किन ओलीले उपेन्द्र यादवलाईबोलाए काठमाडौं ?

Abhiyanpost Abhiyanpost
|
बुधबार, पौष ५, २०७४
|
|
४९ पटक हेरिएको
Shares

सारांश

  • काठमाडौं, ५ पुस ।
  • नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादववीच आज फोनवार्ता भएको छ ।
  • बुधबार दुई नेताहरुवीच टेलिफोनमा वार्ता भएको स्रोतको दाबी छ।

काठमाडौं, ५ पुस । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादववीच आज फोनवार्ता भएको छ ।

बुधबार दुई नेताहरुवीच टेलिफोनमा वार्ता भएको स्रोतको दाबी छ। एमाले अध्यक्ष ओलीले यादवलाई फोन गरेर तुरुन्त काठमाडौं बोलाएका हुन् । यी दुई नेताहरुवीचको वार्तालाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

सरकार निर्माण गर्ने तयारीमा जुटेका अध्यक्ष ओलीले यादवलाई काठमाडौं बोलाएर नयाँ सरकारको स्टेकहोल्डर बनाउने तयारी गर्ने स्रोतको दाबी छ । वाम गठबन्धनको प्रमुख घटक नेकपा माओवादी केन्द्रका नेताहरुसँग पार्टी एकता र सरकार गठनबारे छलफल चलिरहेको बेला अहिले प्रधानमन्त्री र पार्टी अध्यक्ष को बन्ने भन्नेमा पनि विवाद रहेको बुझिएको छ ।

यसै सन्दर्भमा ओलीले माओवादीलाई बाहिर राखेर फोरम नेपालसँग सरकारमा सहकार्य गर्ने तयारी गरेको त होईन भन्ने अहिले प्रश्न उब्जिएको छ ।
फोन वार्ताको क्रममा अध्यक्ष यादवले आफू काठमाडौं छिट्टै आउने र भेट्ने वचन अध्यक्ष ओलीलाई दिएको स्रोतको दाबी छ ।

प्रदेश २ मा वाम गठबन्धन भन्दा राजपा र संघीय समाजवादी फोरमले सरकार बनाउने सम्भावना बढी छ । प्रदेश नम्बर २ का ६४ सिटमा फोरम र राजपाले २० र १५ सिट जितेका छन्। समानुपातिकमा राजपा दोस्रो भएको छ भने फोरम तेस्रो स्थानमा छ। प्रतिनिधि सभामा राजपा ११ सिट जितेको छ भने फोरम १० सिटमा विजयी भएको छ।

(https://www.vidaliaonion.org/)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

LIVE : प्रधानमन्त्री देउवाको सम्वोधन
LIVE : प्रधानमन्त्री देउवाको सम्वोधन
होसियार ! दशैंमा ३२ स्थानमा यसरी हुदैँछ ट्राफिक चेकिङ
होसियार ! दशैंमा ३२ स्थानमा यसरी हुदैँछ ट्राफिक चेकिङ
प्रहरी परिसर टेकुमा पुगेर ठेकेदार भेटवालले गरे आत्मसमर्पण
प्रहरी परिसर टेकुमा पुगेर ठेकेदार भेटवालले गरे आत्मसमर्पण
सरकारलाई विश्वासकाे मत दिने जसपाकाे निर्णय
सरकारलाई विश्वासकाे मत दिने जसपाकाे निर्णय
चिनियाँ राष्ट्रपतिको स्वागतको प्रतीक्षामा नेपाली र सिंगारिएको काठमाडौँ
चिनियाँ राष्ट्रपतिको स्वागतको प्रतीक्षामा नेपाली र सिंगारिएको काठमाडौँ
ब्रिटेनमा राजपरिवारको जिम्मेवारी परित्याग गर्ने राजकुमार ह्यारी र मेगन मार्कलको घोषणा
ब्रिटेनमा राजपरिवारको जिम्मेवारी परित्याग गर्ने राजकुमार ह्यारी र मेगन मार्कलको घोषणा
४४ लाख मत बदर, दुई मत ल्याउने पनि दल
४४ लाख मत बदर, दुई मत ल्याउने पनि दल
प्रसारण लाइन विस्तार र ट्रान्सफर्मर जडानमा अनियमितताको आशंका, छानविन शुरु
प्रसारण लाइन विस्तार र ट्रान्सफर्मर जडानमा अनियमितताको आशंका, छानविन शुरु
यसरी सुरु भएको थियो अनुष्का शर्मा र बिराट कोहलीको प्रेम सम्बन्ध
यसरी सुरु भएको थियो अनुष्का शर्मा र बिराट कोहलीको प्रेम सम्बन्ध
कुलमान घिसिङ सफल भइसक्नु भयोः महेश बस्नेत
कुलमान घिसिङ सफल भइसक्नु भयोः महेश बस्नेत

तपाईंले छुटाउनुभयो कि?