किन नीजि गाडीमै लगियो कृष्णबहादुर महरालाई ?

Abhiyanpost Abhiyanpost
|
आइतबार, आश्विन १९, २०७६
|
|
५५ पटक हेरिएको
Shares
किन नीजि गाडीमै लगियो कृष्णबहादुर महरालाई ?

सारांश

  • यौनकाण्डमा मुछिएपछि सभामुखबाट राजीनामा दिएका कृष्णबहादुर महरा प्रहरी नियन्त्रणमा परेका छन् ।
  • अदालतले महरालाई पक्राउ गर्न आदेश दिएलगत्तै प्रहरीको एक टोली बालुवाटारमा रहेको सभामुखको सरकारी निवासमा पुगेर निवर्तमान महरालाई पक्राउ गरेको हो ।
  •  महरालाई प्रहरीले नाटकीय रुपमा नियन्त्रणमा लिएर निजी गाडीमा हालेर लगेको हो ।

यौनकाण्डमा मुछिएपछि सभामुखबाट राजीनामा दिएका कृष्णबहादुर महरा प्रहरी नियन्त्रणमा परेका छन् । अदालतले महरालाई पक्राउ गर्न आदेश दिएलगत्तै प्रहरीको एक टोली बालुवाटारमा रहेको सभामुखको सरकारी निवासमा पुगेर निवर्तमान महरालाई पक्राउ गरेको हो । महरालाई प्रहरीले नाटकीय रुपमा नियन्त्रणमा लिएर निजी गाडीमा हालेर लगेको हो ।

सुरुमा उनलाई नियन्त्रणमा लिन कालो रंगको सरकारी गाडी लगिएको थियो । तर, उनलाई उक्त गाडीमा नहाली अर्के रातो रंगको गाडीमा लगिएको पत्रकार ऋषि धमलाले जानकारी दिए । धमलाका अनुसार महरा यसअघि आफैैंले प्रयोग गर्ने बा १८ च ४०० नम्बरको निजी गाडीमा गए । पक्राउ परेसँगै उनलाई महानगरीय प्रहरी वृत्त, सिंहरबारमा राखेर अनुसन्धान गरिने प्रहरी स्रोतले बताएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?