केन्याविरुद्ध नेपाल ५ विकेटले विजयी

Shikharkhabar Shikharkhabar
|
बिहिबार, भाद्र ९, २०७९
|
|
३५ पटक हेरिएको
Shares
केन्याविरुद्ध नेपाल ५ विकेटले विजयी

सारांश

  • Listen to this article 0:00 / 0:00 Generating audio for you.
  • .
  • .
Listen to this article
0:00 / 0:00

काठमाडौं । केन्याविरुद्धको पहिलो अन्तर्राष्ट्रिय टी ट्वेन्टी क्रिकेटमा नेपाल ५ विकेटले विजयी भएको छ। केन्याले दिएको १ सय ३१ रनको लक्ष्य नेपालले ४ बल बाँकी हुँदा ५ विकेट गुमाएर पूरा गर्‍यो।

नेपालका दीपेन्द्रसिंह ऐरीले ३३‚ ज्ञानेन्द्र मल्लले २३‚ आसिफ शेखले १९, रोहित पौडेलले १३ रन बनाउँदा आरिफ शेख २४ रनमा नटआउट रहे।

यसअघि जिमखाना क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङमा तानिएको घरेलु टोली केन्याले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ३० रन बनाएको थियो ।

उसका लागि इरफान कार्मीले ३४ रन बनाए भने लुकास ओलुच ३१ रनमा अविजित रहे। नेपालका सोमपाल कामीले ३, सन्दीप लामिछाने २, अदिल अन्सारी र दीपेन्द्रसिंह ऐरीले एकरएक विकेट लिएका थिए। जितसँगै ५ खेलको श्रृंखलामा नेपालले १–० को अग्रता बनाएको छ।

नेपाल पाँच खेलको टी–ट्वान्टी सिरिजका लागि सोमबार केन्या प्रस्थान गरेको हो ।

यो प्रतियोगिता नेपाली राष्ट्रिय क्रिकेट टोलीका नवनियुक्त मुख्य प्रशिक्षक मनोज प्रभाकरको पहिलो खेल समेत हो। पाँच खेलको सिरिज भदौ १४ गतेसम्म चल्ने छ । टी–ट्वेन्टी सिरिजपछि नेपालले भदौ १७ गतेदेखि २० गतेसम्म एकदिवसीय सिरिज खेल्नेछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?