कुखुराको दानाको मूल्य बढ्यो

Abhiyanpost Abhiyanpost
|
आइतबार, पौष ८, २०७५
|
|
६२ पटक हेरिएको
Shares
कुखुराको दानाको मूल्य बढ्यो

सारांश

  • भरतपुर, ८ पुस (रासस) : कुखुराको दानाको मूल्य बढेको छ ।
  • दाना उद्योगीको काठमाडौँमा शुक्रबार सम्पन्न भेलाले आजदेखि लागू हुनेगरी प्रति केजी रु दुई ५० पैसाका दरले मूल्य बढाएको हो ।
  • दाना उत्पादनमा प्रयोग हुने आवश्यक कच्चा सामग्री र भिटामिनको मूल्य बढेकाले दानाको मूल्य बढाएको दाना उद्योग सङ्घका केन्द्रीय अध्यक्ष रवीन पुरीले बताउनुभयो ।

भरतपुर, ८ पुस (रासस) : कुखुराको दानाको मूल्य बढेको छ । दाना उद्योगीको काठमाडौँमा शुक्रबार सम्पन्न भेलाले आजदेखि लागू हुनेगरी प्रति केजी रु दुई ५० पैसाका दरले मूल्य बढाएको हो ।

दाना उत्पादनमा प्रयोग हुने आवश्यक कच्चा सामग्री र भिटामिनको मूल्य बढेकाले दानाको मूल्य बढाएको दाना उद्योग सङ्घका केन्द्रीय अध्यक्ष रवीन पुरीले बताउनुभयो । कुखुराको दाना बानाउन मकै, भटमास पिना लगायतको कच्चापदार्थ आवश्यक हुन्छ । असीदेखि ८५ प्रतिशत मकै, भटमास र पिना भारतबाट आयात हुने गरेको छ ।

“भटमास नेपालमा भुटेर खानसमेत पुग्दैन”, पुरीले भन्नुभयो’, “सय प्रतिशत नै भटमास पिना भारतबाट आयात गर्नुपर्ने बाध्यता छ ।” नेपालमा उत्पादित मकैले ३० प्रतिशत मात्रै माग पूर्ति गर्ने भएकाले ७० प्रतिशत मकै भारतबाटै आयात गर्नुपर्ने अवस्था रहेको उहाँले बताउनुभयो ।
“दानाको मूल्य बढेर किसानलाई मार पर्ने कुरा स्वभाविक हो”,पुरीले भन्नुभयो, “यसमा हामीले गर्नसक्ने अवस्था केही छैन्, सरकार नै उत्पादन बढाउनतर्फ लाग्नुपर्छ ।” दाना बनाउन ६० प्रतिशत मकै र २५ प्रतिशत भटमास पिना आवश्यक हुन्छ ।

ब्रोइलर कुखुराको दाना (बिपिएच) थोक मूल्य प्रतिकिलो ५४ रुपैयाँ ३० पैसाबाट बढेर ५६ रुपैयाँ ८० पैसा पुगेको छ । यस्तै बिबान दाना ५० रुपैयाँ १० पैसाबाट बढेर ५२ रुपैयाँ ३० पैसा पुगेको छ भने बिटु दाना ४९ रुपैयाँ १० पैसाबाट बढेर ५१ रुपैयाँ ६० पैसा पुगेको छ । लेयर्स कुखुराको तीन नम्बरको दाना ४३ रुपैयाँ ४० पैसाबाट बढेर ४५ रुपैयाँ ९० पैसा पुगेको छ । यो समयमा काठमाडौँमा गतवर्ष २६÷२७ रुपैयाँ किलोमा पाइने मकै यसवर्ष ३७ रुपैयाँ प्रतिकिलो पुगेको छ । ढुवानीका कारण चितवनमा एक रुपैयाँ सस्तो अर्थात ३६ रुपैयाँमा पाइन्छ । मकैमा प्रतिकिलो १० रुपैयाँ र प्रतिटन छ हजार रुपैयाँले बढेको छ ।

