आमिरको अर्को अवतार !

Abhiyanpost Abhiyanpost
|
सोमबार, आश्विन ८, २०७५
|
|
३४ पटक हेरिएको
Shares
आमिरको अर्को अवतार !

सारांश

  • काठमाडौँ, ८ असोज ।
  • आमिर खान अभिनित २०१८ को बहुप्रतिक्षित बलिउड चलचित्र ठग्स अफ हिन्दुस्तान का कलाकारको पहिलो तस्विर सार्वजनिक भएको छ ।
  • आमिर खानले सोमबार आफ्नो तस्विर सामाजिक सञ्जाल मार्फत सार्वजनिक गरेका हुन् ।

काठमाडौँ, ८ असोज । आमिर खान अभिनित २०१८ को बहुप्रतिक्षित बलिउड चलचित्र ठग्स अफ हिन्दुस्तान का कलाकारको पहिलो तस्विर सार्वजनिक भएको छ । आमिर खानले सोमबार आफ्नो तस्विर सामाजिक सञ्जाल मार्फत सार्वजनिक गरेका हुन् । चलचित्रका अन्य कलाकार अमितभ बच्चन, फातिमा सना शेख, कटरीना क्याफको तस्विर भने यस अघि नै सार्वजनिक भैसकेको थियो ।

आमिरले चलचित्रमा फिरंगीको भूमिका निर्वाह गर्दैछन् । तस्विरमा उनको कपडा पनि निकै रोचक देखिएको छ । हास्य पात्रका रुपमा देखिएका उनी घोडा नचडेर गधा चढेका छन् । यो उनको पात्रको रुपमा सार्वजनिक भएको पहिलो तस्विर हो ।

चलचित्र ठग्स अफ हिन्दुस्तान अमिताभ बच्चन र आमिर खानको पहिलो फिल्म हो । चलचित्रमा अभिताभ खुदाबक्श, कटरीना सुरैया र फातिमा जाफिराको भूमिकामा देखिँदै छन् । विजय कृष्णा आचार्यको निर्देशन रहेको चलचित्र ठग्स अफ हिन्दुस्तानको ट्रेलर २७ सितम्बरमा सार्वजनिक हुँदैछ भने यसे वर्षको ८ नोवेम्बरमा रिलिज हुनेछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?