खुट्टा तान्ने प्रवृतिबाट विचलित हुनुहुन्न : प्रधानमन्त्री
सारांश
- काठमाडौं ।
- प्रधानमन्त्री केपी शर्मा ओलीले साहित्यकार महेश थापाद्वारा लिखित पुस्तक मरिचिका विमोचन गरेका छन् ।
- प्रधानमन्त्री ओलीले पुस्तक विमोचन गर्दै आफैं अप्ठ्यारो स्थितिमा भएका थापाले नेपाली साहित्यमा ठूलो योगदान दिएको भन्दै प्रशंसा गरे ।
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले साहित्यकार महेश थापाद्वारा लिखित पुस्तक मरिचिका विमोचन गरेका छन् ।
प्रधानमन्त्री ओलीले पुस्तक विमोचन गर्दै आफैं अप्ठ्यारो स्थितिमा भएका थापाले नेपाली साहित्यमा ठूलो योगदान दिएको भन्दै प्रशंसा गरे ।
“महेशजीबाट धेरैले प्रेरणा लिन सकिन्छ । उहाँले देशलाई गर्न सक्ने योगदान लेखेर मात्र हो ” प्रधानमन्त्रीले भने, “अरु सशक्त अवस्थामा रहेकाहरुले उहाँको प्रेरणाबाट पनि देशलाई धेरै योगदान गर्नसक्नुपर्दछ ।”
प्रधानमन्त्री ओलीले समाजमा राम्रो काम गर्ने मानिसहरुलाई खुट्टा तान्ने प्रवृति भएपनि त्यसबाट विचलित नभइ आफ्नो लक्ष्यमा अडिग रहनुपर्ने बताए ।
प्रतिक्रिया