कृषि अनुसन्धान केन्द्रमा तालाबन्दी

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, श्रावण ११, २०७५
|
|
३३ पटक हेरिएको
Shares
कृषि अनुसन्धान केन्द्रमा तालाबन्दी

सारांश

  • अस्बिन खड्का, र्इटहरी ११ साउन।
  • कार्यालयकाे काम गाेप्य रूपमा गरेर अनियमितता गरेकाे भन्दै र्इटहरीमा रहेकाे क्षेत्रीय कार्यायमा कर्मचारीहरूले तालाबन्दि गरेका छन् ।
  • क्षेत्रीय निर्देशक रामबलि साह, प्रशासकीय अधिकृत कृष्णप्रसाद पोखरेल र लेखापाल सोभित लाल यादव ले सबै काम काज गोप्य रुपमा नै अनियमितता गर्ने कार्य गरेको भन्दै कर्मचारीहरुले सामूहिक रुपमा तालाबन्दी गरेका हुन् ।

अस्बिन खड्का, र्इटहरी ११ साउन। कार्यालयकाे काम गाेप्य रूपमा गरेर अनियमितता गरेकाे भन्दै र्इटहरीमा रहेकाे क्षेत्रीय कार्यायमा कर्मचारीहरूले तालाबन्दि गरेका छन् । क्षेत्रीय निर्देशक रामबलि साह, प्रशासकीय अधिकृत कृष्णप्रसाद पोखरेल र लेखापाल सोभित लाल यादव ले सबै काम काज गोप्य रुपमा नै अनियमितता गर्ने कार्य गरेको भन्दै कर्मचारीहरुले सामूहिक रुपमा तालाबन्दी गरेका हुन् ।

कार्यालय का सबै कर्मचारीहरु मिलेर तालबन्दी गरिएको बताउँदै एक कर्मचारीले भने, ‘बिल भरपाई नदिने, पेश्की नदिने, आगामी वर्षको बजेट अग्रिम रुपमा ड्युमा राख्ने गरेकाले हामीले तालबन्दी गरेका हौँ’ उनले भने, ‘अब ती कुराहरु सुधार हुनुपर्यो, छानबिन होस् हाम्रो यहि माग छ ।’ काम पारदर्शी रुपमा हुनुपर्ने कर्मचारीहरुको भनाई रहेको छ । लेखापाल र निर्देशक ले गोप्य रुपमा रकम हिनामिना गरेको कर्मचारीहरुको आरोप रहेको छ ।

निर्देशक रामबली साह भने राजनीतिक चलखेल भएको बताउँछन् । ‘कुनै एजेन्डा छैन, उहाँहरुले माग पनि राख्नुभएको छैन, खासै एजेन्डा केही छैन, कस्ले बन्द गर्यो, किन गर्यो मलाई केही थाहा छैन’कारणबिनै तालाबन्दी गरेको उनको तर्क थियो । यस विषयमा लेखापाल सोभितलाल यादव सँग सम्पर्क गर्दा यहाँ एउटा गाडी रहेको र तीन जना ड्राइभर रहेकाले समस्या भएको बताए । उनले भने, ‘तीन जना ड्राइभर रहेका छन्, सात हजारको बिल आएको छ, बजेट भन्दा अगाडि फछ्र्यौट गर्न मिल्दैन भनेको मात्र हो तर सोही कारण तालबन्दी भएको हो ।

यस बिषयमा छानबिन समिति गठन भएकाले छानविन गर्न तत्काल आउने उनको भनाई थियो ।
क्षेत्रीय कार्यायमा अनियमित भएको भन्दै केन्द्रीय अनुसन्धानले छानविन समिति समेत गठन गरेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एमाले जनप्रतिनिधिको २ दिने भेला : २० बुँदे काठमाडौं संकल्पपत्र जारी
एमाले जनप्रतिनिधिको २ दिने भेला : २० बुँदे काठमाडौं संकल्पपत्र जारी
यसरी छुट्टिए जन्मिदै जोडिएका जुम्ल्याहा
यसरी छुट्टिए जन्मिदै जोडिएका जुम्ल्याहा
प्रधानमन्त्री दाहालसँग राष्ट्रसंघीय उच्च प्रतिनिधि फतिमाको भेट
प्रधानमन्त्री दाहालसँग राष्ट्रसंघीय उच्च प्रतिनिधि फतिमाको भेट
सुन तस्कर प्रकरणः महरालाई थुनामै राख्ने आदेश
सुन तस्कर प्रकरणः महरालाई थुनामै राख्ने आदेश
आज साउन पन्ध्र:वर्षाद्ले थकित भएको शरीरलाई ऊर्जामय बनाउन खीर खाने नेपाली परम्परा
आज साउन पन्ध्र:वर्षाद्ले थकित भएको शरीरलाई ऊर्जामय बनाउन खीर खाने नेपाली परम्परा
रुपन्देहीका एक उपमहानगरपालिका र पाँच नगरपालिकामा एमालेले लगायो उम्मेद्वारको टुंगो!
रुपन्देहीका एक उपमहानगरपालिका र पाँच नगरपालिकामा एमालेले लगायो उम्मेद्वारको टुंगो!
अभिभावकबाट ८ अर्ब असुल्छन् निजी विद्यालय
अभिभावकबाट ८ अर्ब असुल्छन् निजी विद्यालय
कृषिउपजमा आत्मनिर्भर नहुँदा समस्या भोग्नुपर्‍यो : अध्यक्ष ओली
कृषिउपजमा आत्मनिर्भर नहुँदा समस्या भोग्नुपर्‍यो : अध्यक्ष ओली
आज ३८१ कोरोना संक्रमित थपिए, काठमाडौंमा ६२ जना
आज ३८१ कोरोना संक्रमित थपिए, काठमाडौंमा ६२ जना
भरतपुरमा विजयलाई ३२१४ मतान्तरले पछि पार्दै रेनु दाहाल
भरतपुरमा विजयलाई ३२१४ मतान्तरले पछि पार्दै रेनु दाहाल