विप्लव समूहले भन्यो-कपिलवस्तुमा बरामद गरिएका हतियार हाम्रा होइनन्

Abhiyanpost Abhiyanpost
|
आइतबार, मंसिर १, २०७६
|
|
५३ पटक हेरिएको
Shares
विप्लव समूहले भन्यो-कपिलवस्तुमा बरामद गरिएका हतियार हाम्रा होइनन्

सारांश

  • काठमाडौं।
  • नेत्रविक्रम चन्द ‘विप्लव’ समूहले कपिलबस्तुको शिवनगर सीमा क्षेत्रबाट फेला पारिएको हतियार आफ्नो नभएको दाबी गरेको छ।
  • विप्लव समूहको राप्ती व्यूरो इन्चार्ज समिरले आइतबार विहान विज्ञप्ति जारी गरी प्रहरीले फेला पारेको भनिएका हतियार आफ्नो नभएको दाबी गरेका हुन्।

काठमाडौं। नेत्रविक्रम चन्द ‘विप्लव’ समूहले कपिलबस्तुको शिवनगर सीमा क्षेत्रबाट फेला पारिएको हतियार आफ्नो नभएको दाबी गरेको छ। विप्लव समूहको राप्ती व्यूरो इन्चार्ज समिरले आइतबार विहान विज्ञप्ति जारी गरी प्रहरीले फेला पारेको भनिएका हतियार आफ्नो नभएको दाबी गरेका हुन्।

‘कपिलवस्तुको शिवनगर नगरपालिका–१ बाट ५ थान एसएमजी राइफल, त्यसमा प्रयोग हुने म्यागजिन १३ थान र ३९० राउण्ड गोली बदामद गरिएको भनी गराइएको भ्रमपूर्ण, कलोकल्पित, नियोजित र षड्यन्त्रपूर्ण प्रचारबाजीप्रति हाम्रो ध्यानाकर्षण भएको छ,’ विप्लव समूह राप्ती व्यूरो इन्चार्ज समरले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘नेकपामाथि दमन गर्ने सरकारी षड्यन्त्रअनुरुप त्यसको प्रकारको नियोजित प्रचार गराइएको र त्यस प्रकारका षड्यन्त्र नगर्न चेतावनी दिन चाहन्छौं।’ उनले नेकपामाथि दमन गर्ने योजना अनुरुप प्रहरी आफैंले उक्त हतियार राखेर भ्रमपूर्ण प्रचार गराएको दाबीसमेत गरेका छन्।

शनिबार प्रहरीले कपिलवस्तुमा नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताले लुकाइछिपाइ राखेको ठूलो परिणामको अत्याधुनिक हतियार प्रहरीले बरामद गरेको जनाएको थियो। जिल्ला प्रहरी कार्यालय दाङले गढवा गाउँपालिका र कपिलवस्तुको शिवनगरको सीमा क्षेत्रमा रहेका खाली गोठमा लुकाइछिपाइ राखेका अवस्थामा पाँच थान अत्याधुनिक सर्ट मेसिन गन (एसएमजी), त्यसमा प्रयोग हुने १३ थान म्यागजिन तथा उक्त राइफलमा प्रयोग हुने ३९० थान गोली बरामद गरेको प्रहरीले जनाएको थियो।

प्रदेश प्रहरी कार्यालय दाङबाट विशेष सूचनाको आधारमा प्रदेश ५ प्रहरी कार्यालय, जिल्ला प्रहरी कार्यालय दाङ तथा इलाका प्रहरी कार्यालय गढवाको संयुक्त गस्ती टोलीले शुक्रबार बेलुकी करिब ६ बजे शिवनगर–१ मा रहेको खाली गोठबाट रातो सुटकेसमा राखिएका उक्त हातहतियार बरामद गरेको जनाएको थियो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

टिकट खोसिएपछि कांग्रेसका पुराना नेतालेे पार्टी छाडे
टिकट खोसिएपछि कांग्रेसका पुराना नेतालेे पार्टी छाडे
माधव नेपालकै सक्रियतामा रामुकमारी झाक्रीमाथि अन्तरघात
माधव नेपालकै सक्रियतामा रामुकमारी झाक्रीमाथि अन्तरघात
राजपालाई पनि सरकारमा ल्याउन प्रधानमन्त्री ओलीको कसरत
राजपालाई पनि सरकारमा ल्याउन प्रधानमन्त्री ओलीको कसरत
एमालेले गर्यो सार्वजनिक लेखा समितिको बैठक बहिष्कार
एमालेले गर्यो सार्वजनिक लेखा समितिको बैठक बहिष्कार
दुनियाँका अगाडि टिकट विक्री र लिलामी भएको कुरा आइरहेको छ छानविन हुनुपर्छ : गुरुङ
दुनियाँका अगाडि टिकट विक्री र लिलामी भएको कुरा आइरहेको छ छानविन हुनुपर्छ : गुरुङ
आजदेखि नेपाल एयरलाइन्सले इलाम–काठमाडौँ उडान गर्दै, भाडा कति?
आजदेखि नेपाल एयरलाइन्सले इलाम–काठमाडौँ उडान गर्दै, भाडा कति?
नगरपालिकाको कार्यालयमा बम विष्फोट
नगरपालिकाको कार्यालयमा बम विष्फोट
मुख्यमन्त्री दाबी गरेका पृथ्वीसुब्बा गुरुङ भारी मतले विजयी
मुख्यमन्त्री दाबी गरेका पृथ्वीसुब्बा गुरुङ भारी मतले विजयी
प्रधानमन्त्री दाहाल र एनआरएनए अष्ट्रेलियाका महासचिवबीच भेटवार्ता, के भयो छलफल ?
प्रधानमन्त्री दाहाल र एनआरएनए अष्ट्रेलियाका महासचिवबीच भेटवार्ता, के भयो छलफल ?
दलित समुदाय राज्यको मुलधारबाट पछाडिः नेता परियार
दलित समुदाय राज्यको मुलधारबाट पछाडिः नेता परियार

तपाईंले छुटाउनुभयो कि?