सेनामा जागिर लगाइदिने भन्दै ठगी गरेको आरोपमा ८ जना पक्राउ

Abhiyanpost Abhiyanpost
|
बुधबार, श्रावण १७, २०८०
|
|
३९ पटक हेरिएको
Shares
सेनामा जागिर लगाइदिने भन्दै ठगी गरेको आरोपमा ८ जना पक्राउ

सारांश

  • दार्चुला ।
  • दार्चुलामा नेपाली सेनामा जागिर लगाइदिने भन्दै ठगी गरेको आरोपमा ८ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
  • पक्राउ पर्ने दार्चुलाको महाकाली नगरपालिका–३ बाँजका २७ वर्षीय नरेन्द्र सिह महर र सोही ठाउँका २१ वर्षीय ईश्वर महर, वर्ष ४४ का बिशन सिंह नगाल, वर्ष २७ को रमेश सिह महर, ३० वर्षीय देव सिह महर र ३८ वर्षीय रुकुम सिंह महर, मालिकार्जुन गाउँपालिका ३ का ५१ वर्षीय श्याम सिह धामी र कैलालीको गोदावरी नगरपालिका–३ कालिकाटोल बस्ने वर्ष ३४ का शंकर भूल रहेका छन् ।

दार्चुला । दार्चुलामा नेपाली सेनामा जागिर लगाइदिने भन्दै ठगी गरेको आरोपमा ८ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

पक्राउ पर्ने दार्चुलाको महाकाली नगरपालिका–३ बाँजका २७ वर्षीय नरेन्द्र सिह महर र सोही ठाउँका २१ वर्षीय ईश्वर महर, वर्ष ४४ का बिशन सिंह नगाल, वर्ष २७ को रमेश सिह महर, ३० वर्षीय देव सिह महर र ३८ वर्षीय रुकुम सिंह महर, मालिकार्जुन गाउँपालिका ३ का ५१ वर्षीय श्याम सिह धामी र कैलालीको गोदावरी नगरपालिका–३ कालिकाटोल बस्ने वर्ष ३४ का शंकर भूल रहेका छन् ।

जिल्लाको मालिकार्जुन गाउँपालिका ३ बस्ने श्याम सिंह धामीलगायतका ७ जनाबाट १४ लाख ९५ हजार रुपैयाँ ठगी गरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रतिवादी नरेन्द्र सिंह महरले म नेपाली सेनाको जागिरे वाला हु, म देवीदल गण अत्तरियामा कार्यरत छु, तिमिहरुलाई सेनामा भर्ना गरि दिन्छु भर्ना गरे बापत नगद रुपैयाँ दिनुपर्ने हुन्छ भन्दै ठगी गरेको अनुसन्धानबाट खुल्न आएको प्रहरीले बताएको छ ।

उनीहरुलाई ठगी मुद्दामा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?