कालीगण्डकी करिडोरमा ढिलासुस्ती गरे कार्वाही : मुख्यमन्त्री गुरुङ

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, श्रावण २५, २०७५
|
|
४३ पटक हेरिएको
Shares
कालीगण्डकी करिडोरमा ढिलासुस्ती गरे कार्वाही : मुख्यमन्त्री गुरुङ

सारांश

  • म्याग्दी – गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले कालीगण्डकी करिडोरअन्र्तगत बेनी–जोमसोम–कोरला खण्डको काम सुस्त भएको गुनासो बढेको बताएका छन् ।
  • जिल्ला समन्वय समिति म्याग्दीको दोस्रो जिल्ला सभाको उद्घाटन गर्दै मुख्यमन्त्री गुरुङले राष्ट्रिय गौरवका आयोजनालाई समयमै सम्पन्न गराउन चौतर्फी रुपमा ताकेता गर्नुपर्नेमा जोड दिए ।
  • गण्डकी प्रदशभित्र रहेका कालीगण्डकी करिडोर, पोखरा अन्तर्राष्ट्रिय विमानस्थल, मध्यपहाडी लोकमार्गलगायत योजना समयमै सम्पन्न गराउनतर्फ सबै लाग्नुपर्ने बताए ।

म्याग्दी – गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले कालीगण्डकी करिडोरअन्र्तगत बेनी–जोमसोम–कोरला खण्डको काम सुस्त भएको गुनासो बढेको बताएका छन् ।

जिल्ला समन्वय समिति म्याग्दीको दोस्रो जिल्ला सभाको उद्घाटन गर्दै मुख्यमन्त्री गुरुङले राष्ट्रिय गौरवका आयोजनालाई समयमै सम्पन्न गराउन चौतर्फी रुपमा ताकेता गर्नुपर्नेमा जोड दिए ।

गण्डकी प्रदशभित्र रहेका कालीगण्डकी करिडोर, पोखरा अन्तर्राष्ट्रिय विमानस्थल, मध्यपहाडी लोकमार्गलगायत योजना समयमै सम्पन्न गराउनतर्फ सबै लाग्नुपर्ने बताए । बहाना बनाएर काममा ढिलासुस्ती गर्नेलाई कारवाही गर्ने मुख्यमन्त्री गुरुङले बताए ।

“कालीगण्डकी करिडोर र कोरला नाका गण्डकी प्रदेशको भाग्यरेखा हो, यसलाई कालीगण्डकी नदीको किनारैकिनार गैंडाकोट हुँदै त्रिवेणी नाका र पोखरासँग जोड्ने गरी गृहकार्य भइरहेको छ,” गुरुङले भने ।

मुख्यमन्त्री गुरुङले हालै कालीगण्डकी करिडोरको स्थलगत अनुगमन गरेका थिए । ११ निर्माण व्यवसायी कम्पनी परिचालन भएकामध्ये चार कम्पनीले पाँच प्रतिशत पनि काम नगरेको पाइएको बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बृटिश उपप्रधानमन्त्री अनुसन्धानमा दोषी देखिएपछि राजिनामा
बृटिश उपप्रधानमन्त्री अनुसन्धानमा दोषी देखिएपछि राजिनामा
राष्ट्रियसभामा पानीदेखि विद्युतीय सवारी साधनसम्मका कुरा
राष्ट्रियसभामा पानीदेखि विद्युतीय सवारी साधनसम्मका कुरा
प्रधानमन्त्रीसँग बालकुमारी घटनाका पीडित परिवारको भेट, दोषीलाई कारबाही गर्ने प्रतिबद्धता
प्रधानमन्त्रीसँग बालकुमारी घटनाका पीडित परिवारको भेट, दोषीलाई कारबाही गर्ने प्रतिबद्धता
को को आउँदैछन् सातै प्रदेशमा नेपाल कम्युनिष्ट पार्टीको नेतृत्वमा ? ७ नम्बर पहिलो
को को आउँदैछन् सातै प्रदेशमा नेपाल कम्युनिष्ट पार्टीको नेतृत्वमा ? ७ नम्बर पहिलो
मेरो गाउँ
पैसा बाँडन आए खोसेर निर्वाचन आयोगमा बुजाउछौ-पूर्व मन्त्री महेश बस्नेत
पैसा बाँडन आए खोसेर निर्वाचन आयोगमा बुजाउछौ-पूर्व मन्त्री महेश बस्नेत
उर्जामन्त्रीले गरे उदाहरणीय काम : कुलमानलाइ असहयोग गर्ने ३ कर्मचारी बर्खास्त !!!
उर्जामन्त्रीले गरे उदाहरणीय काम : कुलमानलाइ असहयोग गर्ने ३ कर्मचारी बर्खास्त !!!
हत्या गरेर बगरमा गाडिएको बालिकाको शव फेला, बलात्कारको शंका
हत्या गरेर बगरमा गाडिएको बालिकाको शव फेला, बलात्कारको शंका
कञ्चनपुरमा कर्फ्यु
कञ्चनपुरमा कर्फ्यु
भूकम्पले भत्किएका सिन्धुपाल्चोका सबै विद्यालय भवन पुनःनिर्माण
भूकम्पले भत्किएका सिन्धुपाल्चोका सबै विद्यालय भवन पुनःनिर्माण