पर्यटकीय जिल्ला दोलखामा पहिलो पटक स्की महोत्सव हुने भएको छ । नेपाल भ्रमण वर्ष २०२० को सन्दर्भमा हिमपातपछि जमेको हिउँको उपयोग गर्दै स्की तथा स्नो बोर्ड प्रतिष्ठानले दोलखाको कालिञ्चोक गाउँपालिका कुरी क्षेत्रमा प्रथम कुरी स्की÷स्नोबोर्ड च्याम्पियनशीप खेल महोत्सव आयोजना गर्न लागेको हो ।

स्की खेलप्रति रुचि राख्ने स्वदेशी एवं विदेशी तथा कालिञ्चोक घुम्न आउनेहरुलाई लक्षित गरी यही माघ ९ देखि ११ गतेसम्म कालिञ्चोक क्षेत्रमा आधारभूत स्की तालीम तथा महोत्सव गरी प्रतियोगितासमेत गरिने भएको हो । स्की तथा स्नो बोर्ड प्रतिष्ठानलका अध्यक्ष उत्सव पाठकले मङ्गलबार सदरमुकाम चरिकोटमा आयोजित पत्रकार सम्मेलनमा दोलखाको पर्यटन विकास गर्न महोत्सव गर्न लागिएको जानकारी दिए । ‘नेपालमा स्की खेलको सम्भावना छ’ भन्ने देखाउन पनि प्रतियोगिता गरिने उनले बताए ।

महोत्सव अवधिमा दश जना प्रशिक्षकबाट इच्छुकलाई साधारण ज्ञान तथा तालीम दिइने योजना रहेको अध्यक्ष पाठकको भनाई छ । त्यस्तै राष्ट्रिय र अन्तर्रा्ष्ट्रिय विधामा प्रतियोगिता गरिनेछ । करिब पाँच हजारले महोत्सव अवलोकन गर्ने आयोजकले अनुमान गरेको छ ।

प्रतिष्ठानले यसअघि रोल्वालिङ, हुम्लाको सिमिकोट, डोल्पाको पुथा हिमचुली, सोलुखम्बुको मेरा पीक, मनाङको खाग्ङला ग्लेसीयर, मुस्ताङको मुक्तिनाथ आसपास र कास्कीको अन्नपूर्ण आधारशिविर क्षेत्रमा स्की तथा स्नो बोर्डिङसम्बन्धी खेल गतिविधि तथा कार्यक्रम सञ्चालन गरिसकेको अध्यक्ष पाठकले जानकारी दिए ।

स्की तथा स्नो बोर्डिङलाई नेपालमा लोकप्रिय खेलका रूपमा विकास गर्दै अन्तर्रा्ष्ट्रि«य प्रतियोगितामा नेपालको सम्मानजनक उपस्थिति कायम गर्न यस प्रकारको महोत्सव तथा तालीमले सहयोग पुग्ने आयोजकको दाबी छ । युवालाई स्की खेलप्रति आकर्षित गर्दै दोलखालाई साहसिक खेलको केन्द्र बनाउने महोत्सवको उद्देश्य रहेको इभेन्ट म्यानेजर सौगात थापाले बताए । विजयी खेलाडीलाई नेपाल स्की एशोसियसनको सहयोगमा राष्ट्रिय प्रतियोगितामा सहभागी गराइने थापाले जानकारी दिए ।

साहसिक खेलको विकास तथा पर्यटन प्रवद्र्धन गर्न प्रतिष्ठानले विगत चार वर्षदेखि स्की तथा स्नोबोर्डको विभिन्न कार्यक्रम गर्दै आएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

देशको अर्थतन्त्र संकटतर्फ : ओली
ललिता निवास प्रकरणमाःतत्कालीन मन्त्रिपरिषद्ले गरेका निर्णय झिकाउन सर्वोच्चको आदेश
डढेलो नियन्त्रणमा नआउँदा बस्ती जोखिम
डढेलो नियन्त्रणमा नआउँदा बस्ती जोखिम
एमाले स्कुल विभागले कार्यशाला तथा अनुशिक्षण आयोजना गर्ने
एमाले स्कुल विभागले कार्यशाला तथा अनुशिक्षण आयोजना गर्ने
परराष्ट्र मन्त्री पौड्यालले श्रीलङ्कामा उच्चस्तरीय भेटघाट गर्दै
परराष्ट्र मन्त्री पौड्यालले श्रीलङ्कामा उच्चस्तरीय भेटघाट गर्दै
दुई घन्टे बैठकपछि मध्यराती भरतपुरमा यसरी च्यातियो मतपत्र
दुई घन्टे बैठकपछि मध्यराती भरतपुरमा यसरी च्यातियो मतपत्र
साफ च्याम्पियनसिप फुटबलः सेमिफाइनलमा नेपाल र माल्दिव्स भिड्दै, यस्ता छन् पछिल्ला नतिजा !
साफ च्याम्पियनसिप फुटबलः सेमिफाइनलमा नेपाल र माल्दिव्स भिड्दै, यस्ता छन् पछिल्ला नतिजा !
भरतपुर महानगरपालिकाको मेयरमा रेणु दाहालको अग्रता…
भरतपुर महानगरपालिकाको मेयरमा रेणु दाहालको अग्रता…
काठमाडौंको टोखामा गोली चल्यो, एक जना घाइते
काठमाडौंको टोखामा गोली चल्यो, एक जना घाइते
प्रधानमन्त्रीको संसदमा सम्वोधन–चिहानबाट हड्डी फुकेर संस्था ब्युँताउने सपना नदेख्न चेतावनी
प्रधानमन्त्रीको संसदमा सम्वोधन–चिहानबाट हड्डी फुकेर संस्था ब्युँताउने सपना नदेख्न चेतावनी