यसवर्ष मकैको मूल्य अहिलेसम्मकै सबैभन्दा धेरै वृिद्ध भएको दाना उद्योग सङ्घका पूर्व अध्यक्ष एवं कुखुरापालन विज्ञ डा तिलचन्द्र भट्टराईले बताउनुभयो । “भारतमा यसवर्ष मकैको मूल्य अकासिएको छ”, उहाँले भन्नुभयो, “विभिन्न देशमा निर्यात गर्ने भारतले यसवर्ष आफैँ मकै आयात गरिरहेको छ ।” दाना उद्योगमा सधैँ भारतको भर पर्नु परेका कारण समस्या सिर्जना हुने गरेको भट्टराईको भनाइ छ ।

यस वर्षदेखि सरकारले दाना उद्योगलाई दिँदै आएको भन्सार छुट हटाएका कारण पनि मूल्य बढेको उहाँले बताउनुभयो । दाना उद्योगलाई कच्चा सामग्री आयातमा पाँच प्रतिशत भन्सारमा ३.६ प्रतिशत छुट दिँदै आएको थियो । सरकारले यस वर्षदेखि भन्सार छुट कटौती गरेपछि कच्चा सामग्री प्रतिकिलो एक रुपैयाँ ५० पैसाले महङ्गो पर्न गएको भट्टराईले बताउनुभयो । सरकारले मकै उत्पादन गर्ने वातावरण बनाउन सके बजारको जिम्मा आफूहरूले लिने उहाँको भनाइ छ ।

नेपालमा दैनिक तीन हजार मेट्रिकटन दाना खपत हुन्छ । गतवर्ष मात्र रु ३० अर्बको मकै, भटमास आयात भएको थियो । नेपालमा साना ठूला गरी एक सय पाँचवटा कुखुराको दाना उद्योग छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जितपछि बालेनले भने: काठमाडौंलाई विश्वकै उत्कृष्ट सहर बनाउन आफ्नो सबै क्षमता लगाउँछु
जितपछि बालेनले भने: काठमाडौंलाई विश्वकै उत्कृष्ट सहर बनाउन आफ्नो सबै क्षमता लगाउँछु
सिन्धुपाल्चोक क्षेत्र नम्बर २ मा बाम गठबन्धनका तामाङ ले  पशुपति शमशेरलाई हराए !
सिन्धुपाल्चोक क्षेत्र नम्बर २ मा बाम गठबन्धनका तामाङ ले पशुपति शमशेरलाई हराए !
क्रिश्चियन धर्मावलम्बीहरूले आज ‘क्रिसमस डे’ मनाउँदै
क्रिश्चियन धर्मावलम्बीहरूले आज ‘क्रिसमस डे’ मनाउँदै
सरकारले ल्यायो नया व्यवस्था अब कक्षा ११ मा विज्ञान पढ्न ग्रेड नचाहिने
सरकारले ल्यायो नया व्यवस्था अब कक्षा ११ मा विज्ञान पढ्न ग्रेड नचाहिने
मुख्यसचिवमा कसले मार्ला बाजी ?
मुख्यसचिवमा कसले मार्ला बाजी ?
हुलाकका एक हजार छ सय ३६ दरबन्दी खारेज
हुलाकका एक हजार छ सय ३६ दरबन्दी खारेज
एमालेले भन्यो, ‘सुशीला योग्य, निडर र क्षमतावान प्रधानन्यायाधीश’  !
एमालेले भन्यो, ‘सुशीला योग्य, निडर र क्षमतावान प्रधानन्यायाधीश’ !
राष्ट्रपति भण्डारीसँग चिनियाँ व्यापारिक शेयर बजारका अध्यक्षको भेट
राष्ट्रपति भण्डारीसँग चिनियाँ व्यापारिक शेयर बजारका अध्यक्षको भेट
नेपाली क्रिकेटकाे सफलताप्रति दंग प्रचण्ड
नेपाली क्रिकेटकाे सफलताप्रति दंग प्रचण्ड
गृह मन्त्रालयबाट पहुँचवाला प्रहरीले भनसुनबाट पाउने तक्मा हटाइने
गृह मन्त्रालयबाट पहुँचवाला प्रहरीले भनसुनबाट पाउने तक्मा हटाइने

तपाईंले छुटाउनुभयो कि?