नावालिग गायिकाले पलविरुद्ध बलात्कारको बयान फेरिन्

Abhiyanpost Abhiyanpost
|
आइतबार, बैशाख ४, २०७९
|
|
५२ पटक हेरिएको
Shares
नावालिग गायिकाले पलविरुद्ध बलात्कारको बयान फेरिन्

सारांश

  • बलात्कार प्रकरणमा पक्राउ परेका पल शाहविरुद्ध नाबालिगले अदालतमा बयान फेरेकी छन्।
  • उनले आइतबार जिल्ला अदालत तनहुँमा बकपत्र दिने क्रममा जाहेरीमा उल्लेख गरिएका विवरण सत्य नभएको बताएकी हुन्।
  • तनहुँ अदालत स्रोतका अनुसार नाबालिग महिलाले आफूलाई अरुले उक्साएर जाहेरी दिन बाध्य बनाएको बताएकी छन्।

बलात्कार प्रकरणमा पक्राउ परेका पल शाहविरुद्ध नाबालिगले अदालतमा बयान फेरेकी छन्।

उनले आइतबार जिल्ला अदालत तनहुँमा बकपत्र दिने क्रममा जाहेरीमा उल्लेख गरिएका विवरण सत्य नभएको बताएकी हुन्।

तनहुँ अदालत स्रोतका अनुसार नाबालिग महिलाले आफूलाई अरुले उक्साएर जाहेरी दिन बाध्य बनाएको बताएकी छन्।

अदालतमा बयान फेरेसँगै उनलाई प्रभावमा पारेर बयान फेर्न लगाइएको आशंका गरिएको छ।

नाबालिग महिलाले कलाकार पल शाहविरुद्ध फागुन ११ गते तनहुँ प्रहरीमा किटानी जाहेरी दिएकी थिइन्।

प्रहरीले किटानी जाहेरीका आधारमा फागुन १५ गते शाहलाई नियन्त्रणमा लिएको हो। उनले आफूमाथि पटक–पटक जबरजस्ती गरेको भन्दै गैँडाकोट प्रहरीमा समेत जाहेरी दिएकी थिइन्।

शाहले अदालतको बयानका क्रममा आफूले करणी नगरेको बताएका छन्। शाहलाई पुर्पक्षका लागि थुनामा राखेर अनुसन्धान भइरहेका बेला नाबालिगले बयान फेरेकी हुन्।

बयान फेरेको अवस्थामा अदालतले ६ वर्ष कैद गर्ने कानुनी व्यवस्था छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?