दिपाश्रीलाई जिस्क्याउँदै गृहमन्त्री बिमलेन्द्र निधिले भने, ‘के गर्नु मेरो विवाह पहिल्यै भइहाल्यो’

Shikharkhabar Shikharkhabar
|
मंगलबार, चैत्र १५, २०७३
|
|
१७७९२ पटक हेरिएको
Shares
दिपाश्रीलाई जिस्क्याउँदै गृहमन्त्री बिमलेन्द्र निधिले भने, ‘के गर्नु मेरो विवाह पहिल्यै भइहाल्यो’

सारांश

  • मोरङको विराटनगरस्थित न्यु सृष्टि दैनिकको छैटौं वार्षिकोत्सव कार्यक्रमको प्रमुख अतिथि थिए गृहमन्त्री विमलेन्द्र निधि।
  • गृहमन्त्री निधि प्रमुख अतिथि रहेको कार्यक्रममा हास्य कलाकार दीपाश्री निरौला पनि उपस्थित थिइन्।
  • सोही कार्यक्रममा गृहमन्त्री निधि कलाकार दीपा श्री निरौलासँग जिस्किएका थिए।

मोरङको विराटनगरस्थित न्यु सृष्टि दैनिकको छैटौं वार्षिकोत्सव कार्यक्रमको प्रमुख अतिथि थिए गृहमन्त्री विमलेन्द्र निधि।

गृहमन्त्री निधि प्रमुख अतिथि रहेको कार्यक्रममा हास्य कलाकार दीपाश्री निरौला पनि उपस्थित थिइन्। सोही कार्यक्रममा गृहमन्त्री निधि कलाकार दीपा श्री निरौलासँग जिस्किएका थिए।

विराटनगरकै कलाकार दीपा श्री निरौलाले अविवाहित भएको बताएपछि उद्घोषकले अर्को वर्ष भिनाजु लिएर आउनुहोस् दिदी भन्दै ठट्टा गरेका थिए। यो खबर हामीले आजको अन्नपूर्णबाट लिएका हौ।

गृहमन्त्री निधिले दीपा श्रीलाई जिस्क्याउँदै भने, ‘के गर्नु मेरो मेरो विवाह पहिल्यै भइहाल्यो।’ गृहमन्त्रीको ठट्टामा कार्यक्रमस्थल हाँसोले गुन्जिएको थिया । निधिले दीपा श्रीको प्रशंसा गर्दै उनी निकै राम्रो र सबैको प्रिय कलाकार भएको बताएका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?