के हुन्छ मृत्युपछि फेसबुक, जिमेल र ट्वीटर एकाउण्ट ???

Abhiyanpost Abhiyanpost
|
बुधबार, मंसिर १, २०७३
|
|
३८४ पटक हेरिएको
Shares
के हुन्छ मृत्युपछि फेसबुक, जिमेल र ट्वीटर एकाउण्ट ???

सारांश

  • के तपाईले सोच्नुभएको छ मृत्युपछि सोसल मिडियामा रहेका यी प्रोफाइलहरु के हुन्छन् ?
  • त्यसमा सेभ भएका जानकारी, फोटो, भिडियो र अन्य फाइललाई अरु कसैले एक्सेस गर्न सक्छ कि सक्दैन् ?
  • या त कुनै प्रकारले एकाउण्टलाई डिलेट गर्न सकिन्छ ?

के तपाईले सोच्नुभएको छ मृत्युपछि सोसल मिडियामा रहेका यी प्रोफाइलहरु के हुन्छन् ? त्यसमा सेभ भएका जानकारी, फोटो, भिडियो र अन्य फाइललाई अरु कसैले एक्सेस गर्न सक्छ कि सक्दैन् ? या त कुनै प्रकारले एकाउण्टलाई डिलेट गर्न सकिन्छ ?

सोसल मिडियाको प्रयोग गर्ने प्रयोगकर्ताहरुको संख्या लगातार बढिरहेको छ । प्रयोगकर्ताहरु फोटो, भिडियो, जरुरी जानकारी र विजनेशको विभिन्न विवरणहरु अनलाइनमा सेभ गरेर राख्छन् ।

डिजिटल हस्ताक्षरदेखि बैक एकाउण्टको डिटेलसम्म इमेलमा सेभ गरेर राखिएको हुन्छ । साथै, मोजमस्ती र प्राइभेट जीवनका अनगिन्ती क्षणहरुका तस्विर तथा भिडियो पनि फेसबुकमा राखिएका हुन्छन् । यस्लै लिक्डइन र ट्वीटरमा पनि विभिन्न विवरणहरु सेभ गरिएका हुन्छ ।

के तपाईले सोच्नुभएको छ मृत्युपछि सोसल मिडियामा रहेका यी प्रोफाइलहरु के हुन्छन् ? त्यसमा सेभ भएका जानकारी, फोटो, भिडियो र अन्य फाइललाई अरु कसैले एक्सेस गर्न सक्छ कि सक्दैन् ? या त कुनै प्रकारले एकाउण्टलाई डिलेट गर्न सकिन्छ ?

१) फेसबुक
मानिसको मृत्युपछि फेसबुकले कुनै पनि सम्बन्धित ब्यक्ति र नातेदारलाई मृत ब्यक्तिको एकाउण्टको एक्सेस दिदैंन् । बरु, मृत ब्यक्तिको एकाउण्टलाई ‘मेरोरीलाइज’ गर्नका लागि फेसबुकलाई रिक्वेष्ट गर्न सकिन्छ । तर, कुनै पनि हातलमा मृत ब्यक्तिको एकाउण्ट अरुले लगइन गर्न सक्दैनन् ।

साथै एकाउण्टमा कुनै ब्यक्तिले कुनै प्रकारको छेडछाड पनि गर्न सक्दैनन् । यस्तै कुनै ब्यक्तिको मृत्युपछि उसको ‘people you may know’ र ‘suggesting friends’ मा देखिदैन् ।

२. गुगल

जिमेल र गुगल प्लसजस्तो सेवा दिने कम्पनी गुगल ‘inactive account manager’ नामक टुल दिन्छ । यसको मद्धतबाट तपाई आफ्नो मृत्युपछि तपाईंको एकाउण्ट के गर्ने भन्ने विषय म्यानेज गर्न सक्नुहुन्छ । यसमा टाइम लिमिट (६ महिनादेखि १२ महिनासम्म) तय गर्न सकिन्छ ।

त्यसपछि तपाईको एकाउण्टका सबै डाटाहरु स्वतः डिलिट हुनेछन् । यसका अलावा तपाई आफ्नो एकाउण्ट चलाउन अर्को कुनै ब्यक्तिलाई नोमिनेट समेत गर्न सक्नुहुनेछ, जसलाई तपाईंका सबै इमेलहरु प्राप्त भइरहने छन् ।

३. ट्वीटर
कुनै ब्यक्तिको मृत्युपछि यदि उससँग जोडिएका कुनै ब्यक्तिले ट्वीटरलाई यसको बारेमा जानकारी दिएमा ट्वीटर त्यस्तो एकाउण्टलाई डियाक्टीभेट गरिदिन्छ ।

तर, यसका लागि डेथ सर्टिफिकेट जरुरी पर्दछ । किनभने, कयौं प्रयोगकर्ताको ट्वीटर आफ्नो असली नामबाट हुँदैन । साथै कम्पनी मरेको ब्यक्तिसँग जोडिएका अन्य जानकारीहरु समेत माग्दछ । जानकारी दिएको ३० दिनपछि ट्वीटर एकाउण्ट सधैका लागि डियाक्टीभेट गरिदिन्छ ।

श्रोत:

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राष्ट्रिय क्रिकेट टिमका सदस्यहरुले भेटे मुस्कानलाई
राष्ट्रिय क्रिकेट टिमका सदस्यहरुले भेटे मुस्कानलाई
आयो पदमाको गीत र प्रियङ्काको अभिनयमा आफ्नै गीत
आयो पदमाको गीत र प्रियङ्काको अभिनयमा आफ्नै गीत
कृषि विकास बैंकबाट विनाधितो सहूलितयपूर्ण कर्जा
कृषि विकास बैंकबाट विनाधितो सहूलितयपूर्ण कर्जा
जोखिममा रहेका सिन्धुपाल्चोकका बस्ती स्थानान्तरण गर्न ३२ करोड लाग्ने
जोखिममा रहेका सिन्धुपाल्चोकका बस्ती स्थानान्तरण गर्न ३२ करोड लाग्ने
फेरि ऋतिकसँग नजिकिँदै क्याट्रिना
फेरि ऋतिकसँग नजिकिँदै क्याट्रिना
मकवानपुरमा दलहरुले निर्वाचन आचारसंहिता पालना गर्ने
मकवानपुरमा दलहरुले निर्वाचन आचारसंहिता पालना गर्ने
शीतलहर बढेपछि पाँच दिन विद्यालय बन्द
शीतलहर बढेपछि पाँच दिन विद्यालय बन्द
एनआरएन बेल्जियमको अध्यक्षमा सन्तोष जोशीको उम्मेदवारी घोषणा
एनआरएन बेल्जियमको अध्यक्षमा सन्तोष जोशीको उम्मेदवारी घोषणा
चितवनका युवाको पनि उपचार सफल, कोरोना निको हुने नेपालीको संख्या १२ पुग्यो
चितवनका युवाको पनि उपचार सफल, कोरोना निको हुने नेपालीको संख्या १२ पुग्यो
राष्ट्रियसभा सदस्य प्रधानमन्त्री बन्ने गरी संविधान संसोधनको तयारी, बामदेव गौतम प्रम बन्न सक्ने !
राष्ट्रियसभा सदस्य प्रधानमन्त्री बन्ने गरी संविधान संसोधनको तयारी, बामदेव गौतम प्रम बन्न सक्ने !

तपाईंले छुटाउनुभयो कि?