किसानलाई कुटेर नाङ्गै बनाई लखेटेपछि…
सारांश
- काठमाडौं, २४ जेठ ।
- रामेछापको लिखु तामाकोशी गाउँपालिकाको सैंपुमा दुरागाउँका एकजना गरिव किसानमाथि अमानवीय दुव्र्यवहार भएको छ ।
- एक गरिव किसानलाई नाङ्गै बनाएर कुटपिट र बेइज्जत गरी लखेटिएको छ ।
काठमाडौं, २४ जेठ । रामेछापको लिखु तामाकोशी गाउँपालिकाको सैंपुमा दुरागाउँका एकजना गरिव किसानमाथि अमानवीय दुव्र्यवहार भएको छ । एक गरिव किसानलाई नाङ्गै बनाएर कुटपिट र बेइज्जत गरी लखेटिएको छ ।
स्थानीय एक व्यक्तिका अनुसार सैंपुका मेघनाथ पौडेलको गोठबाट दुरागाउँका घिमिरे थरका एक गरिब किसानले ३ महिनाअघि गाई किनेर लगेका रहेछन् । पैसा तिर्ने भाका नाघेपछि गाईधनीले ताकेता गर्दै पैसा मागेका थिए । किसानले भूकम्प लाभको दोस्रो किस्ता आएपछि दिन्छु भन्ने कुरा गर्दा गाई धनीले तुरुन्त गाई लिएर आउनू भनी धम्क्याएका थिए ।
गाई लिएर आउनू भनेर बारम्बार धम्क्याएपछि किसानले पनि गाई फिर्ता लिएर गोठमा लगी गाईलाई किलोमा बाँधिदिएका थिए । त्यसपछि गाई धनी र अन्य छरछिमेकी मिली घिमिरे थरका ती किसानलाई कुटपिट गर्दै कपडा खोली निर्वस्त्र बनाई गाउँलेहरुको अगाडि बेइज्जत गरिएको थियो ।
उक्त घटनापछि घिमिरे थरका किसान गाउँको बाटो नाङ्गै भागेर आफ्नो ज्यान जोगाउन दुरागाउँ पुगेका थिए । पीडित किसानले वडा नं. १ का अध्यक्ष समक्ष उजुरी दिन जाँदा वडाध्यक्ष कामको सिलसिलामा बाहिर भएकाले कार्यवाहक वडाध्यक्षले पहुँचको भरमा र डरत्रास दिएर मिलाउने कोसिस गरेको बताइएको छ ।
यस्तो अपराधलाई लुकाउने गाउँमा भद्रभलादमी, बुद्धिजीवीहरु के गर्दै थिए र छन् भन्ने प्रश्न उठेको छ । यो घटनाले के गरिवको इज्जत हुँदैन ? जननिर्वाचित वडाध्यक्ष नभएको र कार्यवाहक अध्यक्षले पीडितलाई उचित न्याय दिनुको सट्टा उल्टै अपराध गर्नेहरुलाई सघाउन पाइन्छ कि पाइँदैन ? भन्ने प्रश्न सर्वत्र उठेको छ ।
यो घटनालाई वेदप्रसाद घिमिरेले आफ्नो सामाजिक सञ्जाल फेसबुकमार्फत बाहिर ल्याएका छन् ।
Mohan Chatri
तेस्तालाई,कडाभन्दा,कडा,कारबाहि,हुनुपर्छ
Netra Ghimire
जनप्रतिनिधि हैट।कसैकाे पक्षमा लाग्छ मिल्छ ? हाम्रो तिर पनि अलि अलि गन्ध अाउन खाेज्या छ।
Bhakta Bdr Sodari
Kada Karbahi gar
Nima Sherpa
तुरुन्तै कार्वाही होस्