कास्की २ मा बढ्यो चुनावी गतिविधि

Abhiyanpost Abhiyanpost
|
मंगलबार, कार्तिक १९, २०७६
|
|
३१ पटक हेरिएको
Shares
कास्की २ मा बढ्यो चुनावी गतिविधि

सारांश

  • पोखरा ।
  • आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनको मिति नजिकिँदै गर्दा कास्कीमा चुनावी गतिविधि बढेको छ।
  •  प्रतिनिधिसभाका लागि कास्की निर्वाचन क्षेत्र नं २ बाट निर्वा्चित तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको हेलिकोप्टर दुर्घटनामा निधन भएपछि रिक्त प्रतिनिधिसभा सदस्य पदका लागि निर्वाचन हुन लागेको हो ।

पोखरा । आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनको मिति नजिकिँदै गर्दा कास्कीमा चुनावी गतिविधि बढेको छ। प्रतिनिधिसभाका लागि कास्की निर्वाचन क्षेत्र नं २ बाट निर्वा्चित तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको हेलिकोप्टर दुर्घटनामा निधन भएपछि रिक्त प्रतिनिधिसभा सदस्य पदका लागि निर्वाचन हुन लागेको हो ।

चुनाव नजिकिँदै गर्दा यतिखेर यहाँका सार्वजनिक चोक तथा चिया पसलमा आगामी निर्वाचनमा कुन दलले जित्ला भन्ने विषयले चासो र चर्चा पाएको छ। निर्वाचनका लागि सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले रवीन्द्र अधिकारीकी धर्मपत्नी विद्या भट्टराईलाई उम्मेदवारका रुपमा अघि सारेको छ भने प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसमा उम्मेदवार कसलाई बनाउने भन्नेबारे निर्णय आइसकेको छैन।

अन्य राजनीति दलमध्ये साझा पार्टीले रजनी केसीलाई उम्मेदवार बनाएको छ भने राष्ट्रिय प्रजातन्त्र पार्टीले रोमबहादुर भण्डारीलाई उम्मेदवारका रूपमा अघि सारेको छ । त्यस्तै समाजवादी पार्टीले ई धर्मराज गुरुङलाई उम्मेदवार बनाएको छ । निर्वाचनलाई लक्षित गरी निर्वाचन कार्यालयले आफ्नो तयारी तीव्र बनाएको कास्कीका जिल्ला निर्वाचन अधिकारी महेन्द्र सुवेदीले जानकारी दिए ।

निर्वाचन कार्यतालीका सार्वजनिक भइसकेको जानकारी गराउँदै उनले निर्वाचनका लागि २२ जना मतदाता शिक्षा स्वयंसेविका खटाउन लागिएको बताए । पोखरा महानगरअन्तर्गत ११ वडा यस निर्वाचन क्षेत्रमा पर्ने भएकाले प्रत्येक वडामा दुई–दुईका दरले मतदाता स्वयंसेविका परिचालन गरिने उनले जानकारी दिए ।

मतदाता स्वयंसेवी छनोट प्रक्रिया बढिसकेको र उनीहरूलाई आवश्यक तालीम दिएर मङ्सिरको पहिलो साता सम्बन्धित वडामा पठाइसकिने निर्वाचन कार्यालयले जनाएको छ। निर्वाचनकै तयारीस्वरुप सोमबार पोखरामा निर्वाचन विवाद निरुपण विषयक प्रशिक्षण सम्पन्न भएको छ। कास्की क्षेत्र नं २ मा हुने उपनिर्वाचनका लागि ७१ हजार ८७१ मतदाता छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?