कीर्ते नागरिकता बनाइदिएको आरोपमा कर्मचारी पक्राउ

Abhiyanpost Abhiyanpost
|
मंगलबार, बैशाख १८, २०७५
|
|
५६ पटक हेरिएको
Shares
कीर्ते नागरिकता बनाइदिएको आरोपमा कर्मचारी पक्राउ

सारांश

  • अस्बिन खड्का, बैशाख १८ – कीर्ते नागरिकता बनाउन संलग्न भएको आरोपमा राजविराज नगरपालिकाका एक कर्मचारी पक्राउ परेका छन्।
  • प्रहरीले नगरपालिकाका असिस्टेन्ट सव–इञ्जिनियर राजकुमार देवलाई आइतबार पक्राउ गरेको हो।
  • प्रतिलिपि सिफारिसमा नगरपालिका कार्यालयका कर्मचारी देवको हस्ताक्षर भेटिएको छ।

अस्बिन खड्का, बैशाख १८ – कीर्ते नागरिकता बनाउन संलग्न भएको आरोपमा राजविराज नगरपालिकाका एक कर्मचारी पक्राउ परेका छन्। प्रहरीले नगरपालिकाका असिस्टेन्ट सव–इञ्जिनियर राजकुमार देवलाई आइतबार पक्राउ गरेको हो। प्रतिलिपि सिफारिसमा नगरपालिका कार्यालयका कर्मचारी देवको हस्ताक्षर भेटिएको छ।

उनलाई जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान सुरु गरिएको डिएसपी ध्रुवकुमार श्रेष्ठले बताए। सोही प्रकरणमा संलग्न भएको आशंकामा प्रहरीले पक्राउ सूचीमा राखेका जिल्ला प्रशासन कार्यालय सप्तरीका प्रशासकीय अधिकृत जनक कोइराला सहितका केही कर्मचारी फरार रहेको जनाइएको छ।

नगरपालिका र प्रशासन कार्यालयका कर्मचारीको संलग्नतामा सुनसरीको दुहवीमा का सतिश अग्रवाललाई राजविराज ७ बाट कीर्ते नागरिकता दिइएको प्रहरीले जनाएको छ। २०५२ सालमा नागरिकता लिएको देखाई २०६४ र २०७३ मा प्रतिलिपि निकालेका अग्रवालको सक्कल नागरिकताको रेकर्ड नै फेला नपरेपछि प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको थियो।

नगरपालिकाका प्रशासकीय अधिकृत चन्द्रबहादुर कार्कीले भने अग्रवालको नागरिकता प्रतिलिपिका लागि सिफारिस दिएको रेकर्ड नै कार्यालयमा नरहेको जानकारी दिएका छन्। प्रहरीले नागरिकताको विषयमा जानकारी मागेपछि रेकर्ड जाँच गर्दा फेला नपरेको उनले बताए।

सप्तरीका प्रमुख जिल्ला अधिकारी भागीरथ पाण्डेयले कीर्ते नागरिकता प्रकरणमा प्रशासन कार्यालय समेतका कर्मचारी अनुसन्धानको दायरामा पर्नु स्वाभाविक भए पनि कर्मचारी फरार भएको विषय भने अस्वीकार गरेका छन्। फरार भनिएका कर्मचारी बिदामा गएको र बिदा सकिएपछि कार्यालयमा हाजिर हुने उनले बताए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

काङ्ग्रेस संसदीय दल बैठक बस्दै
काङ्ग्रेस संसदीय दल बैठक बस्दै
नेकपा बनेपछि पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल किन आउन थाले दाङ ?
नेकपा बनेपछि पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल किन आउन थाले दाङ ?
विश्वकप क्रिकेटः दक्षिण अफ्रिकालाई बंगलादेशको चुनौती
विश्वकप क्रिकेटः दक्षिण अफ्रिकालाई बंगलादेशको चुनौती
कांग्रेसले टुंग्यायो ३२ समानुपातिक सांसद (सूचीसहित)
कांग्रेसले टुंग्यायो ३२ समानुपातिक सांसद (सूचीसहित)
आज २७ सय ३६ कोरोना संक्रमित थपिएसँगै कुल संक्रमित २ लाख नजिक
यसकारण ओलीसँग सत्तामा जाँदैन फोरम
यसकारण ओलीसँग सत्तामा जाँदैन फोरम
गगन थापाको गर्जनलाई ध्वस्त बनाउने गरी यसरी संसदमै गरे परराष्ट्रमन्त्रीले जवाफी फायरिंग  !
गगन थापाको गर्जनलाई ध्वस्त बनाउने गरी यसरी संसदमै गरे परराष्ट्रमन्त्रीले जवाफी फायरिंग !
विश्वकप फुटबल २०१८: यी हुन फ्रान्सले जित्न सक्ने अाधारहरू
विश्वकप फुटबल २०१८: यी हुन फ्रान्सले जित्न सक्ने अाधारहरू
ताप्लेजुङको हाङपाङ केन्द्रमा बम भेटियो एक घन्टालाई मतदान स्थगित
ताप्लेजुङको हाङपाङ केन्द्रमा बम भेटियो एक घन्टालाई मतदान स्थगित
राष्ट्रपतिमाथि अश्लील गाली गर्ने  बढुवाको पहिलो नम्बरमा !
राष्ट्रपतिमाथि अश्लील गाली गर्ने  बढुवाको पहिलो नम्बरमा !

तपाईंले छुटाउनुभयो कि?