के गरी चल्ला अब भान्सा !
सारांश
- धनगढी – दैनिक उपभोग्य सामग्रीको मूल्य बढ्दै गएपछि सुदूरपश्चिमका सर्वसाधारण मारमा परेका छन्।
- केही दिनयता उपभोग्य सामग्री दाल, चामल, खानेतेल, चिनी, तरकारी, फलफूललगायतको मूल्य बढेको छ।
- सामानको मूल्य बढेसँगै भान्सा पनि महंगिएको धनगढीकी शारदा क्षेत्रीले बताइन्।
धनगढी – दैनिक उपभोग्य सामग्रीको मूल्य बढ्दै गएपछि सुदूरपश्चिमका सर्वसाधारण मारमा परेका छन्। केही दिनयता उपभोग्य सामग्री दाल, चामल, खानेतेल, चिनी, तरकारी, फलफूललगायतको मूल्य बढेको छ।
सामानको मूल्य बढेसँगै भान्सा पनि महंगिएको धनगढीकी शारदा क्षेत्रीले बताइन्। उनले भनिन्, ‘पहिलेको तुलनामा भान्सामा दैनिक प्रयोग हुने खाद्य सामग्रीको मूल्य बढेको छ।’ खानेतेल प्रतिपोका (आधा लिटर) ७५ रुपैयाँमा किन्दै आएकोमा अहिले बढेर ८० रुपैयाँ पुगेको उनले बताइन्। ‘तेलमात्र हैन, चामल, पिठोदेखि तरकारीलगायतको मूल्यवृद्धि भएको छ,’ उनले भनिन्।
धनगढीस्थित शिवशक्ति भोजनालयका सञ्चालक धर्मराज भट्ट पनि खाद्य सामग्रीको मूल्य बढेको बताउँछन्। तरकारीको मूल्य पनि अकासिएको उनको भनाइ छ। ‘हरेक तरकारीको मूल्य प्रतिकिलो पाँचदेखि १० रुपैयाँसम्म बढेको छ,’ उनले भने।
आजको नागरिक दैनिकमा खबर छ ।
प्रतिक्रिया