फेरि ऋतिकसँग नजिकिँदै क्याट्रिना

Abhiyanpost Abhiyanpost
|
मंगलबार, कार्तिक ७, २०७४
|
|
६२ पटक हेरिएको
Shares
फेरि ऋतिकसँग नजिकिँदै क्याट्रिना

सारांश

  • ऋतिक रोशन र क्याट्रिना कैफले तीन वर्ष पहिला ‘ब्याङ ब्याङ’ फिल्ममा सँगै काम गरेका थिए ।
  • त्यतिवेला उनीहरू निकै नजिकिएको खबर फैलिएको थियो ।
  • त्यतिवेला क्याट्रिना र रणवीर कपुर प्रेममा थिए ।

ऋतिक रोशन र क्याट्रिना कैफले तीन वर्ष पहिला ‘ब्याङ ब्याङ’ फिल्ममा सँगै काम गरेका थिए । त्यतिवेला उनीहरू निकै नजिकिएको खबर फैलिएको थियो ।

त्यतिवेला क्याट्रिना र रणवीर कपुर प्रेममा थिए । आफ्नी प्रेमिका ऋतिकसँग नतमस्तक हुँदै गएको खबरले रणवीर तनावग्रस्त मात्र थिएनन्, क्याट्रिनालाई ऋतिक विवाहित र दुई छोराको बाबु भएको हेक्कासमेत गराइराख्थे । खबर राम्रैसँग फैलिन थालेपछि रणवीरले क्याट्रिनालाई उप्रान्त ऋतिकसँग फिल्म नखेल्न सल्लाह दिएका थिए ।

त्यतिवेला रणवीरको प्रेममा चुर्लुम्मै डुबेकी क्याट्रिनाले उनको कुरा मानिन् । ऋतिकसँग केही फिल्मको कुरा आउँदा उनले अनेक बहाना बनाएर फिल्म गरिनन् । तर, अहिले आएर भने क्याट्रिना र ऋतिक फेरि नजिकिएको खबर फैलिएको छ । रणवीरसँग ब्रेकअप भएपछि ‘बेफ्रिके’ भएकी क्याट्रिना अचेल बारम्बार ऋतिकसँग भेट्ने गर्दछिन् ।

ऋतिक पनि क्याट्रिनासँग भेटिइरहन्छन् । दिवालीमा ऋतिकले क्याट्रिनालाई उपहार दिएको कुराले पनि बलिउडमा चर्चा पाएको छ । फिल्म पाउनका लागि क्याट्रिनाले ऋतिकसँग सम्बन्ध बढाएको समेत अनुमान गरिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

३३ किलाे सुन प्रकरण: पक्राउ परेका एसएसपी खत्रीले प्रधानमन्त्री ओलीलाई सम्झीय पछि..
जेलबाट भागेका कैदीले राजमार्गमा पुगेर पुलिसकै गाडीमा लिफ्ट मागेपछि…
जेलबाट भागेका कैदीले राजमार्गमा पुगेर पुलिसकै गाडीमा लिफ्ट मागेपछि…
उडान थप्दै अन्तर्राष्ट्रिय विमान कम्पनी
उडान थप्दै अन्तर्राष्ट्रिय विमान कम्पनी
माधव नेपालकै सक्रियतामा रामुकमारी झाक्रीमाथि अन्तरघात
माधव नेपालकै सक्रियतामा रामुकमारी झाक्रीमाथि अन्तरघात
सरोज खनालले बुझाए एक लाख एकाउन्न हजार एकसय एकाउन्न रुपैया को चेक
सरोज खनालले बुझाए एक लाख एकाउन्न हजार एकसय एकाउन्न रुपैया को चेक
खहरे खोला खोल्न काठमाडौं महानगरपालिका र बूढानीलकण्ठ नगरपालिकाका प्रतिनिधिबीच सहमति
खहरे खोला खोल्न काठमाडौं महानगरपालिका र बूढानीलकण्ठ नगरपालिकाका प्रतिनिधिबीच सहमति
Box office roundup July: Sanju storm continues while Dhadak and Mission Impossible Fallout shine bright
Box office roundup July: Sanju storm continues while Dhadak and Mission Impossible Fallout shine bright
प्रदेश नं ७ मा १९८ जना कुष्ठरोगी उपचारमा
नावालिग गायिकाले पलविरुद्ध बलात्कारको बयान फेरिन्
नावालिग गायिकाले पलविरुद्ध बलात्कारको बयान फेरिन्
त्रिशूली बस दुर्घटनामा दिवंगत नेता यादवको अन्त्येष्टि
त्रिशूली बस दुर्घटनामा दिवंगत नेता यादवको अन्त्येष्टि

तपाईंले छुटाउनुभयो कि?